Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : नागरिकता संशोधन कानूनमाथि भारतभर विरोध प्रदर्शन भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले देशका लागि काम गर्दा धेरै विरोध र आरोपको सामना गर्नुपर्ने बताएका छन । आज शुक्रवार दिल्लीको एक कार्यक्रममा सहभागी भएका मोदीले काम गर्ने क्रममा धेरै मानिसको क्रोध र आरोप झेल्नु पर्ने भन्दै दुखेसो पोखे । उनले भने, ‘भारतको आजादी आन्दोलनको सय सालको यात्रामा धेरै उतार चढाव आयो होला, अनेक मानिसले यसको अगुवाइ गरे होलान, ती सबैजना अभिनन्दनको पात्र हुन । आन्दोलनअघि अर्थव्यवस्था खराब अवस्थामा थियो, त्यसलाई व्यवस्थित गर्ने व्यक्ति भने तमाशा हेरिरहेका थिए, अन्तरराष्ट्रीयस्तरमा देशको साख गिरेको थियो ।’ उनले त्यत्तिबेलाको घटना स्मरण गर्दै भने,’ ट्रिलियन डलरको…

Read More

काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी एफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत विभिन्न संस्थालाई अनुदान प्रदान गरेको छ । बैंकले नेपाल सालिमार सिमेन्टलाई एक करोड रुपैंया, नेपाल डेरीलाई १८ लाख ५ सय अठसठ्ठी रुपैंया पैसा पैंतीस, पन्चकन्या स्टिललाई १३ लाख ९९ हजार एक सय दुई रुपैंया पैसा त्रिचालिस, प्रिमियर वायर्स प्रा.लि. लाई ५ लाख ५० हजार ८ सय रुपैंया पैसा पन्ध्र, बागमती आयल इन्डष्ट्रिजलाई एक लाख पैंसठ्ठी हजार ९ सय रुपैंया रकम मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान…

Read More

काठमाडौँ: नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् । बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेलेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । नेपालका लागि सविता रानामगरले एक गोल गरेका थिए । तीन मैत्रीपूर्ण खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा बराबरी बनाउन सफल भएको थियो । नेपालले पहिलो खेलमा बहराइनको यू–१९ टोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो र दोस्रो खेलमा नेपालले ३–० को जित निकाल्न सफल भएको थियो ।

Read More

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै भेटवार्ता भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज शुक्रवार विहान बालुवाटारमा भेटवार्ता भएको हो । दुई अध्यक्षबीच संसद बैठक र संसदीय दलको बैठकका बारेमा छलफल भएको थियो । भेटमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए । नेताबीच संसदको हिउँदे अधिवेशन, स्थायी समिति बैठकमा सदस्यहरुले उठेका प्रश्न लगायतका विषयमा पनि कुराकानी भएको स्रोतको भनाइ छ । यसैबीच आजै संसदको हिउँदे अधिवेशन सुरु हुनुअघि नेकपा संसदीय दलको…

Read More

सिमकोट: हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ । जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा समुदाय बसोबास गर्दछन् । ती समुदायका युवायुवतीले पढाइमा भन्दा व्यापार व्यवसायमा बढी चासो दिने भएकाले वीचमा नै पढाइ छाड्ने क्रम बढेको हो । लामा समुदायमा पढाइको महत्व कमै देखिने गरेको छ । पाँचदेखि सात, आठ कक्षासम्म पढाइ गर्ने त्यसपछि सानै उमेरमा विवाह गर्नेको सङ्ख्या बढी रहेको छ । ‘पढेर के हुन्छ सम्पति कमाउनु पर्छ,…

Read More

काठमाडौं : संघीय संसदको हिउँदे अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अपरान्ह ४ बजे आव्हान गरेकी हुन । आज प्रतिनिधिसभाको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गर्ने छिन । सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्न लागेकी हुन् । प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न उपसभामुख तुम्बाहाङफेले १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छिन् । समिति बैठक वा दलहरूबीचको अनौपचारिक बैठकबाट नेताहरुले बोल्ने नबोल्ने भन्ने विषय टुंगो लाग्ने संसद् सचिवालयले जनाएको छ । अधिवेशन सुरु भएपछि प्रतिनिधिसभा बैठकमा राष्ट्रपति भण्डारीबाट अधिवेशन आहृवानका लागि प्राप्त पत्र…

Read More

भरतपुर :  प्रदेश नं ३ मा नेपाल भ्रमण वर्ष २०२० लाई चितवनको सौराहाबाट शुभारम्भ गरिने भएको छ । चितवनमा पुस १० गते (२६ डिसेम्बर) देखि शुरु हुने १८ औँ संस्करणको हात्ती महोत्सवको समयावधि थप गरेर भ्रमण वर्षको शुभारम्भमा गर्न लागिएको हो । यस वर्ष चार दिन हात्ती महोत्सवको समय थप गरेर भ्रमण वर्षको शुभारम्भ गर्न लागिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिएका छन । जनवरी ३ तारिखमा सौराहामा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलबाट भ्रमण वर्षको शुभारम्भ गरिने उनले बताए । हात्ती महोत्सवको समायवधि बढेपछि कार्यक्रमहरु…

Read More

लहान: विगत केही दिनयता बढेको चसोबाट प्रभावित सिरहाको सुखीपुर नगरपालिका–४ कबिलासीका वृद्धवृद्धा, अपाङ्गता भएका तथा एकल महिलालाई सिरक वितरण गरिएको छ । वडा कार्यालयमा बिहीबार आयोजित सिरक वितरण कार्यक्रममा प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादव र सुखीपुर नगरपालिकाका प्रमुख रामअवतार यादवले संयुक्त रुपमा कबिलासीका वृद्धवृद्धा, अपाङ्गता भएका र एकल महिलागरी १६० जनालाई जाडोबाट जोगिन सिरक वितरण गरे । एउटा सिरकको मूल्य रु एक हजार २०० पर्ने बताइएको छ ।

Read More

काठमाडौं : जाडो महिना सुरु भएसंगै विद्युतीय पसलहरुमा हिटर किन्नेको घुइचो छ । चिसो छल्ने राम्रो र सजिलो उपकरणको रुपमा हामी सामान्यतया हिटरलाई नै लिने गर्छौ । हुन पनि यसको प्रयोग सरल नै छ, हिटरको तार विद्युतीय प्लगमा जोडे पछि न्यानो दिन सुरु गरि हाल्छ । सरल प्रयोग छ भन्दैमा यसलाई जथाभावी प्रयोग गर्न भने पक्कै मिल्दैन । धेरै सावधानी अपनाउन जरुरी पर्दछ हिटरको प्रयोग गर्दा । शरिरलाई केहि क्षणमा नै न्यानो दिए जस्तै एकैछिनको लापरबाहीले शरीरको तातोलाइ पनि क्षण भर मै सदाका लागि चिसोमा बदल्न सक्छ । जस्तै एक बर्ष अघि मात्रै काठमाडौँमा एक इन्जिनीयर दम्पतिले…

Read More

बलेवा: बागलुङ सदरमुकामस्थित विद्यामन्दिर बालविकास केन्द्रलाई सिद्धार्थ बैंक बागलुङले आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बालविकास केन्द्रको शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने उद्देश्यले नगद रु २० हजार प्रदान गरेको हो । सामुदायिक विद्यालयमा सञ्चालित बालविकास केन्द्रमा आउने बालबालिकालाई आवश्यक सामग्री खरिदको लागि प्रदान गरिएको नगद सिद्धार्थ बैंक बागलुङ शाखाका शाखा प्रमुख सुजित भारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारी र प्रधानाध्यापक शान्तमणि ढकाललाई हस्तान्तरण गरे । विद्यालय शिक्षाको महत्वपूर्ण आधार बाल कक्षाको गुणस्तर सुधारले मात्र शिक्षाको समग्र विकासमा सहयोग पुग्ने निष्कर्षसहित विद्यामन्दिर माविका पूर्वविद्यार्थीले बालविकास केन्द्रको सुधारमा सङ्गठित भएर काम गर्दै आएका छन् । जिल्ला…

Read More