Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं :हिजो मंगलबार सरकारबाट छोडेको समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज बुधवार बस्ने दलको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भनेर औपचारिक निर्णय गर्ने छ । आफ्नो दल संविधान संशोधन गर्नका लागि सरकारमा गएपनि त्यो पूरा नभएका कारण सरकारबाट आफ्ना नेताहरु फिर्ता भएको र आज बस्ने बैठकले अन्य कुराहरुको निर्णय गर्ने समाजवादी दलका उपाध्यक्ष रकम चेम्जोङले बताए । केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइको सरकार बनाएको उपप्रधान एवं कानूनमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टीले हिजो मंगलबार आकस्मिक रुपमा सरकारबाट बाहिरिने निर्णय गरेको थियो । समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार…

Read More

काठमाडौँ : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते निर्वाचन हुँदैछ । आयोेगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) -सूर्य, नेपाली काँग्रेस-रुख, समाजवादी पार्टी- पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाल -ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले -गाई चुनाव चिह्न प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)- हलो, राष्ट्रिय जनमोर्चा -गिलास, नेपाल मजदुर किसान पार्टी- मादल, नेपाल सङ्घीय समाजवादी पार्टी -बस, नेपाली जनता दल -गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले -ट्र्याक्टर निर्वाचन चिह्न प्राप्त गरेको आयोगले हिजो मंगलबार जनाएको छ ।…

Read More

काठमाडौं : आज डिसेम्बर २५, नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा…

Read More

काठमाडौं : देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर सूत्र लामो समयदेखि ‘बिग्रिएको’ छ। सम्बद्ध अधिकारीहरूले यसलाई ‘ह्याक’ भएको भन्दै आएका छन्। यसबाट ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन्। महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सुत्र’ को गडबडीबारे प्रहरीले अनुसन्धान थालेको छ। सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) ले २०७५/७६ बाट स्थानीय तथा प्रदेश सरकारको सञ्चित कोष व्यवस्थापन गर्न सूत्र कार्यान्वयनमा ल्याएको थियो। महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा निरीक्षक निरज केसीका अनुसार बिहीबार रातिबाट सर्भर ह्याक भएको छ। केही स्थानीय तहले भने मंसिर दोस्रो सातादेखि बिग्रिएको जानकारी दिएका छन्।…

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारबाट समाजवादी पार्टी बाहिरिएको छ। संसद्मा दुईतिहाइ समर्थन रहेको केपी ओली नेतृत्वको सरकार समाजवादी पार्टी फिर्ता भएसँगै सामान्य बहुमतमा झरेको छ।प्रतिनिधिसभामा समाजवादी पार्टीका १७ जना छन्। दुईतिहाइ पुग्न एक सय ८४ जना सांसद आवश्यक पर्छ। नेकपासँग एक सय ७४ सांसद छन्। समाजवादी पार्टी १९ महिनाअघि सरकारमा सहभागी भएको थियो। संविधान संशोधनसहित दुईबुँदे सहमति गरेर सरकारमा सहभागी भए पनि त्यसमा नेकपा तयार नभएको भन्दै समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्रीबाट राजीनामा गरेका छन्। उनीसँगै सो दलबाट सरकारमा सहभागी मन्त्री इस्तिायक राईले पनि राजीनामा गरेका छन्। उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका यादवलाई मंसिर…

Read More

सिमकोट: हुम्लामा अत्यधिक चिसो बढेपछि जिल्लाका सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । जिल्लाका ३२ वटा सरकारी कार्यालयमध्ये हिउँद लागेसँगै २० वटा सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । चिसो छल्न पुस महिनाको पहिलो सातामै कार्यालयका प्रमुखले जिल्ला छोड्न थालेपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् । जिल्लाको नियमनकारी निकायको प्रमुख मानिने जिल्ला प्रशासन कार्यालयसमेत प्रमुखविहीन बनेको छ । दैनिकजसो नागरिकता, भिसा बनाउन जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीडभाड हुने भएता पनि प्रमुख जिल्ला अधिकारी नहुँदा समस्या भएको छ । मङ्सिर अन्तिम सातामा भारी हिमपात भएपछि चिसो बढ्दै गएपछि सरकारी कार्यालयहरुका प्रमुख जिल्ला बाहिर जान थालेपछि सेवा प्रभावित भएको छ । प्रमुखविहीन सरकारी कार्यालयमा…

Read More

काठमाडौँ:  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एतिहासिक धरहरा पुनःनिर्माणको काम सन्तोषजनक रहेको बताउनुभएको छ । आज धरहराको पुनःनिर्माणबारे स्थलगत अवलोकनको क्रममा प्रमुख ज्ञवालीले अहिलेकै अनुरुप काम भए तोकिएकै समयमा निर्माण सम्पन्न हुने भन्दै उत्साहपूर्वक काम गर्न निर्देशन दिनुभएको छ । सो अवसरमा प्रमुख ज्ञवालीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले हालसम्ममा ३२ प्रतिशत काम सम्पन्न भएको र त्यसका लागि रु ७५ करोड खर्च भएको जानकारी गराउनुभयो । भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण शुरु गरेको छ । निर्माणको लागि जम्मा रु…

Read More

काठमाडौँ: राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई नेपालको संविधानमा व्यवस्था गरिएको मौलिक हकको कार्यान्वयनका लागि २० बुँदे सिफारिस गरेको छ । मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७० वर्ष पूरा भएको सन्दर्भमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आज सो सिफारिस गरेको आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जानकारी दिनुभयो । सिफारिसमा मौलिक हक कार्यान्वयन सम्बन्धमा पारित ऐनमा रहेका त्रुटिलाई आयोग तथा अन्य सरोकारवाला निकायको सहभागितामा मानवअधिकारका अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल संशोधन गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने, मौलिक हक कार्यान्वयन सम्बन्धमा जारी भएका ऐनको पूर्ण कार्यान्वयनका लागि नियमावली र निर्देशिकासमेत निर्माण गरिनुपर्ने देखिँदा सरोकारवालाको परामर्श र सहभागितामा निर्माण गर्नुपर्ने रहेको छ । केही मौलिक हकको पूर्णरूपमा कार्यान्वयनको सुनिश्चितताका…

Read More

दमौली: नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले देशको भूगोलको रक्षाका लागि सबै पार्टीले आन्तरिक द्वन्द्व बिर्सिएर एकढिक्का हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल–भारतबीच देखिँदै आएको सीमा विवाद विषय कूटनीतिक तवरले सुल्झाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले नेपालको सीमाको विषय राष्ट्रियतासँग जोडिएकाले आफ्नो पार्टी त्यसका लागि सरकारलाई सहयोग गर्न तयार बताउनुभयो । उहाँले जनताको हितमा नरहेका विधेयकहरु रोक्न जनताको साथ आवश्यक भएको उल्लेख गर्नुभयो । नेता थापाले भन्नुभयो, “अधिकार खोस्नेगरी ल्याउन लागिएको विधेयक रोक्नका लागि जनताको साथ र सहयोग आवश्यक पर्छ ।”

Read More

काठमाडौँ: साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल जनप्रशासन संघले संयुक्त रुपमा प्रदान गर्ने हेमबहादुर मल्ल सम्मान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिलगंगा आखा अस्पतालबाट कार्यकारी निर्देशक डा.सन्दुक रुइतलाई प्रदान गरिने भएको छ । हेमबहादुर मल्ल सम्मान २०७३ बाट घिसिङ र २०७४ बाट डा रुइतलाई सम्मान गर्न लागिएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ । पुरस्कार उपराष्ट्रपति नन्दकिशोर पुनको हातबाट शुक्रबार प्रदान गरिने जनाइएको छ । सम्मान छनौट समितिका संयोजक एवं राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले देशमा लोडसेडिङ हटाउन अतुलनिय योगदान गरेको भन्दै घिसिङ र आँखा उपचारमा अतुलनीय योगदानका लागि…

Read More