काठमाडौं: मूल्यवृद्धिमा लगातार रेकर्ड बनाइरहेको सुनको भाउ पुनः बढेको छ। साताको पहिलो दिन आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेर ७६ हजार ५ सय पुगेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ७६ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरि चाँदीको मूल्यमा पनि आइतबार तोलामा ५ रुपैयाँले बढेर ८ सय ९५ पुगेको छ।
शुक्रबार प्रतितोला ८ सय ९० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १५८७.९० डलरमा कारोबार भएको थियो।
Facebook Comments Box