Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
चितवन: जिल्लामा कोरोना संक्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा संक्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल संक्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी रहेका छन । यो सङ्ख्या आजसम्म संक्रमित सङ्ख्याको २० प्रतिशत हुन आउँछ । संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक व्यक्ति संक्रमित भएको पाइएको उहाँले बताउनुभयो । यसलाई हेर्दा संक्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ । त्यसबाहेक संक्रमित अन्य १०१ ले समेत आफूलाई अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा संक्रमण भएको बताएको…
काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षणविहीन कोरोना संक्रमितहरूको पिसिआर परीक्षण नगर्ने नीति लागू गर्ने तयारी गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अब लक्षणविहीनको परीक्षण नगर्दा पनि फरक नपर्ने निष्कर्ष निकाल्दै मन्त्रालयले लक्षण भएकाहरूको मात्र परीक्षण गर्ने गरी काम अघि बढाएको जानकारी दिए। ‘यसबारे छलफल भएको हो तर मन्त्रिपरिषद्मा प्रस्ताव गएको जानकारी भएन,’ अधिकारीले भने, ‘लक्षण भएकाहरूको मात्र परीक्षण गर्ने र नभएकाहरूको नगर्दा पनि फरक पर्दैन तर आइसोलेसनमा चाहिँ बस्नुपर्छ भन्ने मन्त्रालयको ‘भर्सन’ हो।’ उनले अब ट्रेस गरेरमात्र परीक्षण बढाउने भन्दा पनि क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा मन्त्रालयले जोड दिने जनाए। उनले भने, ‘ट्रेस गरेरमात्र परीक्षण बढाएर भएन।…
काठमाडौँ: सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अब मन्त्रिमण्डल पुनर्गठनका लागि छलफल सुरु हुने बताएका छन्। सोमबार खुमलटारमा भेला भएका आफूनिकट नेताहरुसँग प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल सुरु गरिने बताएका हुन्। ‘हिजोसम्म आन्तरिक सर्कुलर तयार गर्न लागेका थियौं, अब मन्त्रिमण्डल पुनर्गठनका विषयमा प्रधानमन्त्रीसँग छलफल हुन्छ,’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने, ‘मैले सबैलाई अवसर दिनेगरी मन्त्री परिवर्तन गर्नुपर्छ भनेको छु।’ नेकपाका महासचिव विष्णु पौडेलले पनि मन्त्रिपरिषद पुनर्गठनबारे छलफल सुरु नै नभएको बताए। ‘प्रधानमन्त्रीले कस्तो मन्त्रिपरिषद बनाउने भन्नेबारे एउटा सोच बनाउनु भएको हुन सक्छ तर, त्यसबारे हामीसँग छलफल चाहिँ भएको छैन’, महासचिव पौडेलले…
काठमाडौँ: सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ रहने हो भने आयुर्वेदिक उपचार पद्धतितिर लाग्नुपर्ने धारणा राखेका छन् । हिजोको मन्त्रिपरिषद् बैठकमा उनले आयुर्वेदिक उपचार विधि पद्धति र यसका फाइदा/बेफाइदाबारे व्याख्या गरेका थिए । ‘स्वस्थ रहने हो भने आयुर्वेदिक उपचारतिर लाग्नुपर्यो,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘बिरामी हुँदै औषधि खाँदै अस्पताल जाँदै गर्ने हो भने एलोपेथिक उपचार गर्नॅपर्यो ।’ उनले आयुर्वेदिक औषधिमा इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) बढाउने र त्यसमा भाइरस कम गर्ने तत्त्व बढी रहेको आफूले पाएको पनि बताएका थिए । नयाँ अस्पताल खोल्नेसम्बन्धी स्वास्थ्य मन्त्रालयको प्रस्तावका सन्दर्भमा धारणा राख्दै प्रधानमन्त्री ओलीले आयुर्वेदिक उपचार…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नेबारे प्रस्ताव तयार गरेपछि कानुनी प्रश्न उठाएका छन् । उनले कानुनी प्रश्न उठेकाले यसबारे परामर्श गर्न जरुरी रहेकाले आजको मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्न नसकेको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लगेकोमा प्रधानमन्त्रीले सुरुमै कानुनी प्रश्न रहेकाले यसमा आफूले थप परामर्श गर्ने बताएपछि बैठकको मुल एजेण्डामै प्रवेश नभएको ती मन्त्रीको भनाइ छ । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले २०७३ साल भदौ २९ गते कुलमानलाई प्राधिकरणमा नियुक्त गरेका थिए । सोअनुसार ४ वर्षे कार्यकाल आइतबार सकिएका कुलमानलाई सरकारले पुनः नियुक्ति दिनुपर्ने दवाव चौतफी…
काठमाडौँ: काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ जना संक्रमित पुगेका छन् । काठमाडौंको महाराजगन्ज क्षेत्रमा ३ सय ३८, नक्साल क्षेत्रमा १ सय ३१ संक्रमित पुगेका छन् । यस्तै, धुम्बाराही क्षेत्रमा १ सय ७४, चावहिल…
काठमाडौँ: केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) ले बुधबार मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएको छ । हालसम्म मोबाइल एप सञ्चालनमा नल्याएको सीडिएससीले बुधबार पहिलो पटक सर्वसाधारणका लागि एप सञ्चालनमा ल्ष्याउन लागेको हो । सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेका अनुसार एप सञ्चालनमा आएपछि शेयर आवेदन, पोर्टफोलियो हेर्ने सुविधा, शेयरको विद्युतीय हस्तान्तरण ( इडिआइएस) लगायत हाल मेरो शेयरमा रहेको सम्पूर्ण र सीडिएससिको वेबसाइटमा भएको सबै फिचरको सुविधा लगानीकर्ताले एपबाटै सहज रुपमा प्राप्त गर्न सक्नेछन् । केही दिनको परीक्षण पश्चात एपबाट नियमित रुपमा सेवा हुनेछ । उक्त मोबाइल एप एन्ड्रोइड र एप्पल दुवै मोबाइलमा एप स्टोरबाट डाउनलोड गरी सञ्चालन गर्न सकिने…
काठमाडौँ: मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षा भएको छ । नेपाल बाढी सूचना केन्द्रले सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास ‘अति भारी’ (२५० मिलिलिटरभन्दा बढी)वर्षा भएको छ । यस्तै झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यम देखि ठूलो बर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत झापा ,मोरङ सुनसरी भई बहने स-साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले १२ बजे सम्म सतर्क रहन आह्वान गरिएको छ । यस्तै चितवन, कास्की लगायतका जिल्ला तथा आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नारायणगढ-मुग्लिन सडक खण्डको कालिखोला…
काठमाडौँ: लिओनल मेसी सर्वाधिक कमाउने फुटबलरको शीर्ष स्थानमा रहन सफल भएका छन्। फोर्ब्सका अनुसार स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेसी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका हुन्। फोर्ब्सले मेसीको वार्षीक आम्दानी १२६ मिलियन अमेरिकी डलर भएको जनाएको छ। जसमध्ये तलबबाट ९२ मिलियन अमेरिकी डलर मेसीले आम्दानी गरेका छन्। मेसीले प्रायोजनमार्फत ३४ मिलियन अमेरिकी डलर प्राप्त गरेको फोर्ब्सले जनाएको छ। फोर्ब्सका अनुसार मेसीको करिअरको कमाइ १ बिलियन अमेरिकी डलर पुगिसकेको छ। मेसीले १६ वर्षको करिअरमा दर्जनौ रेकर्ड बनाइसकेका छन्। मेसीले बार्सिलोनाबाट खेल्नुअघि क्लबले १०५ वर्षमा ६४ उपाधि जितेको थियो। मेसीले बार्सिलोनाबाट खेल्न थालेको १६ वर्षमा क्लबले ३४ उपाधि जित्न…
चितवन: नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०:३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । यसै सडकखण्ड अन्तर्गत भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ…
