Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काठमाडौँको चावहिलदेखि साँखुसम्मको सडकखण्ड कालोपत्र नहुँदा स्थानीयवासी वर्षौंदेखि धुलो धुवाँ र खाल्डोको समस्याबाट आजितमा छन् । सरकारले गत २०७२ सालमा चावहिलबाट साँखुसम्म २२ मिटर चौडा अर्थात् चार लेनको सडक बनाउने योजना ल्याएपछि सो सडकखण्डको निर्माण कार्य शुरु भएको थियो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलापत्र आह्वान गरी चार निर्माण व्यवसायीलाई सडक निर्माणको ठेक्का दिएको थियो । एघार दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडक विस्तारको जिम्मा पाएका थिए । चावहिलदेखि साँखुसम्म पुग्ने सो सडकखण्ड काठमाडौँ महानगरपालिका र गोकर्णेश्वर, कागेश्वरी…
काठमाडौं : देशका विभिन्न भुभागमा हिमपात र मौसममा खराबी आएपश्चात आकस्मिक बाहेक अन्य सबै हेलिकप्टर उडान सेवा बन्द भएका छन्। हवाइजहाज मार्फत हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान भने नियमित रुपमा भैरहेको छ । वायुसेवा सञ्चालक संघले हिजो बिहीबारदेखि उच्च पहाडी तथा हिमाली भेगमा भएको हिमपात र मौसममा आएको खराबीका कारण आकस्मिक बाहेक अन्य उडान बन्द गर्ने निर्णय गरेको जनाएको छ । हाल आइतबारसम्म नियमित उडान नगर्न सर्कुलर जारी गरिएको छ।
सुर्खेत: कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ । यही मङ्सिर १९ गतेदेखि जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा सञ्चालन भएको वार्षिक परीक्षा हिमपातले प्रभावित बनेको छ । परीक्षा सञ्चालन भइसकेको र रोक्न नमिल्ने भएकाले आगो बालेरै भए पनि परीक्षा सञ्चालन भइरहेको तिला गाउँपालिका– ४ नाभीडाँडा आधारभूत विद्यालयका शिक्षक तेजबहादुर शाहीले जानकारी दिनुभयो । “बाहिर हिउँसँगै पानी परिरहेको छ । चिसोले बालबालिकाको हात कठ्याङ्ग्रिन थालेपछि आगो बालेरै परीक्षा सञ्चालन गरेका छौँ,” शिक्षक शाहीले भन्नुभयो, “वर्षेनी जाडो…
काठमाडौं : निर्वाचन आयोगले माघ ९ मा तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन आयोगले एक सूचना जारी गर्दै मंसिर २७ गतेदेखि पुस ६ गतेसम्म १० दिनको अवधि तोकि दल दर्ता गर्न आह्वान गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका ८, नेपाली कांग्रेसका ७ र राष्ट्रिय जनता पार्टीका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजनाको कार्यकाल फागुन २० मा सकिदै छ। उनन्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । राजनीतिक दलसँग छलफल गरेर आयोगले सरकारलाई परामर्श उपलब्ध गराउने र त्यसपछि निर्वाचनको मिति घोषणा हुनेछ । राष्ट्रियसभाका सदस्यको पहिलो पटक एक तिहाइ…
काठमाडौं : देशभर मौसममा बदली भइरहँदा बाजुरामा हिमपात भइरहेको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिीन, आटिचौरका माथिल्ला दर्जनभन्दा बढी स्थानमा हिजोदेखि हिमपात शुरु भएको हो । हिमपातसँगै तल्लो क्षत्रेतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ । अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । चिसोका कारण जिल्लाका विभिन्न नगर तथा गाउँपालिका आसपासका स्थानीय हाटबजार आंशिक रुपमा बन्द छन् भने कतिपय गाउँमा विद्यालय पनि बन्द गरिएको छ । हिमाली क्षेत्रमा भारी हिमपातले घर बाहिर निस्कनसमेत समस्या भइरहेको गौमूलका वासिन्दा प्रेम सार्कीले…
कैलाली: वर्षा भएसँगै कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव आज स्थगन गरिएको छ । महान् चाड बडादशैँ र तिहारसँगै यस क्षेत्रमा विशेष पर्वका रुपमा स्थापित भएको सो महोत्सव गएरातिबाट लगातार वर्षा हुन थालेपछि स्थगन गरिएको हो । चौधौँ संस्करणका रुपमा धनगढीको सङ्घीय प्रहरी एकाइ कार्यालयको मैदानमा यही मङ्सिर २२ देखि आगामी पुस २ गतेसम्म सञ्चालन भइरहेको महोत्सव यहाँ आएको हावाहुरी र वर्षाका कारण सञ्चालन गर्न समस्या भएको हुँदा आज एक दिनका लागि महोत्सवका सम्पूर्ण कार्यक्रम स्थगन गरिएको सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । उनले शनिबारदेखि पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुने बताए । सङ्घले यस क्षेत्रको कृषि,…
बेझाड: स्थानीयवासीले विरोध जनाए पनि रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीको निसर्दीघाटमा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । घाटको संरचना बिग्रने भन्दै स्थानीयवासीले विरोध गरिरहेको अवस्थामा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको कामका लागि भन्दै स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ निकालिएको छ । वर्षौंदेखि हिन्दू परम्परानुसार कालीगण्डकी स्नान, शवदाह आदि मानिसको जीवन र दैनिकीसँग प्रत्यक्ष जोडिएको घाटमा स्काभेटरका माध्यमबाट नदीजन्य पदार्थ निकाल्दा यहाँको संरचना नै परिवर्तन हुने भएकाले आफूहरू यसको विरोधमा उत्रनु परेको स्थानीयवासी हरिप्रसाद अधिकारीले बताए । “नदी दोहन हुन थालेपछि दिनानुदिन जोखिम बढ्नाका साथै स्काभेटरको प्रयोगका कारण नदी किनारमा पुग्न पनि डर लाग्न थालेको छ”, उनले भने, “शव दाह…
बनियानी: झापाको विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित एक÷एक जनालाई पक्राउ गरेको हो । बिहीबार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ का २२ वर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट एक ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले इलामको चुलाचुली घर भई हाल झापाको कमल गाउँपालिका–५ मा डेरा गरी बस्दै आएका २६ वर्षीय दीपेश तामाङको कोठाबाट नौ दशमलव २० ग्राम खैरो…
काठमाडौँ: नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ । यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो । नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ । स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते ११ बजेका लागि तोकिएको छ ।
वीरगञ्ज: पश्चिमी पर्साको पर्सागढी नगरपालिका–२ हरपुरमा लोटाहा बाँध सिँचाइ आयोजना निर्माण भएपछि सो भेगका किसान हर्षित भएका छन् । सङ्घीय सरकारको रु तीन करोड ८८ लाख २५ हजार ३२८ लागतमा निर्माण भएको सो आयोजनाबाट २०२ दशमलव ५७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगञ्जका डिभिजन प्रमुख शिवनन्दनप्रसाद साहले राससलाई बताउनुभयो । ९५४ जनसङ्ख्या रहेको सो वडाका १३९ घरधुरीहरु सिँचाइ सुविधाबाट लाभावित हुने बताइएको छ ।