Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

चितवन: वे ग्रुप चितवन र आसपासका क्षेत्रका लागि परिचित नाम हो । चितवनमा सरसफाइको पर्यायवाची नाम नै भएको छ वे ग्रुप । विसं २०७३ जेठ २४ देखि यस ग्रुपले सरसफाइ अभियानमा थालेको हो । नौ जनाबाट शुरु भएको अभियानमा अहिले २०० भन्दा बढी युवा जोडिएका छन् । मन्दिरको प्रवेशद्वारमा देखिएको फोहर उठाएर शुरु गरेको अभियानले अहिले भरतपुर मात्रै नभएर चितवनभरि नै सरसफाइका क्रियाकलाप अगाडि बढाएको छ । वे ग्रुपका संयोजक भोजनारायण कँडेलले मन्दिरमा नियमित जाने क्रममा द्वार अगाडि देखेको फोहरले आफूहरुलाई अभियान शुरु गर्न सोच उब्जिएको बताए । “हामी नियमित रुपमा मन्दिरमा जाने गरेका थियौँ,” कँडेलले भने –…

Read More

काठमाडौँ: प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले बैठकमा भएको छलफल, परामर्श र सहमतिका आधारमा ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) प्रतिवेदनको प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा सभापति निरुदेवी पालले ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथिको दफावार र सैद्धान्तिक छलफल र विज्ञसँग राय परामर्शको काम सकिएको जानकारी दिँदै आगामी बैठकमा प्रस्तुत गर्ने गरी प्रतिवेदन तयार गर्न समिति सचिवालाई निर्देशन दिए । सदनबाट गत जेठ १३ गते समितिमा प्राप्त भएको उक्त विधेयकमाथि १८ जना सदस्यले संशोधन हालेको थियो । हालसम्मको प्रगतिका बारेमा सभापति पालले भने, “ज्येष्ठ नागरिक आमाबुबाको हितलाई केन्द्रित गरेर बनाइएको हुँदा उहाँहरुको सीप, सोच, स्रोत, साधन अर्काे पुस्तामा…

Read More

काठमाडौँ: विद्युत् चुहावट र चोरी नियन्त्रणलाई अभियानकै रूपमा अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा समेत त्यसलाई परिणाम दिने गरी अगाडि बढाउने योजना शुरु गरेको छ । प्राधिकरणले प्रदेश नं ५को प्रदेश डिभिजन कार्यालय, नेपालगञ्ज र सुदूरपश्चिम प्रदेशअन्तर्गत हाल सञ्चालनमा रहेका वितरण केन्द्रलाई चुहावट घटाउन र चोरी नियन्त्रणका लागि लक्ष्य नै निर्धारण गरेर काम शुरु गरेको हो । प्राधिकरणले वितरणतर्फको विद्युत् चुहावटलाई नेपालगञ्ज क्षेत्रमा ८.०५ र सुदूरपश्चिम क्षेत्रमा १०.६९ प्रतिशतमा झार्ने लक्ष्य राखेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियालाई आर्थिक वर्ष २०७५÷७६मा रहेको १३.६९ प्रतिशत रहेको विद्युत् चुहावटलाई चालू आवमा १०.६९ प्रतिशतमा झार्ने लक्ष्य…

Read More

काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको खेलमा मनाङ मस्र्याङ्दीले त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । मनाङको जीतमा दयानन्द सिंहले निर्णायक गोल गरे । उनले खेलको मध्यान्तरपछिको अत्तिरिक्त समयमा रिबाउन्ड बललाई सदुपयोग गर्दै गोल गरेको थियो । जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले दुई खेलमा शीर्ष ६ अङ्क जोडेको छ । यसअघि मनाङले आफ्नो पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई २–० गोल अन्तरले पराजित गरेको थियो । यता पराजित आर्मीको भने यो पहिलो हार…

Read More

काठमाडौँ: सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदले नेपाल–भारत सीमा विवादको कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सीमा विवाद समाधान गर्न सरकारले चालेको कदम सकारात्मक भए पनि सरकारको प्रयासले मूर्तरूप लिन नकसकेको भन्दै थप गम्भीर भएर लाग्न सुझाव दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खिमलाल भट्टराईले नेपाल–भारत सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारलाई आग्रह गरे । उनले नेपाल–भारत सीमा विवाद समाधान गर्न सरकारले लिएको पहलकदमी स्वागतयोग्य भएको बताए । “नेपाल भारत सीमा विवादको विरुद्धमा सम्पूर्ण नेपाल एक भएको छ । त्यसमा अन्य राजनीतिक दलले उच्चस्तरको व्यवहार देखाएका छन् ।…

Read More

काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक सभासमक्ष पेश गरेको हो । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरे । ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५’ टेबुल गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक यही पुस १० गते बिहान ११ बजे बस्ने छ ।

Read More

काठमाडौँ: कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा आज भएको खेलमा धनगढी एक्सपर्ट विजयी भएको छ । धनगढीले पोखरा पल्टनलाई पाँच विकेटले पराजित गरेको हो । पोखरा रङ्गशालामा आज भएको खेलमा टस जितेर पोखरा पल्टनले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरको खेलमा पोखराले १६ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर मात्र ७९ रन बनायो । धनगढीका अमित यादवले सर्वजित लद्दाको बलमा छक्का प्रहार गरी नौ दशमलव एक ओभरमा आफ्नो टोलीलाई विजयी बनाए । धनगढीका लागि दिपक पुनियाले २५, रोड्रिगो थोमसले १५, कप्तान दीपेन्द्रसिंह ऐरीले १३ तथा शुभेन्दु पाण्डेले ११ रन बनाए । …

Read More

काठमाडौँ: साना तथा मझौला उद्योगको प्रवद्र्धन गर्ने लक्ष्यका साथ निजी क्षेत्रको अग्रणी बैंक नबिल बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । सामान्यतया ः बैंक तथा वित्तीय संस्थाले ऋण दिन लामो समय लगाउने गरेका छन् । नबिल बैंकले सञ्चालनमा ल्याएको नयाँ योजनामा भने कागजात पुगेको ३५ घण्टामा नै ऋण स्वीकृति गरिने व्यवस्था गरिएको छ । साना तथा मझौला एवम् घरेलु उद्यम गर्न चाहनेलाई बैंकले छोटो समयमा नै रु ७५ लाखसम्म ऋण दिने सुविधा ल्याएको आज यहाँ आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए । उद्यम गर्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन असाध्यै झन्झटिलो प्रावधान…

Read More

काठमाडौँ: नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन ३३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । यहि पुसको ४ देखि ६ गतेसम्म काठमाडौँमा भएको सम्मेलनमा अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा गर्न साझा प्रयास थालिएको छ । सम्मेलनको घोषणापत्रमा विसं २०७३ सालमा सम्पन्न प्रथम सम्मेलनबाट पारित भएको घोषणापत्रको समीक्षा गर्दै अपराध अनुसन्धान र अभियोजनलाई वस्तुगत र वैज्ञानिक प्रमाणमा आधारित बनाउन अनुसन्धान र अभियोजन कार्यमा समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताइएको छ । लामो समयको प्रयासपछि जारी भएका मुलुकी अपराध संहिता (२०७४), मुलुकी फौजदारी कार्यविधि संहिता (२०७४) र फौजदारी…

Read More

सुर्खेत: कर्णाली प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले गत आर्थिक वर्ष २०७५÷७६ मा नियमविपरीत बजेट रकमान्तर हुनुमा आर्थिक मामिला तथा योजना मन्त्रालयको कमजोरी भएको निष्कर्ष निकालेको छ । प्रदेशसभा सचिवालयमा आज बसेको समिति बैठकले आर्थिक मामिला मन्त्रालयले वित्तीय अनुशासन कायम गराउन नसकेको निष्कर्ष निकालेको हो । बैठकले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावलसँग स्पष्टीकरण लिएको थियो । समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठले आर्थिक मामिला मन्त्रालयले मागे जतिको बजेट रकमान्तर गरेर वित्तीय अनुशासन कायम गराउन नसकेको बताए । “आर्थिक वर्षको अन्त्यमा ठूलो रकम ऐनविपरीत रकमान्तरको प्रस्ताव आउँदा अर्थले ख्याल गर्नुपथ्र्यो,” उनले भने, “कानूनले तोकेको सीमा नाघेर रकमान्तर गर्नुमा…

Read More