Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेकपा (एमाले)ले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ । एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ । तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो । यस क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्याली आयोजना गरिने छ । एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने भएको छ भने…
काठमाडौं: नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरुलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुटन कर्मचारीहरुलाई निर्देशन दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीहरुले संक्रमणकालीन रणनीतिहरुलाई समय सान्दर्भिक बनाइ सबै पक्षसँगको समन्वयमा अघि बढ्न आवश्यक रहेको बताए । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउँदा प्रस्ताव गरिने, नीति, योजना र कार्यक्रमले सहज र दिगो बनाउन योगदान गर्ने गरी तयारीमा जुटनु पर्नेमा पनि जोड दिइएको छ । अर्थ मन्त्रालयको…
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले पद्धतिको थिति बसाल्न आफूले उच्च प्रयास गर्ने बताएका छन् । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा बोल्दै थापाले भने, ‘प्रहरी सङ्गठनमा पहुँचको हैन पद्धतिको थिति बसाल्न प्रयास गर्नेछु ।’ कार्यक्षमताको उचित मूल्याङ्कन गरेर वृत्ति विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै पीडा भोग्न नपर्ने गरी काम गर्ने उल्लेख गर्दै थापाले भने, ‘पदोन्नति हुनेबेला प्रहरी कर्मचारीले पीडा नपरोस् भन्नेमा विश्वास दिलाउन चाहन्छु ।’ प्रहरीमा २९ वर्ष ६ महिना सेवा गरेपछि प्राप्त उच्च पद आफ्नो लागी केवल गौरवको मात्र नभएर गम्भीर जिम्मेवारी बोध भएको बताए । उनले भने, ‘प्रहरी कर्मचारीप्रति पूर्वाग्रह नराखी काम गर्नेछु…
काठमाडौँ: नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृह मन्त्रालयमा आज मंगलबार बिहान आयोजित विशेष समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औँ प्रमुखमा नियुक्त गरेको थियो। यसअघिका महानिरीक्षक वसन्तबहादुर कुँवरको ३० वर्षे सेवाअवधि सकिन केही घण्टा बाँकी रहँदा मन्त्रिपरिषद्ले थापालाई अतिरिक्त महानिरीक्षकबाट बढुवा गरी प्रहरीको नेतृत्व सुम्पने निर्णय गरेको थियो। थापा प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै दोस्रो र तेस्रो वरीयताका एआईजीहरू क्रमशः सुदीप गिरी र टेकबहादुर तामाङ अब एआईजीबाटै भएका बिदा हुनेछन् । थापा, गिरी र तामाङले १९ भदौ २०५२ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट एकसाथ…
काठमाडौं : काठमाडौंको टोखाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २५ करोडभन्दा बढी नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको छ। काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको ना १ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लैजाँदै गर्दा २५ करोड नेपाली रुपैयाँभन्दा बढी बराबरको २५ लाखभन्दा बढी अमेरिकी डलर र युरो बरामद गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो। स्रोतका अनुसार रकमको साथसहित सिन्धुपाल्चोकका कुशान लामा पक्राउ गरिएको छ। ट्रकबाट नेपाली नोट भने बरामद नभएको ती अधिकारीले बताए। प्रहरीले अहिलेसम्म बरामद गरेकोमध्ये यो नै सबैभन्दा ठूलो रकम हो। नेपालमा बसेर आपराधिक गतिवधिबाट संकलन गरेका रकम चिनियाँहरूले यसरी नै तस्कर गरेर नेपालबाट चीन लैजाने गरेका छन्।…
काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताउनु भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले तीन पक्षको समन्वयमा बजेट आउँदा बजेटप्रति अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने बताउनु भएको हो । छलफल र परामर्श गरी बजेट आउँदा बुझाइमा एकरुपता हुने र देखा परेका चुनौती तथा समस्याहरुलाई समाधान गरेर अघि बढ्न सकिने अर्थमन्त्रीको भनाइ छ । उहाँले नीति तथा कार्यक्रम र बजेटबीच पनि समन्वय हुनु पर्नेमा जोड दिनु भएको छ । अर्थमन्त्री पौडेलले उपलब्ध साधन स्रोतलाई ख्याल गरी बजेट…
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ ।निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम धमाधम भइरहेको छ ।१०२ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । हिँदयामको माग बमोजिम विद्युत आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो महत्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्यकोटेकोशीलाई शीघ्र सञ्चालनमा ल्याउन पहल साथै ताकेता गरेको हो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे…
काठमाडौं: नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो । शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ । घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।
काठमाडौँ:ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच दूरी बढिरहेका बेला ऊर्जा मन्त्रालयले फेरि प्राधिकरणले गलत सूचना फैलाएको भन्दै आपत्ति जनाएको छ। मन्त्रालयले गत फागुन २८ गते विज्ञप्ति जारी गर्दै गत माघ ३० मा नेपाल भारत विद्युत् आदानप्रदान समितिको १६औँ बैठकमा भएको भनिएको सहमतिबारे ध्यानाकर्षण गरेको हो। मन्त्रालयका अनुसार भारतको नयाँ दिल्लीमा भएको उक्त बैठकमा विभिन्न भोल्टेज लेभेलहरुमा गत आर्थिक वर्षको विद्युत् आदानप्रदान दरको तुलनामा आव २०२५/०२६ का लागि १.५ प्रतिशत मूल्यवृद्धि गर्ने सहमति भएको कुरा गत फागुन १३ गते प्राधिकरणले विज्ञप्ति जारी गरेको थियो। सो विज्ञप्तिमा ‘ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र…
काठमाडौँ । पाकिस्तानको प्रसिद्ध गजलकार गुलाम अली यतिबेला नेपालमा छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना हुने ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि उनी बिहीबार नेपाल आएका हुन् । साधना कला केन्द्रले आयोजना गरेको कार्यक्रमका लागि गायक अली ११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै काठमाडौंँ आइपुगेका हुन् । आयोजकले उनलाई काठमाडौँको एउटा तारे होटलमा राखेको छ । अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल गाउने कार्यक्रम छ । पहिलो पटक नेपालमा प्रस्तुति दिन लागेका अली नेपाल प्रस्तुतिका लागि उत्साहित रहेको आयोजक संस्था साधना कला केन्द्रका मिलन मोक्तानले बताए । मोक्तानका अनुसार कार्यक्रममा अर्काे आकर्षक प्रस्तुति गायक अलीका छोरा अमिर…