Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
नयाँ दिल्ली:भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार रामलीला मैदानमा आयोजित एक -यालीमा एनआरसीका लागि डिटेन्सन सेन्टर बनाउने कुरालाई अफवाह भएको दाबी गरे । यद्यपि, यही वर्षको जुलाईमा राज्यसभामा गरिएको एक प्रश्नको जवाफमा गृहमन्त्रालयले डिटेन्सन सेन्टरको सम्बन्धमा केन्द्रले राज्यलाई निर्देशन पठाएको बताएको थियो । विपक्षी दल काँग्रेसले मोदीको यस बयानबारे जवाफ दिँदै भनेको छ – के प्रधानमन्त्रीलाई लाग्छ कि मानिसहरु उनको झुठको वास्तविकता जान्नका लागि गुगुल सर्च पनि गर्न सक्दैनन् ? काँग्रेसले यो कुरा आफ्नो ट्वीटमा उल्लेख गरेको हो जसमा केही मिडिया रिपोर्टहरुमा भारतमा डिटेन्सन सेन्टर खुला गरिने बताइएको कुरालाई उल्लेख गरिएको छ । मोदीले -यालीलाई सम्बोधन गर्दै भनेका थिए, काँग्रेस…
सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले हीराध्वज शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । बुटवलका होटल व्यवसायी शाहको नेतृत्वमा ७३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । निर्वाचन समितिका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार चुके, प्रथम उपाध्यक्ष ९पर्यटनतर्फ० जनकबहादुर शाही, द्धितीय उपाध्यक्ष ९सङ्गठनतर्फ० केपी शर्मा, उपाध्यक्ष ९महिलातर्फ० मीनादेवी गौतम, उपाध्यक्ष विश्वराज खनाल, इच्छाबहादुर वाग्ले ९प्रशासनतर्फ० र इमान्द बराल चयन हुनुभएको छ । त्यस्तै महासचिवमा वीरमन्जन बटाला, उपमहासचिवमा शेरबहादुर थापा, कोषाध्यक्षमा तिलकबहादुर कार्की, सहकोषाध्यक्षमा मोदनाथ बेल्वासे, सचिवहरुमा दीर्घमान गुरुङ, परमानन्द भण्डारी, चन्द्रलाल न्यौपाने, तुल्सीराम भण्डारी, राजु अधिकारी र गणेशबहादुर खड्का रहनुभएको छ । नवनिर्वाचित अध्यक्ष…
काठमाडौँ: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको काममा ढिलाइ गर्ने ठेकेदारलाई जरिवाना लगाउने चेतावनी दिनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को भवन पुनःनिर्माणसम्बन्धी कार्यप्रगतिको स्थलगत अवलोकन गर्दै उहाँले अनावश्यक रुपमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई जरिवाना तिराउने बताउनुभयो । राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले नौ महिनामा सक्नुपर्ने काम २८ महिना लाग्दासमेत पूरा हुन नसकेको तितो अनुभव सुनाउँदै द्रुतमार्गबाट काम अघि बढाउन ज्ञवालीसमक्ष आग्रह गर्नुभएको थियो । उहाँले समयमै निर्माण सम्पन्न नहुँदा बिहानदेखि रातिसम्म दिनुपर्ने राससको सेवा प्रभावित भएको र थप कार्यक्रम सञ्चालन गर्नसमेत नसकिएको जानकारी गराउनुभएको थियो । महत्वपूर्ण क्षेत्रको पुनःनिर्माणको काममा ढिलासुस्ती गर्न नहुनेमा जोड दिँदै…
काठमाडौं : एक साता चलेको नेकपा स्थायी कमिटी बैठक चर्काचर्कीबीच आइतबार सकिएको छ। अन्तिम दिन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको संयुक्त राजीतिक प्रतिवेदन पारित गर्ने क्रममा कडै भनाभन चल्यो। त्यसअघि झन्डै पूरै बैठक अवधि अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) अनुमोदनबारे झगडामा केन्द्रित रह्यो। एमसीसीबारे निर्णय भने अब सचिवालयले गर्ने भएको छ। राजनीतिक प्रतिवेदन पारित गर्न प्रस्ताव गर्ने बेला महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच चर्काचर्की परेको थियो। अध्यक्ष दाहालले प्रतिवेदन सुझाव समेटेर परिमार्जन गर्ने भन्दै पारित गर्न प्रस्ताव गरेका थिए। ‘हामी विशिष्ट परिस्थितिबाट गुज्रिरहेका छौं। यसमा कुनै बनिबनाउ बाटो छैन। त्यही आधारमा यो…
काठमाडौँ : सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि तत्काल रुख नकाट्न आज अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले बारामा निर्माण हुन लागेको विमानस्थलका लागि रुख नकाट्न अन्तरिम आदेश जारी गरेको हो । यसअघि सर्वोच्च अदालतले गत मङ्सिर २० गते रुख काट्ने कामलाई यथास्थितिमा राख्न आदेश थिएको थियो । सोही विषयमा दुवै पक्षलाई आज छलफलका लागि बोलाएको थियो । निजगढ वन संरक्षण समितितर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी र भरत बस्नेतलगायत संयुक्त रुपमा दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ गर्दै विमानस्थल निर्माणसम्बन्धी दुवै निवेदनलाई…
धनगढी: कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट कैद सजाय पाई फरार रहेका कैलालीको भजनी नगरपालिकाका दिलबहादुर साउदलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्ष छ महीना कैद सजाय पाएर कारागारबाट विसं २०६१ देखि फरार रहेका साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । साउदले विसं २०५५ फागुनमा साविकको लालबोझी गाउँपालिकाका रतन साउदको हत्या गरेका थिए । अदालतको फैसलापछि दिलबहादुरलाई विसं २०६० मा पक्राउ गरी कारागार चलान गरिएको थियो । तत्कालीन नेकपा(माओवादी)ले विसं २०६१ मा राति गरेको कैलाली कारागार आक्रमणका क्रममा उनी फरार थिए ।
काठमाडौँ: नक्कली विवरण तयार गरी झुटा कारोवार देखाएर आर्थिक अपराध (भ्रष्टाचार) गर्ने क्रम बढेको पाइएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले नक्कली फर्म दर्ता गर्ने र नक्कली कारोवार देखाउनेक्रम बढेको छ भन्दै नियामक निकायले भूमिका बढाउनुपर्ने औँल्याए । नेपाल चार्टर्ड एकाउन्टेन्सद्वारा आज यहाँ आयोजित ‘भ्रष्टाचार र ठगीविरुद्ध व्यावसायिक इमान्दारी’ विषयको अन्तक्र्रियाकमा अर्थमन्त्री डा खतिवडाले त्यस्ता नक्कली गतिविधिलाई लेखापरीक्षकले सही प्रमाणित गरेको तर्फ ध्यानाकर्षण गराए । “कतिको नागरिकता नक्कली छ, अञ्जान मान्छेको नागरिकता लिएर फर्म दर्ता गरिएको छ, तर अडिटरले कागजात र लेखा ठीक छ भनी सही गरेर हिँड्छन्, यो कसको दोष हो ?”, डा खतिवडाले भने । उनले नक्कली…
काठमाडौँ: बालअधिकार संरक्षणका क्षेत्रमा कार्यरत राष्ट्रिय साझा सञ्जाल (एनसिपिए) को चौथो अधिवेशनले स्वतन्त्र अभियान नेपालका ऋतु भट्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिमा चिल्ड्रेन नेपालका भीमलाल गुरुङ उपाध्यक्ष, सिविसका अनिता पाण्डे महासचिव, बालकल्याण समाजका प्रकाश खतिवडा सचिव र लुनिभा ः संस्थाका ज्ञानभक्त महर्जन कोषाध्यक्षमा चयन भएको छ । अधिवेशनको उद्घाटन शनिबार महिला, बालबालिका तथा ज्येष्ठ नगरिकमन्त्री पार्वत गुरुङले गरेको थियो ।
काठमाडौँ: नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मार्फत अनुदान सहयोग उपलब्ध गराएको स्पष्ट पार्दै सङ्घीय संसद्बाट अनुमोदन जरुरी रहेको (मिलेनियम च्यालेन्ज एकाउन्ट) एमसिए नेपालले स्पष्ट पारेको छ । एमसिसीले नेपालको ऊर्जा तथा सडक निर्माणका लागि ५० करोड अमेरिकी डलर उपलब्ध गराएको छ । यस्तै सो कार्यक्रमका लागि नेपाल सरकारले समेत १३ करोड अमेरिकी डलर बजेट उपलब्ध गराएको छ । आयोजनाको प्रमुख कार्यका रूपमा काठमाडौँको नाङ्गलेभारेदेखि बुटवलसम्म ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने रहेको छ । यस्तै कूल १०० किलोमिटर लामो सडक पूर्वाधार विकासमा समेत सहयोग उपलब्ध हुनेछ । काम गर्न सहज होस् भनेर…
कास्की: पोखरामा मङ्सिर २९ गतेदेखि जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौथो जीत निकालेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज प्रतियोगिताको आफ्नो चौथो खेलमा विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेसँगै चितवनले अपराजित यात्रालाई कायम राख्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न सफल भयो । हारसँगै विराटनगरको भने अघिल्लो चरण पुग्ने सम्भावना निकै कमजोर बनेको छ । अघिल्लो दिनको खेलमा समेत काठमाडौँसँग पराजित भएको विराटनगरले जारी प्रतियोगितामा एक खेल मात्र जितेको छ । टस हारेर विराटनगरले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको चितवनले पूरै ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४६ रनको…