Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । हिजो आइतबार राति १० बजेर २० मिनेटमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि अस्पताल लाने क्रममा भट्टराईको मृत्यु भएको हो । उनको निधनको कारण भने अझै खुलेको छैन । निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् । करिब एक वर्ष अगाडि उनी चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो…

Read More

काठमाडौँ : प्रत्येक घरबाट दिनहु काम नलाग्ने सामान जस्तै: प्लास्टिक, बोत्तल, कागज, फलाम आदि निस्किरहेको हुन्छ । यस्ता सामान कतिले फोहोर संकनल गर्न आउनेलाई दिन्छन त कतिपयले जम्मा गरेर कवाडीवालालाई बेच्छन । खालीसिसी पुरानो कागज भन्दै ठुला ठुला आवाजमा कुनै व्यक्ति कराएर हिडेको सुन्दा केहि नौलो लाग्दैन अहिले सहरी छेत्रहरुमा । प्रत्येक दिन बिहान देखि बेलुकासम्ममा एकचोटी त यो आवाज नसुनेर दिननै कट्दैन होला सायद सहरवासीहरुको । प्रयोगमा नआएको सामान बेच्न पाउने हुदा कति रमाउछन त कतिलाई झर्को पनि लाग्ला उनको आवाज । येस्तै खालीसिसी पुरानो कागज भन्दै आफ्नो गुजारा चलाउने सर्लाहीका हितेश्वोर यादव साँखुका चोक र गल्लीको…

Read More

काठमाडौं : प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले सुझाएको छ । साथै समितिल यहाँको स्थायी राजधानीका लागि तीन ठाउँ उपयुक्त हुने प्रतिवेदन तयार पारेको छ । यो प्रतिवेदन समितिले आज सोमबार सभामुख पुर्णबहादुर घर्तीलाई बुझाउने जनाएको छ । समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम र राजधानी सिफारिस गरेको हो । स्थायी राजधानीका लागि समितिले बुटवल–सैनामैना कपिलवस्तुको बाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको समितिका एक सदस्यले जानकारी दिए । हिजो आइतबार बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो । प्रदेशको स्थायी राजधानी र नामाकारण…

Read More

चितवन: अब कुखुराको मासु र यसका परिकार सहकारीमार्फत बिक्री केन्द्रबाट गरिने भएको छ । बिचौलियाको प्रभाव घटाउन र खपत बढाउन पहिलो पटक केन्द्र मार्फत विक्री वितरण गर्न लागिएको हो । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिको पहलमा पहिलो चरणमा चितवनमा मासु प्रशोधन र बिक्री केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो । सङ्घले ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ज्ञानबहादुर बिसुरालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरी काम अगाडि बढाइएको छ । सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार ह्याचरीका सञ्चालक, कृषक, कुखुरा व्यवसायीलगायत सदस्य रहेको सहकारी स्थापना गरी सोही सहकारीमार्फत केन्द्र स्थापना गर्न लागिएको हो । जिल्लामा १० कट्ठा जग्गा खरीद…

Read More

काठमाडौँ: पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जानकारी दिए । उनका अनुसार सो वायुको प्रभावले देशभर चिसो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सु÷कुहिरो लागेकोे छ । बुधबारबाट मौसमी प्रणालीमा सुधार आउने जनाइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियस रहेको छ ।

Read More

वीरगञ्ज: बेमौसमी झरीले बारा र पर्सा जिल्लामा रहेका इँटा उद्योगलाई असर पु¥याएको छ । व्यवसायिकका अनुसार दुईदिनको झरीले करिव रु १० करोडभन्दा बढीको काँचो इँटालाई क्षति पु¥याएको छ । इँटा व्यवसायी सङ्घ बारा पर्साका महासचिव रवीन्द्रप्रसाद यादवले झरीले पोल्न तयारी अवस्थामा राखिएको इँटा नष्ट पारेको बताए । उनले भने, “एक महिनादेखि मजदूर लगाएर काँचो इँटा बनाउन लगाएका थियौँ । बेमौसमी झरीको कारण पोल्न राखेको सबै इँटा गलेर नष्ट भएको छ । आर्थिक समस्या आइपरेको छ । ” यी दुई जिल्लामा करिब २०० इँटा उद्योग रहेका छन् । इँटा गलेर नष्ट भएपछि आर्थिक समस्या भोग्नुपरेको व्यवसायीको गुनासो रहेको…

Read More

बागलुङ: धौलागिरि साहित्य प्रतिष्ठान बागलुङद्वारा स्थापित यस वर्षको भूपि पुरस्कार थकाली सेवा समिति बुटवललाई प्रदान गरिने भएको छ । यसैगरी भूपि सम्मानद्वारा साहित्यकार मोहन चापागाईंलाई सम्मनित गरिने प्रतिष्ठानले जनाएको छ । भूपि पुरस्कारको राशि रु १५ हजार रहेको छ । ८५ औँ भूपि जयन्तीको अवसरमा आगामी पुस १२ गते ती पुरस्कार र सम्मान समर्पण गरिनेछ । प्रतिष्ठानका अध्यक्ष काजी रोशनले समितिले भूपिको स्मृतिमा प्रवेशद्वार,शालिक,पुस्तकालय निर्माण तथा अक्षयकोष स्थापनालगायतका काम भएको जानकारी दिए । विसं २०७३ मा सो पुरस्कार कोषको स्थापना गरिएको थियो । नेपाली साहित्यका विशिष्ट प्रतिभा भूपिको विसं १९९० पुसमा मुस्ताङ जिल्लाको थाक, टुकुचेमा जन्म भएको…

Read More

चितवन: पोखरामा हुन लागेको सडक महोत्सव प्रचारप्रसारको टोली चितवन आइपुगेको छ । भ्रमण वर्षको उपलक्ष्यमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले अगामी पुस १२ गतेदेखि १६ गतेसम्म पर्यटकीय केन्द्र लेकसाइटको तीन किलोमिटर क्षेत्रमा २१औँ सडक महोत्सव आयोजना गर्दैछ । रेवानद्वारा आज सौराहामा आयोजित पत्रकार सम्मेलनमा ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको जानकारी गराइएको थियो । यस वर्षको महोत्सव सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन २०२० को शुभारम्भसँगै हुँदैछ । यसको प्रचारप्रसारका लागि रेवानको टोली इटहरी, जनकपुर हुँदै चितवन आइपुगेको हो । महोत्सवका सहसंयोजक नरेश भट्टराईका अनुसार रु ७० लाखको हाराहारीमा खर्च गरी आयोजना गर्न लागिएको…

Read More

सुर्खेत: तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो । ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ । उहाँले भन्नुभयो “सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए उहाँले भन्नुभयो, “तर गएदेखि आजसम्म सम्पर्कमा छैनन् । बाहै्र जनाको अवस्था अज्ञात रहेको छ ।” उहाँका अनुसार बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना…

Read More

काठमाडौं : पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वयले लिखित रूपमै आत्मालोचना गरेका छन्। तीन/तीन महिनामा बस्नुपर्ने स्थायी समिति बैठक एक वर्षपछि आइतबार सुरु भएको हो । अध्यक्ष पुष्पकमल दाहालले बैठक विधानको व्यवस्थाअनुसार बस्न नसकेकामा आत्मालोचना गर्दै तीनमहिने कार्ययोजनासहित राजनीतिक प्रतिवेदन पेस गरेका छन्। दाहालले अर्का अध्यक्ष प्रधानमन्त्री केपी ओलीसमेतको संयुक्त प्रतिवेदनका रूपमा बैठकमा पेस गरेका हुन्। २०७७ भित्र एकता महाधिवेशन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। एक वर्षसम्म बैठक बस्न नसक्नु स्थायी समितिसम्बन्धी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मान्यता र मर्मविपरीत हुन पुगेको अध्यक्षद्वयले प्रतिवेदनमा उल्लेख गरेका छन्। यसलाई अध्यक्षद्वयले कमजोरी र विचलनको संकेतका रूपमा आत्मसमीक्षा गर्दै कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका…

Read More