Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् प्रयोग गरेका उद्योगहरूलाई मंसिर १२ भित्र बक्यौता महसुल बुझाउन नेपाल विद्युत् प्राधिकरणले सूचना गरेको छ। अन्यथा नियमअनुसार कारबाही गरिने चेतावनी पनि प्राधिकरणले दिएको छ। बिहीबार जरुरी सूचना जारी गरी मन्त्रिपरिषद् र विद्युत् प्राधिकरण सञ्चालक समितिका बैठकले बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय गरेको जानकारी गराउँदै सोबमोजिम बाँकी रकम तिर्न प्राधिकरणले उद्योगहरूलाई ताकेता गरेको हो। सूचनामा भनिएको छ- बिलअनुसारको बक्यौता महसुल १५ दिन (अर्थात् २०८१ मंसिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनु हुन अनुरोध गरिन्छ। तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने बेहोरासमेत जानकारी गराइन्छ।

Read More

काठमाडौँ: अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरका एक प्रधानाध्यापक गम्भीर घाइते भएका छन्। आइतबार गोली प्रहारबाट मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ निवासी प्रधानाध्यापक प्रेम बहादुर बोम्जन गम्भीर घाइते भएका हुन्। सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६, स्थित जंगलको बाटोमा अज्ञात समूहले प्रहार गरेको गोली बोम्जनको बायाँ बंगारा मुनी अड्किएको प्रहरीले जनाएको छ। जंगलमा लुटेराहरूले लुकेर गोली प्रहार गरेको बताइएको छ। घाइतेलाई तत्काल उद्धार गरी सर्लाहीको बागमती स्थित बागमती मोडल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बारा रिफर गरिएको प्रहरीले जनाएको छ। बोम्जन रौतहटको गैयाटार स्थित आफन्तको घरबाट बागमती–झनझने सडक हुँदै ना ४० प ६६४६ नम्बरको मोटरसाइकलमा घर फर्कंदै थिए। सो क्रममा…

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिँदा करिब १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्से परिसूचक ६२.५४ अंकको वृद्धि पछि दुई हजार सात सय ३८.०६ को अंकमा कायम भएको हो । तीन सय २५ कम्पनीको दुई करोड २४ लाख ७४ हजार दुई सय ८१ कित्ता सेयर एक लाख छ सय ५१ पटक खरिदबिक्री हुँदा नौ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा बढी ४.२६ प्रतिशतको वृद्धि देखिएको छ । बैंकिङ एक दशमलव ६२, विकास बैंक २.७१, वित्त २.४८, होटल तथा पर्यटन ०.९६…

Read More

बिराटनगर: मानव तस्करीमा मुछिएपछि राजीनामा दिएका कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन लीलाबल्लभ अधिकारीलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । सत्तारुढ नेकपा (एमाले)ले शनिबार पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको अवस्थामा अधिकारीलाई आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराउने गरी नियन्त्रणमा लिइएको हो । अधिकारीलाई आइतबार दिउँसो साढे १ बजेको जहाजमार्फत् विराटनगरबाट काठमाडौं ल्याएर प्रहरीमा उपस्थित गराइँदैछ । जापान भ्रमणका क्रममा मन्त्रालयकै परिचयपत्र बनाएर मानव तस्करीमा संलग्न भएको पुष्टि भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनलाई कारबाही गर्न नेकपा एमालेमाथि चर्को दबाब परेको थियो । एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई निलम्बन…

Read More

काठमाडौं: हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो । बेस क्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेस क्याम्पमा विद्युत्का ग्राहक सङ्ख्या १५ रहेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो…

Read More

काठमाडौँ:गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चारवटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् । विमानस्थल उदघाटन भएको साढे दुई वर्षपछि स्वदेशी र विदेशी गरी चारवटा कम्पनीले अन्तर्राष्ट्रिय उडान थालेका हुन् । एकैपटक धेरैवटा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि यहाँका पर्यटन व्यवसायीमा खुसीयाली छाएको छ । शनिबार कुवेतको जजिरा एयरलाइन्स र फ्लाई दुबईले यहाँबाट उडान सुरुवात गरेको विमानस्थलका प्रवक्ता विनोद रावतले बताउनुभयो । जजिराले सातामा तीन दिन भैरहवा–कुवेत उडान गर्नेछ । दुई वर्षअघि गौतमबुद्ध विमानस्थल उद्घाटनसँगै यहाँबाट उडान थालेको जजिराले जाडो सुरु भएपछि प्राविधिक कारण देखाउँदै उडान स्थगन गरेको थियो । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान…

Read More

काठमाडौँ: हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति गरेको छ । शनिबार बसेको प्राधिकरण, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरुका प्रतिनिधिको बैठकमा यस्तो सहमति भएको हो । सहमति अनुसार एयरलाइन्स कम्पनीहरुले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रुपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गरिदिएको छ । त्यस्तै, एयरलाइन्स हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता बमोजिमको शर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरि हवाई भाडादर कायम गर्ने सहमति समेत भएको छ । बैठकले हवाइ टिकटको मूल्यसूची तोक्ने र सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमामात्रै गर्ने समेत निर्णय…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको पार्टीका नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । मुलुकमा व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय भएको उनको भनाइ छ ।

Read More

काठमाडौँ:नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सिफारिस भएर आएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ४४ वटै स्थानीय तहका उम्मेदवारको नाम अनुमोदन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘४४ वटा स्थानीय तहको उपनिर्वाचनको तर्फबाट नेकपा एमालेका तर्फबाट सिफारिस भएका नाम अनुमोदन गर्ने काम गरेको छ,’ बैठकपछि निर्णय सुनाउँदै उनले भने।

Read More