Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ऊर्जा र जलस्रोतमा ३२ बुँदे सुधार योजना: मन्त्री श्रेष्ठद्वारा समयसीमासहित निर्देशन
- सर्वोच्चले अदालतले भन्यो- पूर्वमन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्नू
- सरकारले सार्वजनिक गर्यो १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा
- डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
- अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम
- निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, महासचिवमा घिमिरे
- चालु आर्थिक वर्षको ८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स
- फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ रुपैयाँमा कारोबार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपल बनाउन आफ्नो अबको बाटो राजनीतिक यात्रा नै हुने बताएका छन् । प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका छन् । उनले अब भोलिबाटै आफू पूर्ण रुपमा राजनीतिमा सक्रिय हुने बताएका छन् । यसअघि पूरा मन्त्रालयमै काममा व्यस्त भएको भन्दै अब भने खुला रुपमा राजनीतिमा लाग्ने बताए । ‘म पदबाट बाहिरिएको छु । तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,’ उनले भने, ‘उज्यालो नेपाल बनाउन सशक्त रुपमा अबको मेरो बाटो राजनीतिक यात्रा हुनेछ । र यसैमा म अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’…
काठमाडौँ: काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आजै राजीनामा बुझाएका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिनका लागि उनले राजीनामा दिएका हुन् । भदौ ३० गते मन्त्रीको सपथ ग्रहण गरेका मन्त्री घिसिङले बुधबार बेलुका पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा पनि गर्न लागेका छन् । प्रधानमन्त्री कार्यालयले उनले राजीनामा दिएको तस्बिर सार्वजनिक गरेको छ । उनले आफ्नै नेतृत्वमा नयाँ दल उज्यालो नेपाल दर्ता गराए पनि अहिले भने रास्वपासँग एकता गरेका छन् । उनी रास्वपा उपसभापति पनि हुन् ।
काठमाडौं: नेपाल चेम्बर अफ कमर्समा कृत्रिम बौद्धिकता एआई नीति र औद्योगिक विकास मार्फत नेपालको डिजिटल भविश्यबारे बृहत अन्तरक्रिया सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितीमा सूचना प्रविधि क्षेत्रका दुुई दर्जन बढी संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो । नेपालमा एआई प्रविधीको प्रभावकारी उपयोग, नीतिगत स्पष्टता र कानूूनी सहजता मार्फत डिजितल भविश्य निर्माण गर्न सरकार निजी क्षेत्र र सरोकारवाला निकायबीच साझा समझदारी आवश्यक रहेको सरोकारवालाले बताएका छन । सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले देशको सुुशासनका लागि आईटीको विकास महत्वपूर्ण भएको बताउनुुभयो । सरकारी सेवालाई चुुस्त र प्रभावकारी बनाउन एवं…
काठमाडौं: ऊर्जा मन्त्री कुलमान घिसिङले आफू हालसम्म कुनै पनि राजनीतिक दलको सदस्य नभएको स्पष्ट पारेका छन् । मंगलबार ललितपुरमा इन्जिनियरहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । घिसिङको अगुवाइमा ‘उज्यालो नेपाल पार्टी’ गठन भएको थियो। सो पार्टीले पुस २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने निर्णय गरेको थियो। एकता सहमतिमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए। सहमतिमा हस्ताक्षरका क्रममा घिसिङ पनि उपस्थित थिए भने कुलमानलाई पहिलो वरियताको उपसभापति बनाउने उल्लेख थियो । उक्त घटनापछि घिसिङले मन्त्री पदबाट राजीनामा दिनुपर्ने भन्दै राजनीतिक दल र नागरिक समाजबाट दबाब बढ्दै आएको छ ।…
काठमाडौँ:सङ्खुवासभाको भोटखोला गाउँपालिका—२ मा पहिचान गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण आंशिक जलाशय जलविद्युत् आयोजना स्वदेशी पुँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । आयोजनामा निर्माण अवधिको ब्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । सरकार र सरकारी निकायहरू संस्थापक रहेको विद्युत् उत्पादन कम्पनी आफैँले गर्ने छ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत अर्थात् ६८ अर्ब ५५ करोड ऋणबाट र ३० प्रतिशत अर्थात् २९ अर्ब ३८ स्वपुँजी (इक्विटी) बाट जुटाउने गरी वित्तीय व्यवस्थापनको मोडालिटी तयार गरिएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी एचआइडिसिएल, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा…
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो । कार्यसम्पादन समितिको उक्त निर्णयसँगै महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेषे महाधिवेशनको तयारी गरेपछि आज फेरि कार्यसम्पादन समिति बैठक बस्न लागेको हो । गत असोज २९ गने कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कूल…
काठमाडौँ: हाल (सोमबार बिहान) तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो तथा राति पनि हुस्सु/कुहिरो लाग्ने क्रम जारी रहने तथा उच्च भूभागमा हिमपात र वर्षाको समेत सम्भवना देखिएकाले सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई मौसम महाशाखाले सुझाव दिएको छ। मौसम महाशाखाले सोमबार बिहान ८ बजे चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात सम्भावना साथै तराई भूभागमा हुस्सु/कुहिरोको समेत सम्भावना रहेकाले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको…
काठमाडौँ : काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (आइतबार) ४ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे गरेको मापनअनुसार काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री सेल्सियस देखिएको हो। यसअघि आजै बिहान ५:४५ बजेको सुरुवाती मापनमा भने ४.३ डिग्री सेल्सियस थियो। सबैभन्दा तल पुगेको तापक्रम नै न्यूनतम तापक्रम हो। हिजो शनिबार भने काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो। यसैबीच आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६ दशमलव ३ अर्थात् -६.३ डिग्री सेल्सियस रहेको मौसम महाशाखाले जनाएको छ।
काठमाण्डौं: ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नेपालको अग्रणी वाणिज्य बैंकका रुपमा स्थापित यो संस्थाले विगतका वर्षहरुमा जस्तै यसपटक पनि वार्षिकोत्सवको अवसर पारेर ठूलो स्तरको सामाजिक योगदान दिने कार्यक्रमहरु अगाडि सारेको हो । गत वर्ष १८औँ वार्षिकोत्सवका अवसरमा बैंकले मानविय सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता लगायत कार्यक्रम आयोजना गरेको थियो । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर १८ हजार विरुवाहरु रोप्ने कार्यक्रम घोषणा गरेको थियो । गत वर्ष बैंकले स्थानीय तह, स्थानीय संघसंस्था तथा सामुदायिक संस्थाहरुको सहकार्यमा वातावरण संरक्षण, जिबिकोपार्जन…
काठमाडौं: सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएकोमा सन् २०२५ केही सङ्ख्या बढेको हो । गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका छन्, जसमा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ हजार ६०५, बङ्गलादेशबाट चार हजार ९८०, अष्ट्रेलियाबाट चार हजार ४१९, थाइल्याण्डबाट चार हजार २३४, बेलायतबाट तीन हजार ७९३, म्यानमारबाट दुई हजार ७५८ र मलेसियाबाट…