Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण पदक संख्या ५० पुगेको छ । आज मंगलबार दिउँसो भएको ६० केजी तौलको बक्सिङ फाइनलमा नेपालका सनिल शाहीले भारतका वरिन्दर सिंहलाई हराएर ५० औं स्वर्णमा आफ्नो नाम दर्ता गरेका छन । यसअघि सोमबारसम्म नेपालले ४९ स्वर्ण जितेको थियो। स्वर्ण पदक जित्ने खेलाडीहरुको नाम हेर्नोस ः कराँते मण्डेकाजी श्रेष्ठले – व्यक्तिगत काता पुरुष) निर्मला तामाङ, संगिता मगर र सरु कार्की – महिला टिम काता मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण कार्की – पुरुष टिम काता लक्ष्मण तामाङ – ५५ केजी समूह फाइट विप्लवलाल श्रेष्ठ – ८४ केजी माथि फाइट…

Read More

सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पर्यटन सूचना केन्द्रको भवन निर्माण गरिएको छ । पर्यटकीय गन्तव्य सम्बन्धी सूचना प्रवाह गर्ने उद्देश्यले सूचना केन्द्र स्थापना गरिएको कर्णाली प्रदेश उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले राससलाई जानकारी दिए । “नेपाल भ्रमण वर्ष २०२०” लाई लक्षितगरी पर्यटकीय गन्तव्यस्थलको पहिचान गर्ने मुख्यध्येयका साथ प्रदेश सरकारले पर्यटन सूचना केन्द्र निर्माण गरिएको हो,” सूचना अधिकारी रोकायाले भने, “उक्त केन्द्रलाई कर्णालीको पर्यटन सचिवालयको रुपमा समेत प्रयोग गर्ने योजना छ ।” उनका अनुसार प्रदेशमा आउने पर्यटक तथा गतिविधिको सूचना राख्न र यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न केन्द्रबाट प्रभावकारी काम बढ्ने देखिन्छ…

Read More

काठमाडौं : १४ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता पाकिस्तानमा हुने निर्णय भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको २३ मंसिरमा बसेको बैठकले सागको अर्को संस्करण पाकिस्तानमा गर्ने सर्वसहमतिले निर्णय गरेको हो । बैठक दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको थियो । सन् २०२१ मा साग गर्ने भए तापनि अबको ६ महिनापछि पाकिस्तानमा बैठक बसी अर्को सागको मिति तोक्ने निर्णय गरिएको छ । त्यसैगरी, दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक नेपालमा नै राख्ने निर्णय भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बताए । ‘सबै देशका लागि सहज हुने भएकाले नेपालमा नै सचिवालय…

Read More

राजविराज: सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित लोहजरा दह पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । कूल ११ दशमलव ९ हेक्टर क्षेत्रफलमा फैलिएको यो दहको संरक्षण संवद्र्धन तथा सौन्दर्यता अभिवृद्धि गर्न स्थानीय र प्रदेश सरकारले चासो देखाएपछि दहको मुहार फेरिन लागेको हो । आसपासको क्षेत्रमा संरक्षित वन तथा तालको सौन्दर्यताले यतिबेला जोकोहीको मन तानिने गरेको स्थानीयवासी रामसागर यादवले बताए । उनले भने, “दह निकै मनमोहक रहेकाले यहाँ आउने जोकोही पनि मोहित हुने गरेका छन् ।” आन्तरिक पर्यटक मात्र नभएर भारतीय पर्यटक पनि यो दहमा रमाउनका लागि आउने गर्दछ । विशेष गरी बिदाको समयमा जिल्लाभित्रकै सर्वसाधारण दहमा रमाउन पुग्ने गरेका…

Read More

बनेपा: धुलिखेल नगरपालिकाले विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण निषेध गर्ने अभियान सुरु गरेको छ । यसक्रममा नगरपालिकाले बजार अनुगमन कार्य समेत सुरुआत गरेको छ । नगरपालिकाका उपप्रमुख विमला शर्माको नेतृत्वको टोलीले वडा नं ११ पात्लेखेत र वडा नं ७ सञ्जीवनी बजारका विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलको सोमबार अनुगमन गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण लिएको नगरपालिकाले जनाएको छ । चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न निर्देशन जारी गरिएको अनुगमन टोलीले जनाएको छ । वडा नं ११ का किराना पसल सञ्चालक गीता खत्रीले अनुगमनको क्रममा फेला…

Read More

काठमाडौँ:  एशियाली विकास बैंक (एडिबी)ले चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ४० अर्ब ४५ करोड ४० लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि रु २२ अर्ब ३५ करोड, खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित बागमती नदी सरसफाइका लागि अतिरिक्त लगानीस्वरुप रु सात अर्ब ११ करोड ९० लाख, जीविकोपार्जन सुधार तथा साना किसानको आयआर्जन वृद्धिका लागि रु पाँच अर्ब ६५ करोड र कृषि तथा खाद्य सुरक्षासम्बन्धी नेपाल सरकारका नीतिगत सुधारका कार्यक्रममा सघाउन रु रु पाँच अर्ब ६५ करोड प्रदान गर्नेछ । नयाँ परियोजना कार्यान्वयनका निम्ति ऋण प्राप्त गर्नेसम्बन्धी सम्झौतापत्रमा आज अर्थमन्त्रालयमा आयोजित…

Read More

चितवन: भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै सौराहामा आउने पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना खुवाउँदै उनीहरुको संस्कृति देखाउने तयारी गरिएको छ । दिनको समयमा निकुञ्ज सफारी गरेर रमाउने र साँझमा थारु संस्कृति हेर्नका लागि अहिले पर्यटक सौराहा आउने गरेका छन् । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार सौराहाबाट राप्ती नदी ड्यागको बाटो हुँदै लोथरसम्म रात्रिकालीन सफारी गर्ने तयारी गरिएको छ । करिब १८ किलोमिटरको दूरी हुने उनले जानकारी दिनुभयो । लोथर क्षेत्रमा चेपाङ संस्कृतिमा पर्यटकलाई आकर्षित गर्दै खाना खुवाइनेछ । चेपाङले वनमा फलेका र उब्जिएका अन्नपात, गिठ्ठा, भ्याकुरलगायतको खाना तयार गर्ने र सोही खानामा पर्यटक रमाउने अपेक्षा गरिएको छ…

Read More

काठमाडौँः ग्याँस रिफाइनरी प्लान्टको सम्भाव्यता अध्ययन गर्न १३ वटा कम्पनीले आवेदन दिएका छन । नेपाल आयल निगमले अघि बढाएको झापा र जनकपुरको ग्यास प्लान्टको सम्भाव्यता अध्ययन इरान, भारत, चीन र पाकिस्तान लगायतका १३ वटा कम्पनीले प्रस्ताव पेस गरेको निगमका नायब कार्यकारी अधिकृत सुशिल भट्टराईले जानकारी दिएका छन् । निगमले आह्वान गरेको टेण्डरपछि ती कम्पनीले प्रस्ताव पेस गरेका हुन् । झापाको चारआलीमा बन्ने ग्यास प्लान्ट सम्भाव्यता अध्ययन गर्न ७ कम्पनी र जनकपुरका लागि ६ वटा कम्पनीले प्रस्ताव पेश गरेको उनले बताए । उक्त प्रस्तावहरुको मुल्यांकन गरी केही हप्ताभित्र निगमले कम्पनी छनौट गर्ने र यही आर्थिक वर्षभित्र ग्याँस प्लाण्टको निर्माण कार्य…

Read More

सर्लाही: गोडैता नगरपालिका वडा १० स्थित सिसौटिया झगरु टोलमा हुन लागेको विवाह रोकिएको छ । टोलका तेजनारायण महतोले आफ्नी १७ वर्षीया छोरीलाई विवाह गर्न लागेको सूचना प्रहरीमा पुगेपछि विवाह रोकिएको हो । प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बालविवाह हुन लागेको सूचनाका आधारमा विवाह रोकिएको जानकारी दिए । राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र र सेभ द चिल्ड्रेनको सहयोगमा यहाँ सञ्चालित किशोरी तथा किशोर समूह कार्यक्रमको पहलमा बालविवाह रोक्ने काम हुँदैआएको छ । नगरपालिका भित्र २४ किशोरी, १२ किशोर र १२ वटा अभिभावक समूह गठन भई बालविवाह, लैङ्गिकहिंसा, बालश्रम रोकथामका लगायतका क्षेत्रमा क्रियाशील रहेका छन् । विगत दुई…

Read More

भक्तपुर: शिक्षा मन्त्रालयले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको जिम्मेवारी चाँगुनारायण नगरपालिकालाई दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा सोमबार मन्त्रालयमा बसेको बैठकले कलेज सञ्चालनको जिम्मेवारी नगरपालिकालाई दिने निर्णय गरेको हो । बैठकले नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समितिसमेत गठन गरेको छ । समितिका सदस्यमा सहायक प्रमुख जिल्ला अधिकारी, पोखरा विश्वविद्यालयका इञ्जिनीयर, कलेजका प्रिन्सिपललगायत रहेका छन् । सञ्चालक समितिको विवादका कारण कलेज सञ्चालनमा नकारात्मक असर पर्दै कलेजको आर्थिक, प्रशासनिक तथा पठनपाठनमा समेत बाधा पर्न गएकाले पछि अदालतबाट प्राप्त फैसलाबमोजिम हुनेगरी तत्काललाई नगरपालिकाले सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयका उपसचिव लक्ष्मीकुमार खड्काले जानकारी दिए । …

Read More