Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : भोली बुधबारका लागि डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रतिनिधिसभा विघटन भएसँगै संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिस गरिएका पदाधिकारीले सुनुवाइ बिनै कार्यभार सम्हाल्न लागेका बेला परिषदको बैठक डाकिएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार डाकेको बैठकमा नियुक्ति सिफारिस गरिएका व्यक्तिलाई राष्ट्रपतिबाट सिधै नियुक्ति गर्नअघि कानुनी प्रकिया लगायतका विषयमा छलफल गर्न लागेका थिए । तर बुधबारको बैठक स्थगित भएको सूचना सदस्यहरूलाई पठाइएको छ । बैठक किन स्थगित गरियो भन्नेबारे केही खुलाइएको छैन । गत मंसिर ३० प्रधानमन्त्री ओलीले कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने परिषद सम्बन्धि अध्यादेश ल्याउँदै विभिन्न संवैधानिक निकायमा नियुक्ति…
काठमाडौं : प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजनीतिक दलसम्बन्धी नयाँ दफाअनुसार आफूहरु नै नेकपाको आधिकारिक पार्टी भएको निर्वाचन आयोगमा दाबी गरेको छ। अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहितको टोली टिर्वाचन मंगलबार आयोग पुगेर नेकपाको नाम, झण्डा र चुनाव चिन्हमाथि आधिकारिकताको दावी गरेका हुन्। सो समूहले दल विभाजन भएको र सोको निरुपणका लागि राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार आधिकारिकता दावी गरेको बताएका छन्। सो समूहले सोमबार आकस्मिक रुपमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा उपस्थित रहेका २ सय ७५ जना नेताहरुको उपस्थितिको विवरण पनि निर्वाचन आयोगमा बुझाएको छ। अध्यक्ष…
काठमाडौं : दुई दिनको करेक्शन पश्चात सुधारको लयमा देखिएको शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार २.७२ प्रतिशतले बढेको नेप्से सूचक २५ सय विन्दु नजिक पुगेको छ । मंगलबार नेप्से सूचक ६५.४९ अंकले बढेर २४७३.७३ अंकमा उक्लिएको छ। ८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा २ सय कम्पनीको १ करोड ५३ लाख २५ हजारभन्दा बढी कित्ता शेयर किनबेच भए। होटल बाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् । यसदिन इन्स्योरेन्स तथा लघुवित्त समुहमा विशेष आर्कषण देखिएको छ । तीन कम्पनीको शेयर मूल्य दश प्रतिशतले बढ्दा दुई दर्जन बढी कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको…
काठमाडौँ: राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्दैछन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे सुरू हुनेछ । वालिङ र चन्द्रपुर दुबै टोली दोस्रो जितको खोजीमा छन् । विदेशी खेलाडीको साथ पाएको वालिङ जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । उसको पाँच खेलमा पाँच अंक छ । ५ खेलमा ३ अंक जोडेर छैटौँ स्थानमा रहेको चन्द्रपुर पनि आजको खेल जित्दै अंक तालिका सुधारको लक्ष्यमा हुनेछ ।
काठमाडौँ: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहिनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै वास्तविक भूमिहिनको लागत संकलन गर्ने कार्य सम्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनी पूर्जा उपलब्ध गराउन निर्देशन दिए । ‘स्रोत र जनशक्तिको अभाव हुन दिने छैनौं, अर्थमन्त्री पौडेलले भने–काम र परिणाम पनि त्यही अनुसार आउने गरी काम गर्नुहोस् ।’ आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले स्थानीय तहसँग पनि सहकार्य र समन्वय गर्दै काम गरेको जानकारी दिँदै १८ घण्टा खटेर काम गर्ने बताए…
सिरहा: प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा संसद पुनःस्थापना नहुने बताएका छन् । सिरहा सदरमुकाममा सोमबार आयोजित तत्कालिन नेकपा एमालेका नेता सहिद हेमनारायण यादवको १७ स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना गराएर प्रधानमन्त्री बन्ने सपना देखेकाहरुलाई त्यो सपना नदेख्न चेतावनी दिए । नेकपा केपी ओली पक्षका अध्यक्ष समेत रहेका उनले भने–‘संसद पुनःस्थापना गरी विभिन्न तिगडम गर्ने, जोडजाड गर्ने, सांसद खरिद बिक्री गरेर र पार्टी फूटाएर प्रधानमन्त्री बन्ने सपना देखेकाहरुको सपना पुरा हुदैन ।’ प्रधानमन्त्री ओलीले तोकिएकै सयमा निर्वाचन हुने बताए । उनले भने- ‘ तोकिएकै समयमा निर्वाचन हुन्छ । प्रदेश नं. २ मा पहिचो चरण अन्तर्गत २०७८ बैखाख…
काठमाडौं: बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । पूर्व गृहसचिव सिलवाललाई सरकारले बीमा समितिको रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा सिलवाललाई नियुक्त गर्ने निर्णय हाे । उनकाे कार्यकाल चार वर्ष हुनेछ । गृह सचिवबाट अवकाश भए पनि सिलवाल लामाे समय उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए । सिलवालकाे लागि बीमा नयाँ क्षेत्र हाे । बीमा क्षेत्रकाे नियामक निकायमा बीमा क्षेत्रकै व्यक्ति नियुक्तीकाे अपेक्षा बजारबाट भएकाे थियाे । तर सरकारले अन्य राजनीतिक नियुक्तीमा झै बीमा समितिकाे अध्यक्षमा पनि पूर्व प्रशासक छनाैट गरेकाे छ । बीमा…
काठमाडौं: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रपथमा हिँडिरहेको आरोप लगाएका छन् । संसद विघटनविरुद्ध काँग्रेस भ्रातृसंगठनद्वारा काठमाडौंमा आयोजित विरोधसभामा बोल्दै उनले संसदमा विश्वासको मत लिने आँट नगरेर ओलीले ज्ञानेन्द्रपथ रोजेको बताए । नेता सिंहले आम नेपाली जनताले सडकबाट दबाव दिएपछि ओलीको होस खुल्ने बताउँदै उनले भने, ‘ज्ञानेन्द्रले नारायणहिटी छोडेर गएजस्तै बालुवाटर छोड्नुपर्दा ओलीको होस खुल्छ ।’ राजाको पालामा शाही आयोगलाई असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले अहिलेको ओलीको कदमलाई पनि सच्याउने विश्वास व्यक्त गरे । ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरूपयोग गरेर, जनभावना विपरित संविधान कुल्चेर संसद विघटन गरेको नेता सिंहको दावी छ । उनले ओलीको कदमलाई…
पूर्वजनमुक्ति सेनालाई आफूतिर तान्न बल गरिरहेका गृहमन्त्री रामबहादुर थापाले योङ कम्युनिस्ट लिग (वाईसीएल) ब्युँताएका छन्। तत्कालीन माओवादीको युवा संगठन वाईसीएल र एमालेको युवा संघलाई पार्टी एकतापछि मिलाएर राष्ट्रिय युवा संघ नेपाल बनाइएको थियो। तर, युवा संघमा आवद्ध केही पूर्ववाईसीएलका सदस्यलाई लिएर गृहमन्त्री थापाले वाईसीएल ब्युँताएका हुन्। जसको नेतृत्व थापाकै सचिवालमा रहेका वीरु तामाङले गरिरहेका छन्। एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको राष्ट्रिय युवा संघको संयोजक अहिले रामप्रसाद सापकोटा छन्। उनी प्रचण्ड–नेपाल पक्षमा छन्। तामाङले माघ ८ गते ९९ सदस्यीय केन्द्रीय समिति नै घोषणा गरी औपचारिक रुपमै वाईसीएल ब्युँताएका हुन्। तामाङका अनुसार वाईसीएलको ९९ सदस्यीय केन्द्रीय समितिले नौ सदस्यीय…
काठमाडौँ: पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको र सो पार्टीको आधिकारिक धार आफूहरु रहेको भनी निर्वाचन आयोग जाने भएका छन्। त्यसमा बहुमत सदस्य आफूहरुसँग रहेको हुँदा पार्टीको नाम, झण्डा र चुनाव चिन्ह सूर्य आफूहरुले पाउनुपर्ने भन्दै त्यसमा आधिकारिताका दावी गर्ने भएका हुन्। सोमबार आकस्मिक रुपमा बोलाइएको सो पक्षको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगमा रितपूर्वक आधिकारिकताको दावी गर्ने निर्णय गरेको छ। सोहिअनुसार पार्टी आधिकारिकताको दाबी गर्न त्यससम्बन्धी जिम्मेवारी लिएका नेकपाका नेताहरु मंगलबार निर्वाचन आयोग जाने भएका छन्। ‘नेकपा विभाजन भएको भन्दै भोली करिब दुईतिहाइ सदस्यहरुको निर्णयसहित आधिकारिकताको दावी गर्न निर्वाचन आयोगमा जाँदैछौ’…
