Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    • अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
    • भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
    • नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
    • नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 27
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अझै सुध्रिएन चावहिलदेखि साँखुसम्मको सडकखण्डको दुरावस्था

    अझै सुध्रिएन चावहिलदेखि साँखुसम्मको सडकखण्डको दुरावस्था

    पहिलोक्लिकपहिलोक्लिकDecember 13, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: काठमाडौँको चावहिलदेखि साँखुसम्मको सडकखण्ड कालोपत्र नहुँदा स्थानीयवासी वर्षौंदेखि धुलो धुवाँ र खाल्डोको समस्याबाट आजितमा छन् । सरकारले गत २०७२ सालमा चावहिलबाट साँखुसम्म २२ मिटर चौडा अर्थात् चार लेनको सडक बनाउने योजना ल्याएपछि सो सडकखण्डको निर्माण कार्य शुरु भएको थियो ।

     

    काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलापत्र आह्वान गरी चार निर्माण व्यवसायीलाई सडक निर्माणको ठेक्का दिएको थियो । एघार दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडक विस्तारको जिम्मा पाएका थिए ।

     

    चावहिलदेखि साँखुसम्म पुग्ने सो सडकखण्ड काठमाडौँ महानगरपालिका र गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर गरी तीन नगरपालिकामा अवस्थित छ । चार वर्षदेखि अलपत्र सो सडकको अवस्था धुलाम्मे र हिलाम्मे छ । बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागार्इंले अस्तव्यस्त सडकका कारण व्यापार नै छोड्नु परेको दुःखेसो पोखे । चौलागाईं भन्छन, “यहाँको धुलो र हिलोका कारण ग्राहकको रोजाइ नै अन्य ठाउँ हुने गरेको छ ।”

     

    सडक अवलोकनको नाममा मन्त्री, मन्त्रालयको कर्मचारी, सडक विभागको कर्मचारी तथा यसै क्षेत्रबाट निर्वाचित सांसदहरु पटक–पटक चावहिल हँुदै साँखु पुग्ने गरेका छन् । साँखुसम्म पुग्दा सडकको दुरावस्था नजीकैबाट नियाल्ने गरेका भिआइपीले सडक निर्माणमा भने कठोर कदम चालेको पाइँदैन । राजधानी भित्रिने पूर्वी नाकाको रुपमा रहेको यस सडक वर्षौंदेखि अस्तव्यस्त हुँदा सवारी आवागमनमा कठिनाइ हुनुको साथै व्यापार व्यवसायमा पनि नकारात्मक असर परेको छ ।

     

    साँखुसम्म पुग्ने भिआइपीप्रति यहाँका स्थानीयवासी निकै आक्रोशित हुने गरेका छन् । उनीहरुको एउटै माग छ, सडको कालोपत्र छिटो होस् साथै सडकका कारण कोही पनि रोगको सिकार र दुर्घटनाका कारण अकालमा मृत्युवरण गर्न नपरोस् ।

    सडक निर्माणका लागि ठेकेदार र सम्बन्धित निकायलाई दबाब दिन स्थानीयवासीले मिलन खड्काको अध्यक्षतामा साँखु जोरपाटी शङ्खरापुर सडक सरोकार समितिसमेत गठन गरेका छन् । समिति नै बनाएर दबाब दिँदै आएको भए पनि अहिलेसम्म सडकको निर्माण कार्यमा सुनुवाइ नभएको समितिका अध्यक्ष मिलन खड्काले बताए ।

     

    ठेक्का दिएको मितिदेखि आव २०७४÷७५ मा सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले सर्वोच्च अदालतको अन्तरिम आदेश, मुअब्जा प्रक्रिया, विद्युतीय र टेलिफोनको पोल र तार नपन्छाउनु, खानेपानी तथा ढल चुहावट भई सडक सतहमा पानी बग्ने जस्ता कारण देखाई समयमै निर्माण गर्न नसकिएको भन्दै पन्छिने गरेका छन् ।

     

    सर्वाेच्च अदालतले सडकमा जग्गा पर्नेलाई मुअब्जा दिनुपर्ने आदेश दिएर उक्त मुद्दाको फैसला गरिसकेको भए पनि सडक निर्माणको कार्यले भने अझै तीव्रता पाउन सकेको छैन । सडकको दयनीय अवस्थाका कारण विद्यालय आउने जाने बालबालिका तथा विद्यार्थीलाई हिँड्न झनै अप्ठेरो हुने गरेको छ । ठूलो पानी पर्दा हिलो र नपर्दा धुलोले सडकमा हिँड्नसक्ने अवस्था नै छैन ।

     

    सोही बाटोमा दिनहुँ यात्रा गर्ने सन्तोष चौलागाईं भंच्चन, “साँखुदेखि चावहिलसम्म पुग्दा मोटरसाइकल, स्कुटर हिलो र चिप्लो बाटोमा नपछारिएको दिनै हुँदैन कतिपयलाई त घाइते भएर उपचारसमेत गर्न लगेको देखेको छु । चौलागाईं भन्न्चन, “सडकको अवलोकन र छड्के धेरै हुने गरेको छ । तर अवलोकन गर्न आउने मन्त्री, पूर्वप्रधानमन्त्री तथा सांसदलाई नै ठेकेदारले टेर्दैनन् ।”

     

    सडकको विषयमा यस क्षेत्रमा धेरै आन्दोलन पनि भयो । सडक बन्द नै गरेर स्थानीयदेखि व्यापारीसम्मले चक्काजाम नै गरे तर पनि सडकको निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । अझै यो सडकखण्डले पूर्णता पाउन कति समय पर्खनुपर्ने हो त्यसको लेखाजोखा छैन ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026

    अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग

    November 25, 2026

    भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव

    November 25, 2026

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.