Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

महोत्तरी: बृहत् निःशुुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन बिरामी जाडोमा ओढ्ने ओछ्याउने बोकेर आउनेक्रम जारी रहेको छ। स्थानीय सोनमा गाउँपालिका–३ मा सञ्चालित शिविरबाट एक हप्तामा १६ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । महोत्तरी लगायत सर्लाही, सिन्धुली, धनुुषा र सिरहादेखि यहाँ विरामी आउनेक्रम रोकिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरुपमा यहाँ सञ्चालित शिविरमा स्वास्थ्य सेवा प्राप्त गर्न पहुुँच कम भएका स्थानीयबासीका लागि बरदान सावित भएको छ । खखना माध्यामिक विद्यालयमा मङ्सिर २७ देखि शिविर सञ्चालित हुँदै आएको छ । हालसम्म १६ हजार ७४७ बिरामीलाई सामान्य उपचार सेवादेखि ठूलाखाले शल्यक्रियासम्मको उपचार सेवा प्रदान गरिएको…

Read More

काठमाडौं : प्रतिनिधी सभाको रिक्त सभामुख पद पूर्ति प्रक्रिया पुस ११ गते दिउँसो १ बजे बस्ने संसद बैठकले थाल्ने भएको छ। आज दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको अर्को बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। प्रतिनिधी सभाको आजको बैठकमा राष्ट्रपति पत्र पढेर सुनाउने, यसबिचमा दिवंगत पूर्व सांसदको शोक प्रस्ताव पारित गर्ने र मौन धारण गर्ने कार्यसूची छ। संसदको हिउँदे अधिवेशन सुरु गर्नुअघि शुक्रबार दिउसो १ बजे उपसभामुख शिवमाया तुम्बाहाङ्फेले कार्यव्यवस्था बैठक बोलाएकी थिइन । प्रतिनिधी सभा बैठकको अध्यक्षता उनैले गर्दैछिन ।

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकामा अन्तरराष्ट्रिय गुणस्तर र सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गर्नका लागि आवासीय नेपाली सङ्घले अध्ययन गरेको छ । पहिलो चरणमा कलङ्की, बालाजु, राष्ट्रपति कार्यालय अगाडि, जयवागेश्वरी सिफल चौर, कोटेश्वर र स्वयम्भू परिक्रमा मार्गको अध्ययन सकिएको छ । स्थानको पहिचान र आवश्यकता हेरी अन्यत्र पनि अध्ययन गर्ने बताइएको छ । विगत पाँच वर्षदेखि सार्वजनिक शौचालय निर्माणको प्रक्रियामा महानगरपालिका रहेको भए पनि हालसम्म काम अघि बढ्न सकेको छैन । महानगरको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले शौचालय निर्माण र यसको दिगो सञ्चालन कसरी गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिई निर्माणकार्य अघि बढाइने जानकारी गराए । एउटाले शौचालय बनाउने अर्कोले चलाउने…

Read More

काठमाडौँ : नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले “सहज सेवा, स्वच्छ ने.वि.प्रा.” नाराका साथ राष्ट्रिय अभियानको घोषणा गरेको छ । विगत केहि समय यता राज्यले तय गरेको नीति र अपेक्षालाई उर्जा क्षेत्रको सवलता र सक्षमतामार्फत प्राधिकरणले टेवा पुर्याउन सफल भैरहेको आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा ग्राहकको गुनासोप्रति उत्तरदायी हुन सहायताकक्ष खडा गरिने, कार्यालयका कामहरु सहज र ग्राहक-मैत्री बनाउन एकद्वार प्रणाली लागू गराउने, विद्युत महशुल भुक्तानी सहज र सरल बनाउन अनलाइन मार्फत भुक्तानीको व्यवस्था जस्ता कार्यक्रमहरुको घोषणा गरिएको छ। साथै नयाँ मिटर जडान, लोड स्वीकृति जस्ता गराउदा कोहि-कसैबाट अनावस्यक दुख दिने, अनाधिकृत रकम माग…

Read More

सुर्खेत :  दश वर्षअघि बर्दिया राष्ट्रिय निकुञ्जको सीमा क्षेत्र बाँसपानीमा नेपाली सेनाले गोली चलाउँदा सुर्खेत हरिहरपुर कप्सेराका तीन महिलाको घटनास्थलमै ज्यान गयो । विसं २०६६ फागुन २६ गते निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले गोली चलाउँदा ३५ वर्षीय देवीसरा सुनार, १३ वर्षीय चन्द्रकला र २९ वर्षीय अमृता सुनारको ज्यान गएको थियो । देवीसरा र चन्द्रकला आमाछोरी हुन् । पीडित परिवारले न्याय पाउनुको साटो १० वर्षसम्म उल्टै घटना ओझेलमा पारिएको गुनासो गरेका छन् । ‘घटनापछि विभिन्न आयोग र छानबिन समिति पनि बने, ती सबैको निष्कर्ष पीडितलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाही गर्नु भन्ने नै थियो’, मृतक अमृताका पति रत्नबहादुरले भने, ‘उल्टै…

Read More

काठमाडौँ ः बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एक जना पक्राउ परेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विसं २०६७ जेठ ४ गते बेलुका अस्पतालबाट घर फर्कने क्रममा अपहरण गरी १८ दिन बन्धक बनाउने कार्यमा संलग्न गौतम योञ्जनलाई हिजो बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले डा श्रेष्ठलाई बन्धक बनाउने समूहका एक सदस्य रहेका योञ्जनलाई महाराजगञ्जबाट पक्राउ गरिएको जानकारी दिए । “मानिस अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत हेटौँडाको विसं २०७० माघ १३ गतेको फैसलाअनुसार योञ्जनलाई नौ वर्ष कैद र रु ५० हजार जरिवाना ठहर भएकाले…

Read More

काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि निर्धारित बैठक पुस ९ गते सम्मका लागि स्थगित भएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्था, अन्य साङ्गठनिक विषयमा आन्तरिक सहमति गरी अर्को बैठक पुस १० गते बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उक्त विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमतिका लागि प्रयास जारी रहेकाले आजको बैठक स्थगन गरिएको हो । पछिल्लो समय पार्टीको १४औँ महाधिवेशनको मिति तोक्ने बहसले केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ । गत मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा विधानमा उल्लिखित २८ विभागलाई बढाएर…

Read More

काठमाडौं : नागरिकता संशोधन कानूनमाथि भारतभर विरोध प्रदर्शन भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले देशका लागि काम गर्दा धेरै विरोध र आरोपको सामना गर्नुपर्ने बताएका छन । आज शुक्रवार दिल्लीको एक कार्यक्रममा सहभागी भएका मोदीले काम गर्ने क्रममा धेरै मानिसको क्रोध र आरोप झेल्नु पर्ने भन्दै दुखेसो पोखे । उनले भने, ‘भारतको आजादी आन्दोलनको सय सालको यात्रामा धेरै उतार चढाव आयो होला, अनेक मानिसले यसको अगुवाइ गरे होलान, ती सबैजना अभिनन्दनको पात्र हुन । आन्दोलनअघि अर्थव्यवस्था खराब अवस्थामा थियो, त्यसलाई व्यवस्थित गर्ने व्यक्ति भने तमाशा हेरिरहेका थिए, अन्तरराष्ट्रीयस्तरमा देशको साख गिरेको थियो ।’ उनले त्यत्तिबेलाको घटना स्मरण गर्दै भने,’ ट्रिलियन डलरको…

Read More

काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी एफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत विभिन्न संस्थालाई अनुदान प्रदान गरेको छ । बैंकले नेपाल सालिमार सिमेन्टलाई एक करोड रुपैंया, नेपाल डेरीलाई १८ लाख ५ सय अठसठ्ठी रुपैंया पैसा पैंतीस, पन्चकन्या स्टिललाई १३ लाख ९९ हजार एक सय दुई रुपैंया पैसा त्रिचालिस, प्रिमियर वायर्स प्रा.लि. लाई ५ लाख ५० हजार ८ सय रुपैंया पैसा पन्ध्र, बागमती आयल इन्डष्ट्रिजलाई एक लाख पैंसठ्ठी हजार ९ सय रुपैंया रकम मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान…

Read More

काठमाडौँ: नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् । बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेलेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । नेपालका लागि सविता रानामगरले एक गोल गरेका थिए । तीन मैत्रीपूर्ण खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा बराबरी बनाउन सफल भएको थियो । नेपालले पहिलो खेलमा बहराइनको यू–१९ टोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो र दोस्रो खेलमा नेपालले ३–० को जित निकाल्न सफल भएको थियो ।

Read More