Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: अमेरिकाले नेपाली सेनालाई दुई थान एम २८ स्काइट्रक हस्तान्तरण गरेको छ । अमेरिकाले उपलब्ध गराएको दुबै स्काइट्रक नेपाल अमेरिका सम्बन्ध स्थापनाको ७० वर्षमा अहिलेसम्मको सबैभन्दा ठूलो सुरक्षा अनुदान हो । काठमाडौंमा एक समारोहकाबीच नेपालस्थित अमेरिकी दूतावासले छोटो समयमा उडान र अवतरण गर्न सक्ने क्षमतासहितको दुई स्काइट्रक नेपाली सेनालाई हस्तान्तरण गरेको हो । दुबै स्काइट्रकको मूल्य एक करोड ५० लाख अमेरिकी डलर रहेको दूतबासाले जनाएको छ । प्रकृति प्रकोपको बेला राहत तथा उद्धार कार्यमा स्काइट्रक सहयोगी बन्ने उसले विश्वास लिएको छ । अमेरिकी दूताबासले पछिल्ला दिनमा लुम्बिनि आवास, अन्तर्राष्ट्रिय छात्रावास भवन लगायतको निर्माण गरेको थियो । नेपाली सेनालाई…
कास्की: पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा आज बिहान १०ः१० बजेको समयमा पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको छ । बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहेपनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेको हो । ‘‘पोखरा विमानस्थल हुस्सुको कारणले बन्द हुँदा टावरसँगको सम्पर्कमा दुई हेलिकप्टर खेल मैदानमा अवतरण गर्नुपरेको बताइएको छ । मौसम खुल्ने वित्तिकै उड्ने तयारीमा छन्’’ पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले…
वीरगञ्ज: नेपाल सरकारको अधिनमा रहेको सरकारी कार्यालयमा दुई जना कर्मचारी मात्र रहेको सुन्दा अचम्म लाग्न सक्छ, तर वीरगञ्ज महानगरपालिका वडा नं ५ मा यस्तै एउटा सरकारी कार्यालय रहेको छ । उक्त कार्यालयको क्षेत्राधिकार बारा र पर्सा गरी दुई जिल्ला रहे पनि कर्मचारीचाहिँ दुई जना मात्रै छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जमा तीन कर्मचारीको दरबन्दी रहे पनि हाल दुई मात्र कर्मचारी रहेका छन् । एक वर्षअघि खुलेको सो कार्यालयमा कर्मचारी अभावका कारण काम गर्न समस्या हुने गरेको कार्यालय प्रमुख रत्नकान्त झाले दुखेसो पोखे । खाद्य सुरक्षा तथा गुणस्तरलाई पोषणसँग जोड्न खोलिएको सो कार्यालयले बजारमा बिक्रीका लागि…
डोटी: सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडमा हिमपातका कारण अवरुद्ध भएको बाटो खोल्न नेपाली सेना लागिपरेको छ । खप्तड राष्ट्रिय निकुञ्ज जाने बाटो हिउँले पुरिएपछि त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुरु गोरख गुल्मका सैनिकले अहिले बाटो खोल्न शुरु गरेका गुल्मका उपसेनानी तीर्थबहादुर खत्रीले जानकारी दिए। नेपाली सेनाका अनुसार खप्तड क्षेत्रमा अहिले पनि कम्तीमा चार फिट हिउँ अझै कायमै रहेका कारण बन्द भएका पर्यटकीय बाटा खोल्न समस्या भइरहेको छ । हिमपातका कारण खप्तडमा रहेका पवित्र तीर्थस्थल त्रिवेणी, सहर्षलिङ्ग र घोडादाउने पाटनको बाटो बन्द भएका छन् । नाटेश्वरी, खप्तडबाबा आश्रमसम्म जाने बाटो भने खोलिएको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ ।…
कैलाली: धनगढी उपमहानगरपालिका–३ स्थित केदारटोलमा गएराति शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ । केदारटोलमा बस्ने जगतबहादुर बमका ३१ वर्षीय छोरा रोशन बमको शौचालयमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिए । सोमबार राति शौचालय गएका बम लामो समयसम्म नफर्किएपछि परिवारका सदस्यले शौचालयको ढोका खोलेर हेर्दा बेहोस अवस्थामा फेला पारेको र उपचारका लागि धनगढीकै मायामेट्रो अस्पताल ल्याएकामा मृत भनी उपचारमा संलग्न चिकित्सकले बताएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । मृतक बमको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको बताइएको छ ।
चितवन: भरतपुर महानगरपालिकाभित्रै बन्धक बनाएर एक युवती र एक किशोरीलाई देहव्यापारमा सङ्लग्न गराएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेकालाई सार्वजनिकसमेत गरेको छ । फिल्मी शैलीमा होटलमा लुकाएर उनीहरुलाई देहव्यापारमा लगाएको पाइएको छ । वडा नं २९ मा रहेको होटल खोटाङ हलेसी एण्ड सगरमाथा गेष्टहाउसका सञ्चालकले काठमाडौँबाट हराएका एक युवती र एक किशोरीलाई देहव्यापारमा लगाएको प्रहरीले जनाएको छ । गत कात्तिक २७ गते काठमाडौँबाट हराएका एक युवती र किशोरीलाई त्यहाँ ल्याएर देहव्यापारमा लगाइएको हो । काठमाडौँमा कोठा भाडा गरी बस्ने २२ वर्षीया युवती र १४ वर्षीया किशोरीलाई काठमाडौँबाट चितवनसम्म ल्याउने…
राजापुर: बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर शुरु भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ । शीतलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, पढाउने शिक्षकलगायत बिहानै काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ । चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न शुरु गरेका छन् । दिउँसो अलि–अलि घाम लागे पनि बिहान÷बेलुका भने चिसोले काम गर्नसमेत समस्या पारेको बर्दिया मधुवनका…
ललितपुर: नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्वीर लिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेशन जडान गरेसँगै नेपाली स्याट–१ पहिलो पटक ती तस्वीर लिन सफल भएको हो । करीब एक महिनाअघि नेपाली स्याट–१ ले उक्त तस्वीर लिएको जानकारी जापानस्थित क्यूटेक विश्वविद्यालयले दिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या भएका कारण हामी नेपाली स्याट–१ मार्फत नेपालमाथिको आकाशबाट भने ठ्याक्कै तस्वीर कैद गर्न सफल भएका छैनाँै ।…
इनरुवा: ‘सिद्धबाबा’ भनिने सुनसरी चतराका कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले सोमबार पुनः सात दिनको म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई अदालतले पुनः सात दिनको म्याद थप गरेको हो । प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका गिरीलाई आज प्रहरीले जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो । प्रहरीले अदालतमा उपस्थित गराएकामा अदालतले थप अनुुसन्धानका लागि गिरीलाई सात दिनको म्याद दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो । जिल्ला अदालत सुनसरीका न्यायाधीश मणिराम न्यौपानेको इजलासले कृष्णबहादुरलाई सात दिन अस्पतालमै निगरानीमा रहने गरी प्रहरी अनुसन्धानका लागि म्याद थप गरेको प्रनाउ शर्माले बताउनुभयो । अदालतले यसअघि सिद्धबाबालाई…
बलेवा:नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले काँग्रेसभित्र रहेका गुटहरुको अन्त्य आवश्यक रहेको बताउनुभएको छ् । नेपाली काँग्रेस बागलुङले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “गुटबन्दीले पार्टीलाई खतरामा पार्ने हुँदा यसको अन्त्य गरी एक भएर चल्नुको विकल्प छैन् ।” नेता महतले पार्टीका शीर्ष नेताहरु नै गुटबन्दीमा लाग्दा तल्लो तहसम्म असर देखा परेको उल्लेख गर्दै पछिल्लो समयमा पार्टीभित्र गुटउपगुटको खेती झनै मौलाउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । गुटको अन्त्यका लागि तल्लो तहबाट दबाब सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उहाँले शीर्ष नेताहरुका कारण पछिल्लो पुस्तासम्म गुटको प्रभाव परेको हुँदा यसको अन्त्य गरी एक भएर अगाडि बढनुपर्नेमा जोड दिनुभयो । नेता…