Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सभापति लामिछानेलाई पोखरा लगिएको हो । उनलाई यति एयरको विमानमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ।
काठमाडौँ । राजधानीको गौशालामा काठमाडौँ महानगरपालिकाको प्रहरी बल र स्थानीयबिच तनावको स्थिति सिर्जना भएको छ । फुटपाथ अतिक्रमण गरी बनाइएको संरचना भत्काउन शुक्रबार महानगर प्रहरीको टोली डोजरसहित पुगेपछि तनावको अवस्था निम्तिएको हो। अतिक्रमित संरचना भत्काउन खोज्दा स्थानीयले अवरोध गर्दा सामान्य धकेलाधकेलका स्थिति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । सो क्रममा स्थानीयले अदालतले आदेश विपरीत महानगरपालिकाले मनपरी गर्न खोजेको भन्दै आक्रोश पोखेका थिए ।
काठमाडौँ: दार्चुलामा जीप दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी लगिएको छ ।हेलिकप्टरमा उद्धार गरिएकामा जीप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का सन्दीप रावल र बैतडीको डिलासैनी गाउँपालिका–५ का उत्तम रोकाया रहेका छन् । उनीहरुलाई सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । शैल्यशिखर नगरपालिका–६ को बगजेबलामा आज बिहान म१ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको हो । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको उक्त जीपमा सवार आठ जनाको मृत्यु भएको थियो । स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर दार्चुलाको…
काठमाडौँ:नेपालले आज (शुक्रबार) देखि बंगलादेश बिजुली निर्यात (बेच्न सुरु) गर्दै छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले दिउँसो १२:४५ बजे संयुक्त रूपमा भर्चुअल उद्घाटन गरी बंगलादेश विद्युत निर्यात सुरु गर्ने जानकारी दिए। गत असोज १७ मा नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले आज ४० मेगावाट बिजुली बंगलादेश पठाउन लागेको हो। यसअघि भारतले सम्झौताबमोजिम स्वीकृति नदिँदा बिजुली बंगलादेश निर्यात सुरु गर्न सकिएको थिएन। अहिले भारतले स्वीकृति दिइसकेकाले नेपालले बंगलादेश बिजुली पठाउने भएको हो। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार यस वर्षका लागि आज (कात्तिक ३० गते) दिन मात्र बिजुली बंगलादेश पठाउन लागिएको हो। शुक्रबार…
काठमाडौँ: रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयमा सरकारी वकिलको रोहवरमा प्रहरीले तीन दिन लगाएर लिएको बयान आज (बिहीबार) सकिएको हो। अब उनलाई पोखरा लगिँदै छ। साँझ ६:३० को उडानमा पोखरा लैजाने गरी टिकट काटिएको भए पनि डिले भएर एक घण्टा पर धकेलिएको रविको सचिवालयले जनाएको छ। सरकारी वकिलको रोहबरमा रूपन्देही प्रहरीका अनुसन्धान अधिकारीले बयान लिइरहेको छ। बयान सकिएपछि उनलाई पोखरा लैजान साँझ ६:४० बजेको उडानका लागि टिकट काटिसकिएको छ। रविसँग मंगलबार ४ घण्टा र बधुबार ९ घण्टाभन्दा बढी समय बयान लिइएको थियो।
काठमाडौँ:रुपन्देही सरकारी वकिलको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको बयान आज सक्ने तयारी गरेको छ। कास्कीबाट रुपन्देही लगिएका लामिछानेलाई आज लिखित बयान लिएर कास्की फिर्ता गर्ने कार्यालयको तयारी छ। झण्डै एक महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई तीन दिनअघि बयानका लागि भैरहवा लगिएको थियो। बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रुपन्देहीको भैरहवा लगिएका लामिछानेसँग कार्यालय सुरु भएसँगै जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिन सुरु गरिएको छ। जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलका अनुसार आजै बयान सक्ने प्रयास गरिएको छ। यदि बयान सकिए प्रहरीले उनलाई आजै कास्की ल्याउने बताएको छ। लामिछानेको बयानका आधारमा प्रहरीले पुरक प्रतिवेदन तयार…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहँदा अदालती कारवाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ । अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान चरणमै रहेको मुद्दालाई अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनतालाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित रिट हालेका हुन् । अवहेलना निवेदनमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियामा प्रभाव पर्नेगरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा नागरिकमा फैलाउने लगायतका काम गरी स्वतन्त्र न्यायपालिका माथि नागरिकमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ । अवहेलना निवेदनमा रास्वपाका उपसभापति…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताए । उनले विश्वसनीय रुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्छ उल्लेख गरे । “जुन अपेक्षा र तीव्रताका साथ काम गर्न…
काठमाडौँ । सुनको मूल्य आज २,२०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । शुक्रबार यो १ लाख ६२ हजार २०० रुपैयाँ थियो । चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर बिहीबार १ हजार ९०५ रुपैयाँ कायम भएको हो । मङ्सिर नजिकिएसँगै बजारमा सुनचाँदीको सिजन सुरु भएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बनारमा सुन सस्तो बन्दै जाँदा सर्वसाधारणले राहतको महसुस गरेका छन् ।
काठमाडौँ: भारतीय स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिने भ्रमणका लागि नेपाल आउने भएका छन्। प्रधान सेनापति महारथी अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन्। उनी मंसिर ५ गते नेपाल आएर ९ गते फर्किने नेपाली सेनाले बताएको छ। उक्त भ्रमणमा उनले प्रधानमन्त्री र रक्षामन्त्रीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ। उनी नेपाल भ्रमणका क्रममा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगीअड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति महारथी सिग्देलसँगको भेटघाट र छलफल गर्ने कार्यक्रम छ।