Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

एजेन्सी: बार्सिलोनाका महत्वपूर्ण खेलाडी लुइस स्वारेजले बार्सिलोना छाड्ने पक्का भएको छ । बार्सिलोनाले क्लव छाड्ने स्वीकृति दिएसँगै उनी स्पेनिस ला लिगा टिम एथ्लेटिको मड्रिड जाने भएका छन् । बार्सिलोनाले उनलाई स्वतन्त्र मूल्यमा जान दिएको हो । ६ वर्ष बार्सिलोनामा रहेका उनले २८३ खेलमा १९८ गोल गरेका छन् । पासपोर्ट सम्बन्धी समस्याका कारण इटालियन सिरी ए क्लब युभेन्टससँगको सम्झौता प्रयास असफल भएपछि स्वारेज पारिश्रमिक घटाएर एथ्लेटिकोमा जान तयार भएका हुन् । एथ्लेटिकोले स्वारेजका लागि बार्सिलोनालाई चार मिलियन युरो मात्रै तिर्ने छ । यस्तै स्वारेजले बार्सिलोनामा वार्षिक ३० मिलियन युरो पारिश्रमिक पाउने गरेकोमा एथ्लेटिकोमा त्यसको आधा पाउने छन् ।

Read More

एजेन्सी: न्यूयोर्कमा कार्यरत एक अमेरिकी प्रहरी अधिकारी चीनको सुराकी बनेको अभियोगमा पक्राउ परेका छन् । तिब्बतमा जन्मिएका बाइम्दाजी आन्वाङले न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने चिनियाँ नागरिकहरूको गतिविधि चीनलाई उपलब्ध गराएको आरोप लगाइएको छ । न्यूयोर्क प्रहरीको सामुदायिक मामिला एकाइमा कार्यरत आन्वाङले तिब्बती समुदायभित्र पनि गोप्य सूचनाको सम्भावित स्रोत  मूल्याङ्कन गर्न सघाएको बताइएको छ। अमेरिकाको अङ्गीकृत नागरिक रहेका उनी दोषी ठहरिएमा जेल जानेछन् । उक्त आरोप पुष्टि भए उनलाई ५५ वर्षसम्म जेल सजाय हुन सक्ने बीबीसीले जनाएको छ। अभियोजनकर्ताहरूका अनुसार आङ्वाङ अमेरिकन आर्मी रिजर्भमा पनि नागरिक मामिला विज्ञको रूपमा कार्यरत छन्। विभिन्न दस्तावेजहरूका अनुसार उनका बुवा सेवानिवृत्त…

Read More

काठमाडौँ: रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । लमजुङका बेसिशहर, खुदीबजार, गोरखा र धादिङका विभिन्न स्थानमा पनि स्थानमा गएराति धेरै ठूलो वर्षा भएको केन्द्रले जनाएको छ । ती क्षेत्रमा अझै वर्षा जारी रहेकाले साना नदीहरूमा पनि आकस्मिक बाढी आउनसक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम  बढेकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशमा नै ठूलो वर्षा हुने सम्भावना छ…

Read More

काठमाडौँ: बागमति प्रदेश सरकार अन्तर्गतको एकान्तकुना यातायात कार्यालयले सवारी कर र नवीकरण दस्तुर बुझाउन कार्तिक मसान्तसम्म म्याद थप गरेको छ । सरकारले २०७६ चैत ११ गतेदेखि गरेको लकडाउनका कारण सवारी कर, नवीकरण दस्तुरसमयमा नै बुझाउन नसकेको कारण दस्तुर बुझाउने म्याद कार्तिक मसान्तसम्म थप गरिएको कार्यालयले जनाएको छ । सो मितिभित्र सवारी कर तथा नवीकरण दस्तुर बुझाएमा जरिवाना नलाग्ने एक मंगलबार कार्यलयले जारी गरेको सूचनामा उल्लेख छ ।

Read More

काठमाडौं: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ । कोभिडका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक कार्ययोजना ल्याएको हो । कोभिडका कारण अवरुद्ध पठनपाठन सञ्चालन गर्ने सन्दर्भमा होम स्कुलिङको अवधारणा, विद्यार्थी-शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता विधि अपनाएर सिकाइ सहजीकरण गरी सरोकारवालाहरुले आफ्नो दायित्व निर्वाह गर्नेगरी आकस्मिक कार्ययोजना ल्याइएको मन्त्रालयले जनाएको छ । आज (मंगलबार) भर्चुअल प्रेस मिटमा मन्त्री गिरिराजमणि पोखरेलले कार्ययोजना सार्वजनिक गरिएको जानकारी गराउँदै बसाई स्थानान्तरण भएका विद्यार्थीहरुको तथ्याङ्क संकलन, सबै बालबालिकाका लागि पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता र कार्यस्थलमा शिक्षकहरुको उपस्थितिलाई सुरुवाती दिनमा गरिहाल्नुपर्ने कार्यको रुपमा जोड दिइएको बताए । शैक्षिक सत्रमा…

Read More

काठमाडौं: डा.गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका छन् । अनसनरत केसीले आज ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका हुन् । दिउँसो ट्रमा सेन्टर पुर्याइका केसीले साँझ स्वेच्छिक डिस्चार्ज लिएका हुन् । ९ दिनदेखि अनसनरत केसी आज नै नेपालगञ्जबाट आएका थिए । उनी त्रिवि शिक्षण अस्पताल जान खोजे पनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो । केसीले शिक्षण अस्पतलमा आफुलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई आज नै शिक्षण अस्पताल सारिएको हो । केसीका समर्थकहरुले ‘वि आर विथ जिकेसी’, ‘डा. केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए ।

Read More

काठमाडौँ: सर्वोच्च अदालतले सामाजिक उत्तरदायित्व अन्र्तगत बैंक र उद्योगले आफ्नो खुद नाफाको एक प्रतिशत रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा राख्नुपर्नाको कारणबारे लिखित जवाफ माग गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत कोरोना कोषमा पैसा राख्नु भन्नुको कारण १५ दिनभित्र लिखित रुपमा पेश गर्न आदेश जारी गरेको हो । नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई विपक्षी बनाई अधिवक्ता शशी वस्नेतले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदनमा बैंक तथा उद्योगको खुद मुनाफाको गत वर्षको सामाजिक उत्तरदायित्वको रकम अहिले आएर माग्नु कानून विपरीत भएकोले सो निर्णय रोक्न माग…

Read More

काठमाडौं: काठमाडौं महानरपालिकाभित्र म्याद गुज्रिएका सामानहरु बिक्री गर्ने पसलहरु बाक्लै भेटिन थालेको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले गरेको बजार अनुगमनबाट यस्तो देखिएको हो । समितिले उपभोक्ता हितको क्षेत्रमा काम गर्ने अन्य संस्थाका प्रतिनिधि समेतको सहभागितामा मंगलबार गरेको अनुगमनको क्रममा खुसीबु क्षेत्रका प्रायः सबै पसलमा म्याद सकिएका सामान भेटिएको बताइएको छ । अनुगमनका क्रममा खुसीबुको विनोद किराना पसलमा बेच्न राखिएका सामानका साथै पानी सहितका जार पनि मिति नभएका र लेबल समेत मेटिएको भेटिएपछि नष्ट गरेको उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । बजार अनुगमन टोलीले मंगलबार मात्र नष्ट गरेका पानीका जारहरुमा आक्वा ककनी ब्राण्डका सर्वाधिक रहेका छन् ।…

Read More

काठमाडौँ: काठमाडौंमै अनसन बस्ने भनी जुम्लाबाट आएका डा. गोविन्द केसीलाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जान नदिई नेसनल ट्रमा सेन्टर लगेको छ। डा. केसीलाई प्रहरीले उनको चाहनाविपरित जबर्जस्ती त्यसतर्फ लगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै जुम्लामा अनसन बसेका डा. केसी बुद्ध एयरको नियमित उडानमार्फत् नेपालगञ्जबाट काठमाडौं आएका हुन्। ‘केसीको आन्दोलनमा सहभागी डा. प्रितम सुवेदीका अनुसार डा. केसीले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बसी सत्याग्रहलाई जारी राख्न चाहेका हुन्। शिक्षण अस्पतालमै वरिष्ठ हाडजोर्नी विज्ञ रहेका केसीले गतवर्ष सेवाबाट अवकास पाएका हुन्। डा. केसीले नेपालको चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै केहि वर्षदेखि…

Read More

काठमाडौँ: बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्तमण पुष्टि भएको हो । यस्तै उपत्यकासहित देशभर भने १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको  मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताए । उनका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या…

Read More