काठमाडौं : युनाइटेड इन्सुरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ ।
कम्पनीले यसका लागि साउन १४ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, साउन १३ गतेसम्म कायम रहने सेयरधनीहरु मात्र उक्त हकप्रद भर्न योग्य हुनेछन् ।
युनाइटेडले हाल कायम रहेको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँको १ः२।४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद सेयर बिक्रीपछि यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
त्यस्तै लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको हकप्रद सेयर भर्नका लागि भोलीसम्ममा सेयरधनीको सुचीमा आफनो नाम दर्ता गर्न जरुरी छ । साउन २४ गते वार्षिक साधारण सभा बोलाएको एलआइसीले सभा गर्न साउन ९ गते बिहीबारदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । भोली अर्थात साउन ८ गते बुधबारसम्म कायम सेयरधनीले मात्र प्रस्तावित ७० प्रतिशत लाभांश पाउनेछन् ।
कम्पनीको प्रस्तावित ३४।४६ प्रतिशत बोनस सेयरपछि चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।