Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको पार्टीका नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । मुलुकमा व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय भएको उनको भनाइ छ ।
काठमाडौँ:नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सिफारिस भएर आएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ४४ वटै स्थानीय तहका उम्मेदवारको नाम अनुमोदन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘४४ वटा स्थानीय तहको उपनिर्वाचनको तर्फबाट नेकपा एमालेका तर्फबाट सिफारिस भएका नाम अनुमोदन गर्ने काम गरेको छ,’ बैठकपछि निर्णय सुनाउँदै उनले भने।
काठमाडौँ:पाल क्रिकेट संघ (क्यान)ले एसीसी यू–१९ पुरुष एसिया कपका लागि हेमन्त धामीको कप्तानीमा टोली घोषणा गरेको छ। यूएईमा आगामी नोभेम्बर २९ देखि आयोजना हुने प्रतियोगिताका लागि टोली घोषणा गरिएको हो, जसको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन्। टोलीमा अर्जुन कुमाल उपकप्तान तोकिएका छन्। टोलीको अन्य सदस्यहरुमा आकाश त्रिपाठी, उत्तम थापामगर, मयन यादव, नरेन साउद, यूनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अविशेख तिवारी, दिलसाद अली र रन्जित कुमार रहेका छन्। ५०ओभरमा हुने खेलमा नेपालले श्रीलंका, बंगलादेश र अफगानिस्तानको सामना गर्नेछ।
काठमाडौँ:प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरका ७५३ वटै पालिकामा सरकारविरुद्ध खबरदारीसभा आयोजना गर्ने घोषणा गरेका छन्। शनिबार मकवानपुरको थाहा नगरपालिकामा आयोजित वाईसीएलको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यसबारे पर्सी बैठक बसेर निर्णय गरिने समेत जानकारी दिए। ‘अब अर्को एउटा मेची महाकाली अभियान चलाउँदै छु,पर्सी हामी बैठक बसेर ७५३ वटै पालिकामा खबरदारीसभा गर्नेगरी हामी निर्णय गर्दैछौं,’ प्रचण्डले भने, ‘मलाई विश्वास छ, उनीहरुको सातो त गइनै सकेको छ। उनीहरु होपलेस भैनै सकेका छन्। उनीहरुलाई होपलेस हुन दिनुपर्छ र हामीहरू नयाँ आत्मविश्वासका साथ एउटा नयाँ आन्दोलनमा हामी जानुपर्दछ।’ प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नहुँदासम्म राजनीतिक स्थिरता नहुने भन्दै अब आफू…
काठमाडौँ: शनिबार भएको खेलमा नेपाल घरेलु टोलीसँग १३ रनले पराजित भएको हो। यूएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ४८ रनको योगदान दिइन्। उनले ४३ बलमा ५ चौका प्रहार गरेपनि टोलीको हार टार्न सकिनन्। सना प्रविन र सोनी पाख्रिनले समान १९ रन बनाए। ज्योत्सिना मरासिनी ११ रनमा अविजित रहिन्। नेपाललाई अन्तिम ओभरमा १८ रन चाहिएको अवस्थामा त्यसअघि अजमानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो। यूएईका लागि…
काठमाडौँ:मानव तस्करीको गम्भीर आरोप लागेका कोसी प्रदेशका निवर्तमान कानुनमन्त्री लिलाबल्लभ अधिकारी पार्टीबाट निलम्बित भएका छन्। नेकपा एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार मानव तस्करीको आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीको कुनैपनि तहमा रहन नपाउनेगरी अधिकारीलाई निलम्बन गरिएको हो। ‘माननीय श्री लिलाबल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभए सम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी वहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधी परिषद सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ,’ अध्यक्ष खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।…
रासस काठमाडौँ:नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन्। विमानस्थल सुरु भएदेखि नै उडान सुरु गरेको जजीरा एयरलाइन्सले स्थगित गरेको उडान आजदेखि फेरि सुरु गरेको छ। आज एक सय ७१ यात्रु लिएर आएको जजिरा एक बालकसहित एक सय ६८ यात्रु लिएर उडेको छ भने फ्लाई दुबई र नेपाल एयरलाइन्स पनि आजैदेखि उडान सुरु गर्दैछन्। यससँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको सङ्ख्या चार पुगेको छ। जजीरा एयर सातामा तीन दिन उडान गर्दैछ। मङ्गलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुबेतका लागि उड्ने विमानस्थलका…
काठमाडौं: मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु जारी छन् । धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरुको निर्माण धमाधम भइरहेको छ ।धारापानी र खुदी सबस्टेसनमा क्रमश ः २२०÷१३२ केभी,१०० एमभिए तथा १३२÷३३ केभी, ३० एमभिए र २२०÷१३२ केभी, १६० एमभिए तथा…
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकैदिन तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे सुन प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहिबिर सुनको मूल्य प्रतितोला ४००० रुपैयाँले घटेको थियो । साथै, आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी तोलामा १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।…