Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सर्वोच्च अदालतले ओबीसीआई प्राइभेट लिमिटेड (ओम्नी) लाई कालोसूचीमा राख्न पर्नुको कारण माग गरेको छ । सरकारले २०७७ भदौ २८ गते ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेकोमा सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो । सरकारले कारण देखाउको प्रति उत्तर दिएपछि मात्र मुद्दाको फैसला हुनेछ । चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा ओम्नीले बदनियत राखेको भन्दै सरकारले कालोसूचीमा राख्ने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध ओम्नीका संचालक मध्येका एक पारस केसीले सार्वजनिक खरिद अनुगमन कार्यालय समेत तीन सरकारी कार्यालयलाई विपक्षी बनाएर असोज ९ गते सर्वोच्चमा रिट दार गरेका थिए । सार्वजनिक खरिद…

Read More

काठमाडौँ: दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् । खाद्य कम्पनीले काठमाडौँ उपत्यकाका पाँच बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरमा नै सुपथ मूल्य सञ्चालन गर्ने र सम्भाव्यताका आधारमा बाहिरका जिल्लामा समेत पसल सञ्चालन गरिने कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए। आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा दुई कम्पनीलाई काठमाडौैँ उपत्यकामा…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन दिने समय थप गरेकाे छ। बैंकहरुलाई यही असोज १४ गते सम्मको लागि पुनर्कर्जा आवेदन दिन राष्ट्र बैंकले खुलाएको आवेदनको मिति थप भएको छ। बैंकले ऋणीहरु संकलन गर्ने र सो अनुसार राष्ट्र बैंकमा पुनर्कर्जा माग गर्ने मिति असोज दोस्रो सातासम्मको लागि राखिएपनि असोज ३० गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै क , ख र ग वर्गको बैंकहरुले एकसाथ पाउने पुनरकर्जाको लागि गरिएको आवेदन आह्वानको मिति थप भएको जानाकारी गराएको छ। लकडाउन तथा निशेषाज्ञाको कारणले मिति बढाउन सरोकारवालाहरुले अनुरोध गरेको कारण मिति थप गरिएको राष्ट्र बैंकले…

Read More

काठमाडौं: नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश जारी भएको छ । राष्ट्रपतिले सो अध्यादेश जारी गरेसँगै अवरुद्ध प्रहरी समायोजनको बाटो खुलेको छ । संघ र प्रदेश प्रहरी बीचको अधिकार बाँडफाँड गर्ने सम्बन्धमा ०७६ मा बनेको ऐनमा काठमाडौं उपत्यकालाई प्रदेश–३ मा राख्ने व्यवस्था गरेपछि विवाद भएको थियो । अहिले अध्यादेशमार्फत संशोधन गरिएको ऐनले उपत्यकाको प्रहरीलाई केन्द्र मातहत राखेको छ । उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर हेर्ने अहिलेको महानगरीय प्रहरी कार्यालयको नाम परिवर्तन गरेर ‘‘संघिय राजधानी प्रहरी कार्यालय’ राखिएको छ । उपत्यकाका ३ जिल्लाका ठुला अपराध अनुसन्धान गर्ने युनिट अपराध महाशाखालाई पनि केन्द्र…

Read More

काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.७३ विन्दुले ओरालो लागेर एक हजार ५६०.८३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.८७ ले वृद्धि भई ३०९.६० मा पुगेको छ । कूल १९१ कम्पनीको ६९ लाख ९७ हजार ४२० कित्ता शेयर रु एक अर्ब ६९ करोड एक लाख ५४ हजार ५२५ बराबरमा कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने दश उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक २.२४ र वित्त ११.४१ ले वृद्धि…

Read More

काठमाडौँ: काठमाडौँ जिल्लामा ६४९ सहित काठमाडौँ उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा २३५ महिला र ४१४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुरमा १६ महिला र २० पुरुषसहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरमा ५० महिला र ८२ पुरुषसहित १३२ जनामा कोरोना पुष्टि भएको छ । यसैबीच आज नेपालमा थप १ हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । एकैदिन ७४२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । अहिले संक्रमितको संख्या १९ हजार…

Read More

काठमाडौँ: नेपालमा थप १ हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । एकैदिन ७४२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । अहिले संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ । कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

Read More

काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ)काले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका नेता नवराज त्रिपाठीसहित ६ जना विद्यार्थी नेता कार्यकर्ता पक्राउ परेका छन्। सोमबार बिहान चिनियाँ दूतावास अगाडि प्रदर्शन गरिरहेका मध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। नेविसंघका कार्यकर्ताले चिनियाँ हस्तक्षेप बन्द गर, सीमा मिच्न पाइँदैन भन्दै चिनिया दूतावासमा प्रदर्शन गरेका छन्। त्रिपाठी चिनौँ सीमाना, जोगाऔँ माटो अभियानका संयोजकसमेत हुन्। पक्राउ पर्नेहरुमा प्रनिल तामाङ, सुबोध ओली, अर्बत खड्का, दीपेन्द्र खड्कालगायतका नेता छन् । कालापानी, सुस्तालगायतका क्षेत्रमा नेपाली भूमि निरन्तर अतिक्रमणमा परिरहेको र समस्या समाधानमा राज्य उदासीन रहिरहेको सन्दर्भमा स्कुल क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नेपाली भूमि र सिमानाबारे सूचित…

Read More

काठमाडौँ: आर्थिक वर्ष २०७७/७८ को बजेटले व्यवस्था गरेको २ खर्ब २५ अर्बको आन्तरिक ऋणका लागि सरकाले कार्यतालिका स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैङ्कले पठाएको प्रस्तावलाई बिहीबार अर्थ मन्त्रालयले स्वीकृत गरेर फिर्ता पठाएसँगै चालु आर्थिक वर्षको लागि राष्ट्र बैङ्कले कार्यतालिका सार्वजनिक गरेको हो । अघिल्लो वर्ष वैशाख अन्तिममा मात्रै कार्यतालिका स्वीकृत गरे पनि यो वर्ष बजारमा तरलता बढेपछि सुरुम्र कार्यतालिका सार्वजनिक गरेर ऋणपत्र निष्कासन सुरु गरेको हो । बिहीबार मन्त्रालयले आन्तरिक ऋण निष्कासन तालिकाका साथै पहिलो चौमासको बोलकबोल तालिकासमेत स्वीकृत गरेर पठाएको राष्ट्र बैङ्क राष्ट्रऋण विभागकी कार्यकारी निर्देशक डा. नीलम तिमिल्सिनाले जानकारी दिइन् । प्रकाशित कार्यतालिका अनुसार पहिलो चौमासको…

Read More

काठमाडौँ: प्राइभेट पीसीआर ल्याव तथा अस्पतालहरुले सरकारसँगको वार्ताबाट ठोस निश्कर्ष नआएसम्म पीसीआर परिक्षण शुल्क ३ हजार ८ सय ९९ लिने बताएका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै निजी प्रयोगशालाले लिने शुल्कको बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भइरहेको र सो शुल्क निर्धारण गर्नुको वैज्ञानिक आधार मन्त्रालयलाई पेश गरेको जनाएका छन् । आठ वटा निजी प्रयोगशाला सञ्चालक तथा अस्पतालहरुले विज्ञप्ति जारी गर्दै पीसीआर परिक्षण शुल्कका बारेमा विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यममा आएका समाचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले आफूले प्रदान गरेको सेवा महत्त्वपूर्ण र उच्चस्तीय रहेको बताउँदै महामारीको अवस्थामा मन्त्रालय र निजी प्रयोगशाला सञ्चालकबीचको असमझदारीले कसैको हीत…

Read More