Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नयाँ डिजाइनका कस्ता कस्ता फर्निचर र सजावटका सामान बजारमा आएका छन् ? घरको सजावटमा रूचि राख्नेका लागि नयाँ केके आए ? जिज्ञासाको उत्तर खोज्न भृकुटीमण्डप पुगे हुन्छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा जारी नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचरमात्रै नभइ इन्टेरियर डेकोरेसनमा रूचि राख्नेका लागि थुप्रै थोक छन्। गत शुक्रबार सुरू भएको फर्निचर मेलामा धेरै अवलोकनकर्ता पुगेका छन्। छरिता र चिटिक्कका फर्निचरसँगै घर तथा अफिस सजावटका लागि संसार भर बजार लिइरहेका उत्पादन प्रदर्शनीमा छन्। करिब दुई सयभन्दा बढी ब्राण्डका उत्पादक सहभागी १ सय ५० भन्दा बढी स्टलहरुमा अवलोकनकर्ताको भीड रहेको मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक…

Read More

काठमाडौं: मूल्यवृद्धिमा लगातार रेकर्ड बनाइरहेको सुनको भाउ पुनः बढेको छ। साताको पहिलो दिन आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेर ७६ हजार ५ सय पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ७६ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरि चाँदीको मूल्यमा पनि आइतबार तोलामा ५ रुपैयाँले बढेर ८ सय ९५ पुगेको छ। शुक्रबार प्रतितोला ८ सय ९० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १५८७.९० डलरमा कारोबार भएको थियो।

Read More

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्र नजिकका बासिन्दाले लगाएको अन्न बालीमा जङ्गली हात्तीको बथानले व्यापक क्षति पु¥याउन थालेको छ । तीन दिनदेखि करीब २० सङ्ख्यामा रहेको हात्तीको बथानले गहुँ, केराउ, मसुरोलगायतको बालीमा नोक्सान पुरयाएको हो । हात्तीको बथान रातिको बेला स्थानीय किसानको खेतमा छिरेर बालीमा क्षति पु¥याउदै आएको छ । नगरपालिका–८ मा मात्रै हात्तीको बथानले सात जना किसानले खेतमा लगाएको गहुँलगायतको बालीमा क्षति गरेको वडाध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । सामुदायिक वन क्षेत्रमा लगाइएको १५ मिटर ग्याबिन तारजालीसमेत हात्तीको बथानले चुँडालेको छ । हात्तीको बथान साँझ नपर्दै नजिकैका सामुदायिक वनबाट खेतमा छिरेर क्षति पु¥याउन थालेपछि स्थानीयवासी हात्ती भगाउनकै लागि रातभर जाग्राम…

Read More

बुटवल: आठ घण्टासम्म विशेषज्ञ डाक्टर चेकजाँच गर्न नआउँदा उपचारका लागि मेडिकल कलेजमा पुर्‍याइएकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका-२ बैजलपुरकी सुविका थापामगरलाई शुक्रबार राति १२ बजे युनिभर्सल मेडिकल कलेज भैरहवामा पुर्‍याइएको थियो । तर ८ घण्टासम्म डाक्टरले हेरेनन् । सिकारु नर्सहरुले ओभरडोज औषधि दिएका कारण बालिकाको मृत्यु भएको परिवारको आरोप छ । नर्सहरुले ५ मिनेटमा डाक्टर आउनुहुन्छ भन्दाभन्दै बिहान ८ बजेसम्म डाक्टर नआएको मृतककी ठूली आमा सरु थापाले बताइन् । शनिबार बिहान साढे ८ बजेतिर बालिकालाई मेडिकल कलेजले मृत घोषणा गरेको थियो । सरुको दाबी अनुसार सिकारु नर्सहरुले अन्धाधुन्द ओभरडोज औषधि दिएकै कारण सुविकाकी मृत्यु भएको…

Read More

काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सङ्कटा क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटाले हिमायन शेर्पालाई १–० गोलअन्तरले पराजित गरेको हो । सङ्कटाले १० खेलमा १५ अङ्क जोडेको छ । अजयी मार्टिन्सले सङ्कटाका लागि निर्णायक गोल गरे । उनले खेलको २१औँ मिनेटमा क्षितिज राज जिटीको पासमा गरेको एक गोल नै सङ्कटाका लागि निर्णायक गोल सावित भयो । जितसँगै सङ्कटा छैठौँ स्थानमा उक्ललिएको छ । समान १० खेल पूरा गरेको हिमालयन शेर्पा सात अङ्कका साथ अङ्क तालिकाको बाह्रौँ स्थानमा छ ।

Read More

काठमाडौं: चीनबाट उद्धार गरिदिन आग्रह गर्दै तीन सय भन्दा बढी नेपालीहरुले बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । दूतावासले आइतबार बिहान ९ बजेसम्मको समय दिएर स्वदेश फर्किन इच्छुक हुवे प्रान्तमा बस्ने नेपालीहरुबाट आवेदन आह्वान गरेको थियो । तर, हुवेभन्दा बाहेकका प्रान्तबाट पनि आवेदन परेको दूतावास स्रोतले बतायो । स्रोतले भन्यो, ‘हुवे प्रान्तभन्दा बाहिर बस्दै आएकाहरुको समेत गरी तीन सय भन्दा बढीको निवेदन प्राप्त भएको छ । कतिपयले आफ्ना साथीहरुका पनि फारम भरिदिएका छन् । हामी ती निवेदनहरु अध्ययन गरिरहेका छौं ।’ हुवे प्रान्तमा करिब १७० जना नेपालीहरु रहेको अनुमान थियो । तीमध्ये केही जाडो विदा भएपछि पहिले नै स्वदेश फर्किइसकेका…

Read More

दमौली: तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूलढुङ्गादेखि बन्दीपुर बजारसम्म पूर्वाधारयुक्त केबुलकार निर्माण गरिरहेको कम्पनीले घोषणा गरेको पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका दमौली समाचारदाता कृष्ण न्यौपानेलाई प्रदान गरिने भएको छ । कम्पनीका निर्देशक तारानाथ उपाध्यायको संयोजकत्वमा गठित छनोट तथा वितरण समितिले उक्त पुरस्कार न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार कम्पनीको पाँचौँ साधारणसभाका अवसरमा यही माघ २५ गते प्रदान गरिने केबुलकारको निर्माण कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्शन्स प्रालिका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । केबुलकार र बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि कलम चलाएबापत न्यौपानेलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारको राशि रु एक लाख शेयर रहेको छ ।…

Read More

काठमाडौं: राष्ट्रियसभाको आजको बैठकले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन) विधेयक, २०७६’ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेको थियो । बैठकमा कानूनमन्त्री ढकालले सार्वजनिक पदधारण गरेका व्यक्तिले तीन महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी प्रावधान रहेको तर सम्पत्ति सार्वजनिक गर्ने वा नगर्ने भन्ने चाहिँ अहिले बहसमै रहेको बताए । उनले सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाबाट भने उन्मुक्ति दिन नहुने प्रष्ट पारे । उनले भने, “संविधानअनुकूल बनाउन सरकारले विधेयक संशोधन लिएर आएको हो, संविधानको दायरामै रहेर विधेयक आउँछ । आयोगका कर्मचारीलाई दण्ड…

Read More

काठमाडौँ: “तलब नपाएको कुरा सार्वजनिक गरौँ भने झन् नपाइएला भन्ने डर, चुप लागेर काम गर्दा व्यवस्थापनको ध्यान नपुग्ला भन्ने चिन्ता”, एक निजी टेलिभिजनमा कार्यरत एक श्रमजीवी पत्रकारले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, “आफूले काम गरेको क्षेत्र र संस्थाबारे नकारात्मक बोल्दा अप्ठ्यारो लाग्छ तर नियमित तलब नपाउँदा घर खर्च चलाउन कठिन भइसकेको छ ।” सञ्चारमाध्यमको सङ्ख्यात्मक वृद्धिसँगै पत्रकारले रोजगारी पाउन सहजता त भएको छ तर कानूनले तोकेअनुसारको सेवा, सुविधा र शर्तको पालना नहुँदा व्यवस्थापन र श्रमजीवी पत्रकारबीच विभिन्न संस्थामा किचलो हुनेक्रम रोकिएको छैन । समयमा तलब नपाएपछि कतिपय सञ्चामाध्यमका पत्रकारले सार्वजनिकरुपमा आवाज उठाउन थालेका छन् । कतिपयले कानूनी उपचारको बाटो…

Read More

पोखरा: विद्यालयका विद्यार्थी लाटोकोसेरोका कथा सुन्दै, बुझ्दै र लेख्दै छन् भन्दा अनौठो लाग्न सक्छ । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत स्याङ्जाको राङ्भाङ र आसपासका विद्यार्थी यतिखेर लाटोकोसेरोका विविध पक्ष सुनेका मात्रै छैनन्, ती विषयलाई बुझेर कथा, निबन्ध आदिमा उतारेका पनि छन् । लाटोकोसेरोको संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीसहित मिलेनियम ट्रेक व्यवस्थापन समिति र राङ्भाङ युवा क्लबको सक्रियतामा यही माघ २४ र २५ गते स्याङ्जाको राङभाङ–भैंसेगौंडामा गर्न लागिएको ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७६’ का अवसरमा यो चराका कथा व्यथा सुनाइएको हो । शिविरमा सुनेका विषयलाई आफ्ना रचनामा उतार्दै कथा, कविता, निबन्ध एवम् चित्रकला प्रतियोगितामा आफूलाई विजयी बनाउन यतिखेर विद्यार्थीलाई भ्याइनभ्याइ…

Read More