Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
- सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार
- बाढीको नवौँ दिन प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
- कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । ‘रेमिट हाइड्रो लिमिटेड’ले ताप्लेजुङको धुन्साखोलामा निर्माण गर्न लागेको ७७.५ मेगावाटको धुन्साखोला जलविद्युत् लिमिटेडको वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा आइतबार सांझ आयोजित कार्यक्रममा मन्त्री खड्काले उत्पादित जलविद्युत्को बजार सुनिश्चित रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो । “हामीले सन् २०३५ सम्म आन्तरिक खपत १३ हजार पाँच सय मेगावाट र १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा बिक्री गर्ने भनेका छौँ, उत्पादित विद्युत्को बजार सुनिश्चित भइसकेकाले यस क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्,” मन्त्री खड्काले भन्नुभयो । विद्युत् उत्पादनसँगै प्रसारण…
चितवन: प्रेस सेन्टर नेपाल चितवनको अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन् । आइतबार भरतपुरमा भएको बार्षिक साधारणसभा एवम् छैटौँ अधिवेशनले आचार्यको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । प्रेस सेन्टर नेपाल चितवनको खुल्ला उपाध्यक्षमा नविनबाबु मरह्ठ्ठा, समावेशी उपाध्यक्षमा दिप्ति बिक, सचिवमा सुरेन कुँवर,खुल्ला सहसचिवमा अनिल भट्टराई, समावेशी सहसचिव हिरालाल गुरूङ र कोषाध्यक्ष सुनिल पराजुली चयन भएका छन् । यसैगरी सदस्यहरुमा कमल राज ढकाल, प्रतिमा भण्डारी, विशाल अम्गार्इ, सुजन खनाल, राजकुमार देउजा र सन्तोष विश्वकर्मा रहेका छन् ।
काठमाडौं: राष्ट्रिय गौरवको आयोजना सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको पनि शुक्रबार ब्रेक थ्रु भएको हो । यसअघि तीनवटै बाइपासको ब्रेक थ्रु भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेको यो सुरुङमार्ग निर्माणले एक वर्षयता तीव्रता पाएको थियो। आयोजनाका अनुसार बाइपास सुरुङ ३ को गत भदौ २६ गते नै ब्रेक थ्रु भइसकेको थियो । त्यसपछि बाइपास सुरुङ १ को पनि गत असोज ४ गते ब्रेकथ्रु भएको थियो । मुख्य सुरुङसम्मको पहिलो बाइपास १ सय ५१ मिटर लामो छ भने तेस्रो…
काठमाडौँ: भाटभटेनी सुपरमार्केटलाई घाटामा पुर्याउन प्रणालीमा पहुँच पुर्याएर करको दायरा बढाइदिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा पर्वत घर भई चितवन बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखा घर भई चितवन बस्ने २२ वर्षीय परिन पाण्डे छन्। उनीहरू चितवनमा रहेको बिहादी बिजनेश म्यानेजमेण्टमा कार्यरत कर्मचारीहरू हुन्। उक्त कम्पनी लेखा परीक्षण गर्ने निजी फर्म हो। सिआइबीले उनीहरूलाई शनिबार (माघ ५ गते) भरतपुर महानगरपालिका-३ बाट पक्राउ गरेको थियो। उनीहरूमाथि सिआइबीले विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९ (कम्प्युटर सम्बन्धी) कसुर अन्तर्गत अनुसन्धान गरिरहेको एसपी सुधिरराज शाहीले जानकारी…
काठमाडौँ: सुनको भाउ शुक्रबार प्रतितोला एक हजार रुपैयाँले बढेको छ । बिहीबार ४०० सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७७४।०२ अमेरिकी डलर र चाँदी…
काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम छ । आयोजनाका योजनाप्रमुख कृष्णराज अधिकारीले आज प्रधानमन्त्रीबाट अन्तिम ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए। सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धुले…
काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित हुनुभएको छ । तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल सम्मानित हुनुभएको हो । व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर स्वरुप मल्ल सम्मानित हुनुभएको हो । उहाँ ४० वर्षदेखि व्यवसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आउनुभएको छ ।व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरुप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको आयोजकले बताएका छन । अध्यक्ष मल्लले कर्पोरेट संगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आउनुुभएको छ । सम्मानित चेम्बर निवर्तमान अध्यक्ष…
काठमाडौँ: मुलुक भरका किसान परिवार मध्ये हाल सम्म करिव ४७.७ प्रतिशत किसान सूचिकरण प्रणालीमा सूचिकृत भएको कृषि तथा पशुपन्छी मन्त्रालय अन्र्तगतको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । केन्द्रले आज ललितपुरमा आयोजना गरेको प्रदेश स्तरीय किसान सुचीकरण सम्वन्धी समन्वय गोष्ठीमा केन्द्रका प्रमुख एंव सहसचिव डा. राम नन्दन तिवारीले गत मंसिर २१ गतेको सचीव स्तरीय निर्णय अनुसार केन्द्रलाई किसान सुचीकरणका लागि किसानहरुको आवश्यक विवरणहरु सङ्कलन गरी विद्युतीय प्रणाली व्यवस्थापन तथा सञ्चालन गर्न केन्द्रलाई जिम्मेवारी प्राप्त भएको वताउनुभयो । किसानको पहिचान गरी सरकारी तवरबाट तथ्यपरक योजना तथा कार्यक्रमको तर्जुमा गर्न र किसानहरुलाई उपलब्ध गराइने सेवा सुबिधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न…
रूपन्देही: रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको हो । लामिछानेको हिजो बयान सकिएको थियो । इजलासले आज बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हिजो हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेको थियो । कास्की प्रहरीको हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो । आज सुरुमा सरकारी वकिल कार्यालयतर्फका कानून व्यवसायीले बहस गर्नेछन् ।
काठमाडौँ: बुधबार सेयर बजार ५२.३६ अंक (२ प्रतिशत) बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । बजार दिनभर हरियाली रह्यो । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज ९ अर्ब २० करोडको भयो । कुल १९६ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ९ को स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ४.२४ प्रतिशत बढ्यो । बैंकिङ १.३२, विकास बैंक २.७४, फाइनान्स ०.८९, होटल तथा पर्यटन २.७१, हाइड्रोपावर २.१२, लगानी ३.८२, जीवन बीमा १.८९, माइक्रोफाइनान्स १.०७, उत्पादन ०.०८, निर्जीवन बीमा…