Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
भरतपुर, १८ असोज (रासस) : चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । असोज १६ गते कोरोना सङ्क्रमणसहित उहाँ भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना हुनुभएको थियो । उहाँमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ । भरतपुर कारागारमा उच्च सतर्कता रत्ननगर– कोरोना भाइरसलाई मध्यनजर राख्दै भरतपुर कारागारमा उच्च सतर्कता अपनाइएको छ । क्षमताभन्दा दोब्बर बढी कैदी तथा थुनुवा रहेको र यहाँ कोरोना भाइरसको सङ्क्रमण हुन…
काठमाडौँ: प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ (देउखुरी) क्षेत्रमा बनाउन गरेको प्रस्तावविरुद्ध बुटवलमा आन्दोलन चर्केपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोकेको छ। प्रशासनले ५ जना भन्दा बढी जम्मा हुन नपाईने गरी निषेधाज्ञा लगाएको हो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राती साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ। निषेधित क्षेत्रमा र्याली र दबाबमूलक कार्यक्रम आयोजना गर्न रोक लगाएको छ। यस क्षेत्रका संघसंस्था र राजनीतिक दलले प्रदर्शन गरेपछि प्रशासनले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा…
काठमाडौं: नेपालमा कोरोना संक्रमितहरुको संख्या ८४,५७० पुगेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसारपछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय २० जना संक्रमित थपिएसँगै कुल संक्रमितहरुको संख्या ८४ हजार ५ सय ७० पुगेको हो । योसँगै नेपालको संक्रमित संख्या चीनको हाराहारी पुगेको छ । पछिल्ला दिन दैनिक रुपमा देखिँदै गएको संक्रमितहरुको दर आइतबार पनि कायम रहने सम्भावना छ । यसो हुँदा आइतबार नेपालले चीनलाई जित्ने देखिएको छ । चीनमा अहिले कुल संक्रमितको संख्या ८५ हजार ४ सय ३४ रहेको छ भने नेपालको शनिबारसम्मको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।…
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन आग्रह गरेको छ । शनिबार २१२० जनामा कोरोना संक्रमण पुष्टि हुँदा उपत्यकाका ११७७ जना उपत्यकाका थिए । उपत्यकामा संक्रमण बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनले भने, ‘अहिले सकभर काठमाडौं उपत्यकामा नआउन हुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउनुस् ।’
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार तथा एक स्वकीय सचिवमा कोरोना संक्रमण देखिएको छ। प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीको कोरोना संक्रमण देखिएको हो। ‘हाम्रो अवस्थामा सामान्य छ। होम आइसोलेसनमा बसेका छौँ’, प्रेस सल्लाहकार थापाले भने, ‘तीन जना सल्लाहकार र एक स्वकीय सचिवमा संक्रमण देखिएको हो।’ शुक्रबार प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षाकर्मीसहित बालुवाटारमा कार्यरतहरुको पीसीआर परीक्षण गरिएको थियो। ‘केही सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ। सबैलाई व्यक्ति रुपमा जानकारी आएकाले यति नै भन्ने यकिन छैन’, थापाले भने। प्रधानमन्त्री केपी शर्मा ओलीको…
काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११७७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौँमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना रहेका छन् । बिहीबारको नियमित प्रेस बिफ्रिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विस्तृत विवरणमा मोरङमा १११, चितवनमा ७५, कैलालीमा ९७, रुपन्देहीमा ९८ सहित विभिन्न जिल्लामा गरी २१२० जनामा संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ । यसैगरी हालसम्म ६२ हजार ७४० जना निको भएका छन् भने आज थप ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५२८ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल कोरोना संक्रमित भएका छन्। शनिबार दिउँसो रिमालले समाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै आफूमा कोरोना पोजिटिभ देखिएको जानकारी गराएका छन्। सल्लाहकार रिमालले यसबीचमा आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नसमृत आग्रह गरेका छन्। ‘हिजो गरिएको पीसीआर परीक्षणमा ममा पनि कोरोना पोजिटिभ देखियो’, उनले ट्विटरमा लेखेका छन्, ‘यस बीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’
काठमाडौँ: पछिल्लो २४ घण्टामा २ हजार १२० संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ । एकैदिन २ हजार ४४ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६२ हजार ७४० पुगेको छ । अहिले २१ हजार ३०२ जनामा सक्रिय संक्रमण छ । उनीहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ४ हजार २७३ जना क्वारेन्टिनमा छन् भने २१ हजार ३०२ जना आइसोलेसनमा…
काठमाडौं: दशैं, तिहार लगायत ठूला चाडवाडमा यात्रुलाई सहज रुपमा आवागमन गर्ने व्यवस्था मिलाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । शुक्रबार समितिले आयोजना गरेको भर्चुअल छलफलमा समितिका सभापति कल्याणी खड्का लगायत समितिका सदस्यहरुका साथै भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री वसन्त कुमार नेम्बाङ, मन्त्रालयका सचिव देवेन्द्र कार्की तथा ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधि र विज्ञ समेतको सहभागिता थियो । केही समय अघिमात्रै भएको अविरल बर्षाका कारण आएको बाढीपहिरो र यसले पुर्याएको क्षतिका कारण सार्वजनिक सवारी साधनको आवागमनमा असर पर्नसक्ने…
