Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सुर्खेत: कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ । यही मङ्सिर १९ गतेदेखि जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा सञ्चालन भएको वार्षिक परीक्षा हिमपातले प्रभावित बनेको छ । परीक्षा सञ्चालन भइसकेको र रोक्न नमिल्ने भएकाले आगो बालेरै भए पनि परीक्षा सञ्चालन भइरहेको तिला गाउँपालिका– ४ नाभीडाँडा आधारभूत विद्यालयका शिक्षक तेजबहादुर शाहीले जानकारी दिनुभयो । “बाहिर हिउँसँगै पानी परिरहेको छ । चिसोले बालबालिकाको हात कठ्याङ्ग्रिन थालेपछि आगो बालेरै परीक्षा सञ्चालन गरेका छौँ,” शिक्षक शाहीले भन्नुभयो, “वर्षेनी जाडो…

Read More

काठमाडौं : निर्वाचन आयोगले माघ ९ मा तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन आयोगले एक सूचना जारी गर्दै मंसिर २७ गतेदेखि पुस ६ गतेसम्म १० दिनको अवधि तोकि दल दर्ता गर्न आह्वान गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका ८, नेपाली कांग्रेसका ७ र राष्ट्रिय जनता पार्टीका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजनाको कार्यकाल फागुन २० मा सकिदै छ। उनन्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । राजनीतिक दलसँग छलफल गरेर आयोगले सरकारलाई परामर्श उपलब्ध गराउने र त्यसपछि निर्वाचनको मिति घोषणा हुनेछ । राष्ट्रियसभाका सदस्यको पहिलो पटक एक तिहाइ…

Read More

काठमाडौं : देशभर मौसममा बदली भइरहँदा बाजुरामा हिमपात भइरहेको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिीन, आटिचौरका माथिल्ला दर्जनभन्दा बढी स्थानमा हिजोदेखि हिमपात शुरु भएको हो । हिमपातसँगै तल्लो क्षत्रेतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ । अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । चिसोका कारण जिल्लाका विभिन्न नगर तथा गाउँपालिका आसपासका स्थानीय हाटबजार आंशिक रुपमा बन्द छन् भने कतिपय गाउँमा विद्यालय पनि बन्द गरिएको छ । हिमाली क्षेत्रमा भारी हिमपातले घर बाहिर निस्कनसमेत समस्या भइरहेको गौमूलका वासिन्दा प्रेम सार्कीले…

Read More

कैलाली: वर्षा भएसँगै कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव आज स्थगन गरिएको छ । महान् चाड बडादशैँ र तिहारसँगै यस क्षेत्रमा विशेष पर्वका रुपमा स्थापित भएको सो महोत्सव गएरातिबाट लगातार वर्षा हुन थालेपछि स्थगन गरिएको हो । चौधौँ संस्करणका रुपमा धनगढीको सङ्घीय प्रहरी एकाइ कार्यालयको मैदानमा यही मङ्सिर २२ देखि आगामी पुस २ गतेसम्म सञ्चालन भइरहेको महोत्सव यहाँ आएको हावाहुरी र वर्षाका कारण सञ्चालन गर्न समस्या भएको हुँदा आज एक दिनका लागि महोत्सवका सम्पूर्ण कार्यक्रम स्थगन गरिएको सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । उनले शनिबारदेखि पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुने बताए । सङ्घले यस क्षेत्रको कृषि,…

Read More

बेझाड: स्थानीयवासीले विरोध जनाए पनि रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीको निसर्दीघाटमा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । घाटको संरचना बिग्रने भन्दै स्थानीयवासीले विरोध गरिरहेको अवस्थामा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको कामका लागि भन्दै स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ निकालिएको छ । वर्षौंदेखि हिन्दू परम्परानुसार कालीगण्डकी स्नान, शवदाह आदि मानिसको जीवन र दैनिकीसँग प्रत्यक्ष जोडिएको घाटमा स्काभेटरका माध्यमबाट नदीजन्य पदार्थ निकाल्दा यहाँको संरचना नै परिवर्तन हुने भएकाले आफूहरू यसको विरोधमा उत्रनु परेको स्थानीयवासी हरिप्रसाद अधिकारीले बताए । “नदी दोहन हुन थालेपछि दिनानुदिन जोखिम बढ्नाका साथै स्काभेटरको प्रयोगका कारण नदी किनारमा पुग्न पनि डर लाग्न थालेको छ”, उनले भने, “शव दाह…

Read More

बनियानी: झापाको विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित एक÷एक जनालाई पक्राउ गरेको हो । बिहीबार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ का २२ वर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट एक ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले इलामको चुलाचुली घर भई हाल झापाको कमल गाउँपालिका–५ मा डेरा गरी बस्दै आएका २६ वर्षीय दीपेश तामाङको कोठाबाट नौ दशमलव २० ग्राम खैरो…

Read More

काठमाडौँ: नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ । यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो । नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ । स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते ११ बजेका लागि तोकिएको छ ।

Read More

वीरगञ्ज: पश्चिमी पर्साको पर्सागढी नगरपालिका–२ हरपुरमा लोटाहा बाँध सिँचाइ आयोजना निर्माण भएपछि सो भेगका किसान हर्षित भएका छन् । सङ्घीय सरकारको रु तीन करोड ८८ लाख २५ हजार ३२८ लागतमा निर्माण भएको सो आयोजनाबाट २०२ दशमलव ५७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगञ्जका डिभिजन प्रमुख शिवनन्दनप्रसाद साहले राससलाई बताउनुभयो । ९५४ जनसङ्ख्या रहेको सो वडाका १३९ घरधुरीहरु सिँचाइ सुविधाबाट लाभावित हुने बताइएको छ ।

Read More

काठमाडौं :गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) लाई छिन्नभिन्न पार्न सफल भएकोमा नेपाल प्रहरीलाई धन्यवाद दिएका छन । आज शुक्रबार राजधानीमा आयोजित नयाँ ब्याजका प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको दिक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले विप्लव समूह अब छिन्नभिन्न भइसकेकाले यस्तै समूहका अन्य गतिविधिविरुद्ध कडा रुपमा उत्रन प्रहरीलाई निर्देशन दिएका छन । ‘शान्ति सुरक्षामा खलल पुर्‍याउने समूहविरुद्ध प्रहरी र सुरक्षा निकायको कारबाहीले प्राप्त गरेको सफलताबाट त्यो समूहका गतिविधि छिन्नभिन्न भएको छ,’, अझै पनि केही आपराधिक, विखण्डकारी र प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहहरु सामाजिक सद्भाव तथा शान्ति सुरक्षामा खलल पुर्‍याउन सक्रिय रहेकोले त्यस्ता समूहको सुक्ष्म…

Read More

रामपुर:  पानी परेपछि भर्खर खेतमा लगाइएको तरकारी बालीलाई फाइदा हुने देखिएको छ रामपुरमा । यस वर्ष नहर मर्मतका कारण सिंचाइ गर्न नमिल्ने भएकाले चिन्तित किसान केही ठूलो पानी परे हुन्थ्यो भन्ने आशामा थिए । विजयपुर कृषि सहकारी संस्था लिमिटेड रामपुरका अध्यक्ष तथा अगुवा कृषक सूर्यप्रसाद रेग्मीले पानी परेर घाम लागेमा आलु खेतीलाई निकै फाइदा हुने बताए । “आलु उम्रिनेबित्तिकै औषधि छर्दा माटोलाई समेत असर गर्छ तर आलु लगाएपछि पानी परेर उम्रिएपछि घाम लागेमा आलुमा रोग समेत लाग्दैन”, उनले भने । लसुन प्याज, काउली, बन्दालगायत तरकारी खेतीलाई निकै राम्रो हुने भएपछि यहाँ किसान खुशी भएका छन् ।

Read More