Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
भद्रपुर: कक्षा १२ सम्म अनिवार्य अध्ययन गर्ने शर्तमा झापा गाउँपालिकाले छात्रालाई निः शुल्क साइकल वितरण गरेको छ । । मुस्लिम र आदिवासी राजवंशीको धेरै बसोबास रहेको सो गाउँपालिकाले ती समुदायका छात्रालाई विद्यालय शिक्षामा आकर्षित गराउन निःशुल्क साइकल वितरण गरेको हो । हालसम्म १३८ छात्राले साइकल प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए। उनका अनुसार गाउँपालिकाले चालू आर्थिक वर्षको बजेटमा २३५ छात्रालाई साइकल बाँड्ने गरी बजेट विनियोजन गरेको छ । मुस्लिम र आदिवासी समुदायका छात्राले माध्यमिक तहको शिक्षा पूरा नगर्दै विद्यालय छाड्ने समस्यालाई अन्त्य गर्न र शिक्षातर्फ आकर्षण बढाउन साइकल वितरण कार्यक्रम कार्यान्वयन गरेको पालिकाले जनाएको छ । …
लहान: ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गएराति जाँच गर्ने क्रममा जिल्लाको भगवान्पुर गाउँपालिका–४ ठाडीबजारबाट अवैध सुनचाँदीको गरगहनासहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी ३४ वर्षीय मनोज रायलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको ज२प ६४२२ नंको मोटरसाइकल जाँच गर्ने क्रममा डिकीभित्र लुकाई–छिपाई राखिएको सुनचाँदीका गहना बरामद भएपछि रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । पक्राउ परेका रायको साथबाट हातमा लगाउने सुनको बाला दुई, मङ्गलसूत्र ठूलो–सानो गरी चार, नथी सिक्रीसहितको एक, कानमा लगाउने बाली दुई, टप दुई,…
सप्तरी: शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ । बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगरउपप्रमुख साधना झाले बताए । तिलाठी कोइलाडी गाउँपालिकाले समेत चार दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ । गाउँपालिका अध्यक्ष शतिशकुमार सिंहले गाउँपालिकाका १७ सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । सप्तकोशी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म पाँच दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको…
पर्वत: पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा आयोजित बाच्छा महोत्सव सम्पन्न भएको छ । कला, संस्कृति र खेलकूदको विकासमार्फत गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय जनसेवा युवा क्लबले आयोजना गरेको चारदिने महोत्सव शनिबार सम्पन्न भएको हो । महोत्सवको समापन अवसरमा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले इलमी र परिश्रमी व्यक्ति अब गाउँ छाडेर पलायन हुनुनपर्ने बताए। उनले तीनै तहका सरकार बनेपछि स्वरोजगारमूलक कार्यक्रम सञ्चालनमा आएको बताउँदै मन्त्री लम्सालले अब गाउँ–गाउँमा स्वरोजगारका बाटाहरु खुलेको बताए। उनले अब राजनीतिक प्रतिस्पर्धा सकिएको बताउँदै आर्थिक समृद्धिमा लाग्न आग्रह गरे । मन्त्री लम्सालले उद्यम व्यवसाय गर्ने जोसुकै युवालाई राज्यले सहयोग गर्ने बताए।…
चिप्लेढुङ्गा: हस्पिटालिटी नेपाल कन्टेस्ट’को चौथो संस्करण पर्यटकीय नगरी पोखरामा आयोजना हुने भएको छ । एपी इन्टरटेनमेण्टद्वारा प्रतियोगिताका बारेमा जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा आवेदन खुला गरिएको जानकारी दिइएको छ । आयोजक सस्थाका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले प्रतियोगिताका लागि यस पटक अझै बढी अवसर सिर्जना गरिएको बताए । उनले भने “हामीले तीन संस्करणलाई उत्कृष्ट ढङ्गबाट सम्पन्न गरिसकेका छौँ र, यो संस्करण अझै बढी परिस्कृत हुने दाबी गर्दछौँ ।” यस वर्षको प्रतियोगिता भ्रमण वर्ष २०२० लाई टेवा पुग्ने गरी हुने कार्यक्रम संयोजक सङ्गम रेग्मीले बताए । पोखराबाहेक काठमाडाँै, बुटवल र चितवनमा पनि आयोजकले ‘कलेज क्याम्पेन’ गरेर प्रतियोगीहरु ल्याउने तयारी…
बेझाड: पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपालको रु एक करोड ८० लाख र गाउँपालिकाको रु ४२ लाख १३ हजार ८०० को लागतमा हावाबाट बिजुली निकालिएको हो । हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणलीमार्फत १० किलोवाट गरी २५ किलोवाट क्षमताको बिजुली निकालिएको उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारी मगरले जानकारी दिए । करीब साढे दुई वर्षअघिदेखि शुरु भएको आयोजना अहिले सम्पन्न भएर घरघरमा बिजुली बत्ती बल्न थालेपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । गाउँपालिकाको झ्याल्टुङ्ग, मौलाथर, रुप्सेभन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशङ्कर मावि,…
काभ्रेपलाञ्चोक: पर्यटकीय नगरी धुलिखेलमा ‘भ्रमण वर्ष २०२०’ को अवधिभर हरेक हप्ता खाना महोत्सव आयोजना गरिने भएको छ । धुलिखेल नगरपालिकाले पुरानो बसपार्कमा हप्ताको तीन दिन खाना महोत्सवसहित स्थानीय कला, संस्कृतिको प्रदर्शन गरिने कार्यक्रम सार्वजनिक गरेको छ । धुलिखेलमा पर्यटक आकर्षण गरी बसाइँ लम्ब्याउन योजनाबद्ध कार्यक्रम बनाइएको नगरप्रमुख अशोक ब्याञ्जूले जानकारी दिए । उनले भने “हामी भ्रमण वर्षभर हप्तामा तीन दिन विभिन्न परिकारमा खाना महोत्सव आयोजना गर्नेछौँ, यसपटक धुलिखेलको पर्यटन, कला र संस्कृति विश्वभर चिनाउने प्रयास गर्नेछौँ ।” धुलिखेलमा रहेका ऐतिहासिक पर्यटकीय संरचनाको मर्मत भइरहेको तथा नयाँ बसपार्क बनाउनेसमेत योजना बनाइएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिए । धुलिखेल नगरका…
सोलुखुम्बु : जिल्लाको खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकोप्टरले नियम विपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर रहेको छ । कैलाश र सिम्रिक एयरका हेलिकोप्टरले खुम्बुका विभिन्न क्षेत्रमा दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसमेत ढुवानी गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्थानीय सुरक्षा निकायसँगको प्रत्यक्ष समन्वयमा मात्रै उडान भर्ने गरी उडान अनुमति दिएको भए पनि त्यसलाई वास्तै नगरी आफूखुशी उडान भर्ने गरेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय बबरमहल काठमाडाँैले सिम्रिक एयर प्रालिलाई २०७६ साल मङ्सिर १६ गते लेखेको चलानी नं १०७८ को पत्र र २०७६ साल मङ्सिर २० गते कैलाश हेलिकोप्टर…
कास्की: पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पिपिएल) टी २० क्रिकेट प्रतियोगिताको आजको खेलमा काठमाडौँ गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज टस जितेर व्याटिङ रोजेको काठमाडौँले पूरै ओभर खेल्दै पाँच विकेट गुमाएर १५९ रनको योगफल तयार पारेको थियो । जवाफी व्याटिङमा आएको विराटनगरले अन्तिम ओभरमा दुई बल बाँकी छँदा पूरै विकेट गुमाएर १२३ रन मात्र जोड्न सफल भयो । चार खेल खेलको काठमाडौँ दुई खेलमा जीत तथा दुईमा हारसँगै ४ अङ्क जोडेर समूहमा दोस्रो स्थानमा रहन सफल भयो । एक खेल कम खेलेको बुटवलकोसमेत समान चार अङ्क रहे पनि रनरेटमा…
बाँके: सरकारी उदासिनता र लापरवाहीका कारण अझै केही विद्यार्थी हचुवाको भरमा अध्ययन गर्न बाध्य छन् । उच्च शिक्षाको पहिलो खुड्किलो मानिने एसइई आउन तीन महिनामात्रै बाँकी भए पनि जिल्लाका केही विद्यालयमा शिक्षक अभावमा विद्यार्थीले पढ्न पाएका छैनन् । डुडुवा गाउँपालिकाका अधिकांश विद्यालयमा शिक्षकको अभाव देखिएको छ । शिक्षकको अभावले यहाँका विद्यालयमा गुणस्तरीय त परै जाओस् नियमित पढाइसमेत हुनसकेको छैन । गाउँपालिकाको राष्ट्रिय मावि वनकट्टीमा शिक्षकको अभावले विद्यार्थी पठनपाठनबाट पूर्णरूपमा बञ्चित भइरहेका छन् । पटक–पटक विद्यालय प्रशासनसँग शिक्षक माग गर्दा कहीँकतैबाट व्यवस्थापन हुन नसकेको बताइएको छ । विसं २०६६ मा मावि तहको पढाइ शुरु गरेको विद्यालयमा मावि तहमा एक पनि शिक्षकको…