Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : युनाइटेड इन्सुरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले यसका लागि साउन १४ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, साउन १३ गतेसम्म कायम रहने सेयरधनीहरु मात्र उक्त हकप्रद भर्न योग्य हुनेछन् । युनाइटेडले हाल कायम रहेको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँको १ः२।४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद सेयर बिक्रीपछि यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । त्यस्तै लाइफ इन्सुरेन्स…

Read More

सर्लाही ः छुट्टछुट्टै दुर्घटनामा परेर सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । खाल्डोमा डुबेर लालबन्दीमा एक बालकको मृत्यु भएको छ भने ईश्वरपुर नगरपालिकामा दुर्घटनामा परेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । लालबन्दी नगरपालिका–२ सिटोल पुर्नवास निवासी सञ्जय पासवानका १० वर्षीय छोरा आशिष पासवानको डुबेर मृत्यु भएको छ । मृतकको घरभन्दा ५०० मिटर दक्षिणपूर्व रहेको सूर्य इँटाभट्टाका लागि खनिएको खाडलमा जमेको पानीमा डुबेको अवस्थामा गए राति ९ बजे बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खाल्डोबाट बालकलाई तत्काल उद्धार गरी उपचारका लागि लालबन्दीस्थित टेक्सास अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । यसैबीच ईश्वरपुर नगरपालिकामा…

Read More

काठमाडौं ः प्रिमियर इन्स्योरेन्सले घोषणा गरेके ८४ प्रतिशत बोनसका लागि तिर्नुपर्ने कर, लगानीकर्ताका लागि समस्या बनेको छ । कम्पनीले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेका थियो । साधारणसभाको सूचनामा कम्पनीले ८४ प्रतिशत नै बोनस वितरण गर्ने त्यसमा लाग्ने कर लगानीकर्ता स्वयंले बेहोर्नु पर्ने उल्लेख गरेको छ । २०७६ असार १९ सम्म कायम शेयरधनीले बोनस शेयरमा लाग्ने कर बापतको रकम सिद्धार्थ बैंक लिमिटेडको खाता नम्बर ००६१५००६८२१ मा जम्मा गर्न भनेको छ । साथै बोनस बापतको कर बैंकमा दाखिला गर्दा बैंक भौचरमा अनिवार्य रुपमा आफनो हितगाही खाता नम्बर, नाम तथा सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ । बोनस…

Read More

कास्की : पोखराका विभिन्न होटलमा बालश्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन बालकको उद्धारपछि आफन्तको जिम्मा लगाइएको छ । पोखराका विभिन्न होटलमा भाँडा धुने, पोछा लगाउने, सामग्री ओसारपसार गर्नेलगायतका काममा लगाई श्रमशोषण गरिएको भन्ने सूचनाका आधारमा श्रम तथा रोजगार विभाग कास्कीले तीन बालकको उद्धार गरेको थियो । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ का १३ वर्षीय विक्रम नेपाली, १५ वर्षीय राजु नेपाली र १४ वर्षीय प्रकाश नेपालीको उद्धारपछि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय बागलुङको रोहवरमा सोमबार आफन्तको जिम्मा लगाइएको हो । श्रम तथा रोजगार विभाग कास्की पोखराले असार २३ गते पोखराका विभिन्न होटलबाट ती बालकको उद्धारपछि ‘सेफहाउस’मा राखिएका बालकलाई आफन्तको जिम्मा…

Read More

परासी ः पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको छ । स्थानीयको गुनासो बढेपछि आफनो सक्रियता प्रहरीले हिजो सोमबार मात्रै होटलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको अभियोगमा एक होटल सञ्चालकसहित १० युवायुवतीलाई नियन्त्रणमा लिएको छ । बर्दघाट नगरपालिका–२ चिसापनीस्थित न्यू शीतलपाटी स्टाफ होटल रेष्टुरेण्ट एण्ड लजबाट अवैध यौन क्रियाकलाममा संलग्न छ पुरुष र चार महिलासहित होटल सञ्चालक रमेश कोइरालालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उक्त होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा प्रहरीले केही दिनदेखि निगरानी गरी सोमबार विशेष सूचनाको आधारमा छापा मारेको…

Read More

काठमाडौँ: तपाईं जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यासो हो भने केही समय पर्खनूस् ।अब जापान गएर एकमहिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो ब्यर्थै हुनेछ । जापानको रोजगारीलाई लक्ष्य गरी नेपालमा सयौंको संख्यामा जापानी भाषा सिकाउने तालिम केन्द्र खुलेका छन् । जथाभावी खुलेका यस्ता तालिम केन्द्रले राम्रोसँग भाषा नसिकाउने र भविष्यमा आफूलाई समस्या पार्न सक्ने भन्दै जापान सरकारले नेपालका लागि आफैंले शिक्षकको व्यवस्था गर्न लागेको हो । यो समाचार नागरिक दैनिकमा रुद्र खण्डाकाले लेखेका छन् ।

Read More

काठमाडौँ: उन्नाइसौं शताब्दीमा आविष्कार भएको रेल र बीसौं शताब्दीको आविष्कार हवाईजहाजका भरमा चलिरहेको दुनियाँलाई एक्काइसौं शताब्दीले त्योभन्दा तीव्र गतिको केही दिनेवाला छ ? ‘जरुर !’ वैज्ञानिकहरू भन्दै छन्, ‘अबको केही वर्षमै हाइपरलुप सेवामा हाजिर हुनेछ ।’ जहाजभन्दा सुरक्षित र कुनै पनि रेलभन्दा छिटो कुद्ने गरी परिकल्पना गरिएको हाइपरलुपको तीव्र गतिमाथि आइतबार मात्रै अमेरिकाको लसएन्जलसमा विश्वव्यापी प्रतियोगिता भएको थियो, जसको विजेता समूहमा एक नेपाली युवा पनि सामेल छन् । जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखमा कम्प्युटेसनल मेकानिक्सका विद्यार्थी दिनेश पौडेल र उनका सहपाठी टोलीले सबभन्दा छिटो कुद्ने हाइपरलुपको पोड (रेलजस्तै कुद्ने डब्बा) बनाएर संसारभरका प्रतिस्पर्धीलाई उछिनेको हो ।…

Read More

काठमाडौँ: भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पूर्वी सीमा क्षेत्रका नेपानीमाथि अनावश्यक दुख दिएको छ । सीमा क्षेत्रको नेपानी भूमिमा सडक, घर, चर्पी बनाउन अवरोध गरिरहेको एसएसबीले सूर्योदय नगरापालिका –२ चारमाइलको कच्ची सडकसमेत बन्द गराउने प्रयास गरेको छ । नेपाल भएर भारत छिर्ने वर्षौ पुरानो कच्ची सडकमा खाडल खनेर एसएसबीले आउजाउ अवरोध गरेको हो । विशेषगरी नेपालतर्फको तरकारी भारतमा बेच्न बन्द गराउने ध्येयले सडकको दसगजामा खाडल खनेर प्रहरीले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा भीम चापागाईंले लेखेका छन् ।

Read More

काठमाडौँ: हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ । विद्यालयमा मात्र धेरै समय राख्नाले बालबालिकालाई राम्रो हुन्छ वा पढन्ते हुन्छन् भन्ने सोच्नु गलत भएको पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको मानसिक विभागका प्रमुख रवि शाक्यले बताए । विद्यालयमा धेरै समय बिताउँदा बालबालिकाको सिक्ने, शैक्षणिक उपलब्धि बढाउने र सामाजिक तथा आर्थिक उपलब्धिको ढोका बन्द हुनसक्ने उनको सुझाव छ । बालबालिकादेखि हुर्किएका विद्यार्थीले पनि लामो समय विद्यालयमा बिताउनु उचित नभएको उनको भनाइ छ । टाढा विद्यालय भएकाहरू र कक्षा ८…

Read More

काठमाडौँ: नेपाल र चीनबीच हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकन गर्न नेपाली प्रतिनिधिमण्डल आज चीन प्रस्थान गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सहसचिव सुरेश आचार्य संयोजकत्वको टोलीले चिनीयाँ पक्षसँग छलफल गरी पुनरावलोकनाका लागि निष्कर्ष निकाल्नेछ । वार्तामा नेपाली वायुसेवाका निम्ति सबै चिनीयाँ विमानस्थलमा उडान खुलाको एजेन्डालाई प्राथमिकताका साथ अगाडि सार्ने आचार्यले जानकारी दिए । यो समाचार अन्नपूर्ण पोष्टमा राजु बास्कोटाले लेखेका छन् ।

Read More