Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

कैलाली : धनगढी उपमहानगरपालिकाले चिसोका कारण उपमहानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बिदा दिने आज निर्णय गरेको छ । केही दिनदेखि आएको मौसमी खराबीका कारण अत्याधिक चिसो बढ्न गई नियमित विद्यालय सञ्चालन गर्न कठिनाई भएकाले यही ३ र ४ गते विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सामुदायिक र संस्थागत विद्यालयमा वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी आज बिहान मात्रै विद्यालय बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

Read More

काठमाडौँ : सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकको खाइपाइ आएको सुविधामा कुनै कमी नहुने प्रष्ट पारेको छ । योजनामा सहभागी हुँदा खाइपाइ आएको सुविधा घट्छ भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको उल्लेख गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनबाट श्रमिकको पारिश्रमिक एवं सुविधामा कुनै प्रतिकूल प्रभाव नपर्ने जनाएको छ । “श्रम ऐन, २०७४ को दफा ३ मा व्यवस्था भएका विषय न्यूनतम मापदण्डको रुपमा रहने प्रावधान भएको हुँदा हाल खाइपाइ आएको सुविधा घट्ने प्रश्नै उठ्दैन्”, मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । श्रम ऐनको दफा १७८ को उपदफा (३)…

Read More

डोटी : सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित इन्टरनेट सेवा (एडिएसएल) अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा आएको खराबीका कारण त्यहाँको इन्टरनेट सेवा आज बिहानदेखि अवरुद्ध भएको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए । उनले भने , “बुटवलमा अप्टिकल फाइबरमा खराबी आएकाले इन्टरनेट सेवा अवरुद्ध भएको जानकारी आएको छ । सेवा सुचारु गराउन प्रविधिक टोली परिचालन भैसकेको छ ।” इन्टरनेट सेवा अवरुद्ध भएपछि बैंकिङ कारोवारसमेत प्रभावित छ । सुदूरपश्चिमप्रदेशमा पटकपटक नेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयलाई निकै सास्ती हुने गरेको छ । नेपाल टेलिकमको डोटीस्थित दिपायल राजपुर कार्यालयले ३०० जनालाई अति द्रुत गतिको इन्टरनेट सेवा फोरजी सेवाको…

Read More

काठमाडौं  : तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षमा थुन्ने नथुन्ने भन्ने विषयमा उच्च अदालत पाटनमा बहस सुरु भएको छ । आफूलाई थुन्नु गलत भएको दाबी गर्दै महराले दिएको निवेदनमाथि उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा आज बिहीबार सुनुवाइ हुँदैछ । ५ मंसिरमा महराले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । फौजदारी कार्यविधि संहिता २०७४ मा रहेको व्यवस्था बमोजिम महराले निवेदन थिएका थिए । अदालतले पीडित भनिएकी महिला कर्मचारीसँग पनि बयान लिइसकेको छ । जसमा उनले आफूमाथि करणी नभएको दाबी गरेकी छन् । घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज…

Read More

बनेपा: विदेशमा तीन वर्ष काम गरेर फर्केका सिन्धुली घ्याङलेक गाउँपालिका वडा नं ३ का सन्तबहादुर श्रेष्ठ यतिबेला बनेपास्थित नयाँबस्तीमा ब्लक उद्योगमा काम गर्दै आइरहेको छ । मलेशियामा श्रमका लागि गएका उनले त्यसरी नै खटेर काम गर्नसकेमा नेपालमा नै बसेर काम गर्न सकिने भन्दै घर फर्केपछि काम खोज्न थालेको र अहिले बनेपामा दुई वर्षदेखि ब्लक उद्योगमा काम गरिरहेको बताए । त्यसअघि घरको प्लास्टर गर्ने काममा लाग्नुभएका उनले कामकै सिलसिलामा सिन्धुलीबाट बनेपा आएर परिवारसहित सो काममा व्यस्त रहेको बताए । श्रेष्ठले भने, “त्यतिको खटेर काम गरेको खण्डमा यही बसेर कमाउन सकिन्छ, अहिले महिनाको रु २०–२५ हजार कमाउँछु ।” “विदेशमा पनि…

Read More

काठमाडौं : उदयपुरगढी गाउँपालिका–३ जरुवामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जरुवास्थित भित्री सडकमा तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको गाडी आज बिहीबार अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा परी उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ज्यान गुमाउने मध्ये टिकारामको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु…

Read More

काठमाडौं : नेपाली सेनाले काठमाण्डौ महानगरपालिकाका स्थानीय बासिन्दालाई अबदेखि सैनिक अस्पताल छाउनीमा हेमोडाइलासिस अर्थात मिर्गौला सम्बन्धि सेवा उपलब्ध गराउने भएको छ । यसबारे काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबीच हिजो बुधबार जङ्गी अड्‍डामा एक सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रममा महानगरपालिकाका मेयर शाक्यले सैनिक अस्पतालमा स्थानीय बासिन्दालाई सेवा उपलब्ध गराउनु ऐतिहासिक कार्यको थालनी भएको बताए । सोही अवसरमा प्रधानसेनापति थापाले स्वास्थ्य उपचार जस्तो संवेदनशिल सेवाको माध्यमबाट नागरिक र सैनिक सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउने विश्‍वास व्यक्त गरे ।

Read More

चितवन: भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गरिएपनि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन , उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन । ६ सय श्यया रहेको अस्पतालमा पछिल्लो सयम चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका अभाव रहेको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको दरबन्दी कम भएको जानकारी दिए । हाल अस्पतालमा कूल १७५ जनाको मात्र दरबन्दी रहेका मध्ये १४५ जना मात्र कार्यरत रहेका छन् । ४० जना चिकित्सकको दरबन्दी भएपनि हाल २६ जना मात्र दरबन्दीमा रहेका छन् । पछिल्लो समय अस्पताल सञ्चालनमा विकास समितिका स्वास्थ्यकर्मीले धानेका छन् । चार सय आठजना समितिका कर्मचारी कार्यरत रहेका…

Read More

काठमाडौँ: नेपाली कांग्रेसभित्र देखिएको विवाद हल गर्न उपसभापति विजयकुमार गच्छदारले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटेर विहिबार कुराकानी गरेका छन्। उनले आज बिहान पौडेललाई भेटेर सहमतिमा आउन आग्रह गरेका हुन्। पौडेलले पछिल्लो एक सातामा बसेका चार वटा केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएका छन्। ‘वरिष्ठ नेता र उपसभापतिबीच एक घण्टा कुराकानी भयो,’ प्रवक्ता विश्वप्रकाश शर्माले पहिलोक्लिकसँग भने, ‘उहाँले सभापतिसँग पनि भेट्दै हुनुहुन्छ।’ गच्छदार वरिष्ठ नेता भेट्न उनकै निवास बोहराटार पुगेका थिए। पौडेलसँगको कुराकानीमा गच्छदारले अहिलेको राजनीतिक परिस्थितिसँग जुध्नका लागि पार्टी एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। गत बिहीबार सभापति देउवाले विभाग २८ बाट बढाएर ४१ पुर्‍याउने,…

Read More

कञ्चनपुर: भारतसँग सीमा जोडिएको मुक्त हलिया बसोबास गर्ने कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ मोतियाफाँटा बस्ती अझै नमूना गाउँ बन्न सकेको छैन । बस्तीमै आएर यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले गरेको वाचा पूरा भएको छैन । खानेपानी, बस्नका लागि आवास, आवतजावतका लागि सहज सडकको व्यवस्था हुन सकेको छैन । रोजगारीको व्यवस्था नहुँदा अधिकांश बासिन्दाले तीन महिना भारतीय ऊखु फार्ममा थोरै ज्यालामा काम गर्दै आएका छन् । जसबाट ती परिवारको जेनतेन खर्च चल्ने गरेको छ । बस्तीमा बाजुरा, बझाङ, दैलेख र सुर्खेतलगायतक्षेत्रका मुक्त हलिया परिवारको यहाँ बसोबास छ । बस्तीमा बस्दै आएका परिवारसँग पहाडमा स्वामित्वको जग्गा नभएपछि जग्गाकै खोजीमा यस क्षेत्रमा…

Read More