Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

चौतारा: सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडकको ६ किलोमा आइतबार भएको बस दुर्घटनामा एकै गाउँका १७ जना परेपछि गाउँ शोक र चिन्तामा डुबेको छ । दुर्घटनामा १५ मृतकमध्ये आठजना सिन्धुपाल्चोक जिल्लाका छन् । त्यसमध्ये जुगल गाउँपालिका–७ याङलाकोटका १५ महिने बालिकासहित पाँचको मृत्यु भएको र १२ जना घाइते भएपछि गाउँ शोक र चिन्तामा डुबेको हो । दुर्घटनामा एकै परिवारका सबै तीनमध्ये आमाछोरीको मृत्यु भएको र बाबु गम्भीर अवस्थाको घाइते भई अस्पतालमा उपचार गराइरहेकाले मृतकको नाममा रुने व्यक्तिसमेत नभएको पालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बताए । दुर्घटनामा एकै परिवारको पाँचजनासम्म परेका छन् । श्रीमती र दुई छोरीको मृत्यु भएको र बाबु…

Read More

काठमाडौँ: वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अभियान थाल्ने निर्णय गरेको छ । समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारणसभा) ले ११ वटा प्रस्ताव पारित गरेको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । बैठकमा सीमा अतिक्रमणको विरोध, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय बचाऔँ आन्दोलनलगायतका प्रस्ताव पारित भएको उनले बताए । कार्यक्रममा शान्ति समाज रुपन्देही शाखालाई गत वर्षको उत्कृष्ट शाखाका रूपमा सम्मान गरिएको थियो । विसं २०७५ मा भव्यताका साथ राष्ट्रिय परिषद् सम्पन्न गर्ने मोरङ शाखालाई प्रशंसापत्रले सम्मान गरिएको थियो । यही मङ्सिर २७ र २८ मा दाङको तुलसीपुरमा परिषद् बैठक सम्पन्न…

Read More

काठमाडौँ : खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि दफावार छलफल शुरु भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रियसभाको विधायन समितिबाट पारित आएको विधेयकमाथि छलफल शुरु भएको हो । समिति सदस्य जीवनराम श्रेष्ठले छलफलका क्रममा विधेयकको प्रस्तावनामा टुङ्गो लगाइएको जानकारी दिए । उनका अनुसार प्रस्तावनामा ‘खेल क्षेत्रको पनि अध्ययन अनुसन्धान गर्ने’ भन्ने शब्द राखेर टुङ्ग्याइएको छ । यसैगरी समिति बैठकमा अन्तरराष्ट्रिय खेलाडीका सम्बन्धमा पनि दफावार छलफल भएको छ । समिति सदस्य श्रेष्ठले विधेयकमा अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्नेलाई मात्र अन्तरराष्ट्रिय खेलाडी भन्ने उल्लेख भएकाले अन्तरराष्ट्रिय खेलाडी कसलाई भन्नेबारे छलफल गरिएको बताए । ‘‘अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गरेका…

Read More

काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेकोे छ । कम्पनीको आज सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई नगद लाभांश दिने घोषणा गरेको हो । अघिल्लो आर्थिक वर्षको कमाईबाट ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले गत आर्थिक वर्षको कमाईबाट भने लाभांशदर बढाएको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ९ करोड १ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले उक्त लाभांश…

Read More

काठमाडौं : गएराती निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। हिजो राती विहे भोज खाएर फर्किनेक्रममा स्वास्थ्यमा खराबी आएपछि अस्पताल लानेक्रममै उनको मृत्यु भएको थियो । सरकारले अध्यक्ष भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने तयारी गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जनाकारी दिएका छन । अन्तेष्टिअघि भट्टराईको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले चलचित्र विकास बोर्डको कार्यालयमा राखिएको छ। आज सोमबार अपरान्ह पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गरिने बताइएको छ। उनको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने प्रस्ताव केही बेरमा बस्ने मन्त्रिपरिषदमा पेस हुने बताइएको छ। तीन दशक नेपाली चलचित्रमा काम गरेका उनी ८…

Read More

काठमाडौं : जडिबुटी संकलनका लागि जुम्लाको तिला गाउँपालिका ९ को शेरा फूलबारी पाटनमा बेपत्ता भएका सबै जना सकुशल घर फर्किएका छन्। उनीहरु आइतबार राति १० बजेतिर गाउँ फर्किएका हुन्। बिहीबार जडिबुटी संकलनका लागि पाटनतिर गएका उनीहरु हिउँमा परेर बेपत्ता भएका थिए। बेपत्ता भएकाहरुसँग कुनै सम्पर्क हुन नसकेपछि खोजबिन गरिदिन सरकारसमक्ष माग गरिएको थियो। स्थानीय प्रशासन कार्यालय जुम्लाले गृहमन्त्रालयलाई उद्धार गरिदिनको लागि हेलिकोप्टर व्यवस्थापन गर्न पत्र पठाएको थियो। जसअनुसार गृहमन्त्रालयले हेलिकोप्टर मार्फत बेपत्ताको उद्धार गर्न निर्देशन दिएको थियो। सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको थियो। तर मौसममा देखिएको खराबीका कारण उड्न सकेको थिएन। बिहान बेपत्ता मध्येका एक जना छविराज…

Read More

काठमाडौं : १४ औं महाधिवेशनको कार्यतालिकालाई केन्द्रीय समितिको बैठकको मुख्य एजेन्डा बनाउनुपर्ने भन्दै कांग्रेसका असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई मनाउने सभापति पक्षधर नेताहरुले आज पनि आफ्नो प्रयास जारी राखेका छन । आज सोमबार बिहान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडल पक्षका दोस्रो तहका नेताहरु प्रकाशमान सिंह निवास चाक्सीबारीमा जम्मा भएका थिए । बैठकमा देउवा पक्षबाट विमलेन्द्र निधि थिए भने पौडेल पक्षबाट सिंह, दिलेन्द्रप्रसाद बडु र हृदयराम थानी उपस्थित थिए। बैठकपछि निधिले देउवालाई र सिंहले वरिष्ठ नेता पौडेललाई लगायतलाई छलफलका निष्कर्षहरुबारे ‘ब्रिफिङ’ गराउँदै छन्। आ–आफ्ना पक्षका नेताहरुलाई ब्रिफिङ गरेपछि केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको तय भएको छ।…

Read More

वालिङ: यहाँका सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्याङ्जाको भिरकोट नगरपालिकाअन्तर्गतका ४२ वटा सामुदायिक विद्यालयका बालविकास कक्षामा ‘दिवा खाजा’ कार्यक्रम लागू भएसँगै कक्षामा नियमित उपस्थित हुने र शिक्षण सिकाई क्रियाकलापमा सहभागी हुने विद्यार्थीको रुचि बढ्दै गएको नगर प्रमुख छायाराम खनालले बताए । “विद्यालयभित्र जङ्कफूड निषेध गर्ने, पहुँचबाहिरका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयप्रति आकर्षण गर्ने, कक्षा बीचमै छाड्ने प्रवृत्तिको अन्त्य गर्दै अन्ततः सिकाई उपलब्धि वृद्धि गर्ने ‘दिवा खाजा’ कार्यक्रमको मुख्य उद्देश्य हो”, नगर प्रमुख खनालले भने, “कार्यक्रम लागू भएसँगै नियमित विद्यालय उपस्थित हुने दर बढेर गएको छ ।” बालविकास कक्षामा अध्ययनरत स–साना बालबालिकाले…

Read More

बेझाड: रामपुर नगरपालिका¬–७ स्थित आधारभूत माध्यमिक विद्यालयले निःशुल्क रुपमा प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको छ । अभिभावकलाई आर्थिक भार नपरोस् र प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीलाई सहज होस भनेर विद्यालयले शुल्क नलिइकन प्राबिधिक शिक्षा दिइरहेको छ । नेपाल सरकार शिक्षा विभागमार्फत यहाँ कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षाअन्र्तगत पशुविज्ञान कक्षा सञ्चालन भइरहेको छ । विसं २०७४ देखि विद्यालयले पशुविज्ञान शिक्षा सञ्चालन गरेको हो । रामपुर नगरपालिकाको भौगोलिक भूगोल उपयुक्त भएको हँुदा कृषिलाई प्राथमिकता दिँदै पशुपालनलाई व्यवस्थित गर्न पशुविज्ञानको पठनपाठन सञ्चालन गरेको प्रधानाध्यापक रुपनाथ गौतमले बताए । “पढेर जागिर नपाए पनि पशुपालन गरेर स्वावलम्बन बन्न सकिन्छ, खासगरी…

Read More

काठमाडौँ: ‘ए’ डिभिजनमा रहेको हिमालयन शेर्पा क्लबलाई यती एयरलाइन्सले एक वर्षका लागि रु २० लाख बराबरको मुख्य प्रायोजन गरेको छ । हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यती एयरलाइन्सका निर्देशक समर राणासँग रु २० लाख बराबरको मुख्य प्रायोजन गर्ने सम्झौतापत्रमा आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर गरे । सम्झौतासँगै अब क्लबको नाम यती हिमालयन शेर्पा क्लब हुनेछ । सम्झौतापछि यती एयरलाइन्सका वरिष्ठ व्यवस्थापक भीमराज राईले सामाजिक उत्तरदायित्वको काम गर्ने उद्देश्यसहित क्लबलाई सहयोग गरिएको बताए । क्लबका अध्यक्ष शेर्पाले यस किसिमको सहयोगले क्लब र फुटबल खेलको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । हिमालयन शेर्पा क्लबका खेलाडीमा मानबहादुर…

Read More