Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    • अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
    • भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 27
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » पुनःनिर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई जरिवाना तिराउने चेतावनी

    पुनःनिर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई जरिवाना तिराउने चेतावनी

    पहिलोक्लिकपहिलोक्लिकDecember 23, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको काममा ढिलाइ गर्ने ठेकेदारलाई जरिवाना लगाउने चेतावनी दिनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को भवन पुनःनिर्माणसम्बन्धी कार्यप्रगतिको स्थलगत अवलोकन गर्दै उहाँले अनावश्यक रुपमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई जरिवाना तिराउने बताउनुभयो ।

    राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले नौ महिनामा सक्नुपर्ने काम २८ महिना लाग्दासमेत पूरा हुन नसकेको तितो अनुभव सुनाउँदै द्रुतमार्गबाट काम अघि बढाउन ज्ञवालीसमक्ष आग्रह गर्नुभएको थियो । उहाँले समयमै निर्माण सम्पन्न नहुँदा बिहानदेखि रातिसम्म दिनुपर्ने राससको सेवा प्रभावित भएको र थप कार्यक्रम सञ्चालन गर्नसमेत नसकिएको जानकारी गराउनुभएको थियो ।

    महत्वपूर्ण क्षेत्रको पुनःनिर्माणको काममा ढिलासुस्ती गर्न नहुनेमा जोड दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निर्माण कम्पनी सिद्धबाबा कन्ट्रक्सन प्रालिको गतिविधिबारे आफूले अध्ययन गर्ने र कमजोरी पाइए कारवाही गर्नेसमेत बताउनुभयो ।

    राससको भवन दुई वर्षमा सक्ने गरी २०७४ साउन २६ मा निर्माणको सम्झौता भएको थियो । सम्झौतामा पहिलो भवन नौ महिनामा बनाइसक्ने र पहिलो भवन हस्तान्तरण गरेको १५ महिनामा दोस्रो भवन सक्ने उल्लेख छ । तर, २८ महिना पुग्दासम्म पहिलो भवन हस्तान्तरण हुन सकेको छैन ।

    प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जुनसुकै कारण भए पनि नौ महिनाको काम २८ महिना लगाउने कुरा स्वीकार्य हुन नसक्ने भन्दै निर्माण कम्पनीले जिम्मा लिएका सबै कामको आफूले अध्ययन गर्ने बताउनुभयो । भवन निर्माणको जिम्मा पाएको सिद्धबाबा कन्ट्रक्सनले शुरुमा साईट क्लियर नभएको, चाडपर्व परेको र पछि भवनको विद्युतीय प्रणाली फेरबदल गर्नुपर्दा ढिला हुन पुगेको दाबी गरेको छ । ज्ञवालीले भने केही महिना ढिला हुनु स्वभाविक भए पनि १९ महिना ढिला हुनुलाई सामान्य रुपमा लिन नसकिने बताउनुभयो ।

    ज्ञवालीले भन्नुभयो, “अब जे भए पनि निष्कर्ष निकाल्नुको विकल्प छैन, अलमल गर्नुहुँदैन, राससको भवन निर्माणको बाँकी काम तत्कालै अघि बढाउनुपर्छ ।” द्रुतमार्गबाट भए पनि कामलाई तीव्र गतिमा अगाडि बढाउन उहाँले प्राधिकरणका कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशनसमेत दिनुभयो ।

    अबको कामको तत्काल लागत निकालेर दीर्घकालीन योजनाका साथ अघि बढ्न आग्रह गर्दै राससका लागि चाहिने फर्निचर व्यवस्थापनमा समेत आवश्यक प्रक्रिया अघि बढाउन प्राधिकरणका कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले मुलुकको पुनःनिर्माणको अवस्था शुरुका दिनमा केही कमजोरी रहेपनि पछिल्लो समयमा साँच्चिकै प्रगति भएकाले त्यस्ता विषयलाई थप स्थान दिनसमेत राससलाई आग्रह गर्नुभयो । उहाँले समाजमा राससले पु¥याएको योगदानको भने मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

    राससका महाप्रबन्धक ओपेन्द्र शर्माले भवन निर्माण भए पनि फर्निचरलगायत व्यवस्थापन हुन नसकेको जानकारी गराउँदै बाँकी कामलाई तीव्रता दिने कुरामा आवश्यक समन्वयका लागि अनुरोध गर्नुभयो । उक्त छलफलका क्रममा रासस सञ्चालक समितिका सदस्यद्वय डिल्लीराम भट्टराई र एकराज पाठक, प्रधानसम्पादक श्याम रिमाल, कार्यकारी व्यवस्थापक उत्तम सिलवाललगायत ठेकेदार कम्पनीका प्रतिनिधि र पुनःनिर्माण प्राधिकरणका कर्मचारीको उपस्थिति थियो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी

    November 26, 2026

    भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव

    November 25, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.