Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बाँके: गएको आइतबार बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि दुई दिन कोहलपुर बजार तनावपूूर्ण बन्यो । घाइते बालिकाको काठमाडौँमा उपचार भइरहेको छ । कोहलपुरका स्थानीयवासीले उक्त दिनलाई कालो दिन भनिरहेका छन् । दुर्घटनाको आलो घाउ निको हुन अझै समय लाग्ने छ । विद्यालय जान हिँडेकी बालिका प्रकृतिलाई ट्रकले ठक्कर दिएपछि दुई दिनपछि सामान्य बनेको कोहलपुरमा अहिले सडक सुरक्षाका विषयमा बहस हुन थालेको छ । उक्त घटना राष्ट्रिय मुद्दाकै रुपमा स्थापित भएसँगै सडक सुरक्षाका विषयमा चासो, चिन्ता र बहस शुरु भएको हो । यस्ता चासो र चिन्ताका बीचमा कोहलपुरमा दृष्यावलोकन केन्द्र बनाउने कि आकाशे पुल ? भन्नेजस्ता बहस सतहमा…

Read More

काठमाडौँ : आज देशका केही उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेको छ । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा प्रवेश गर्ने भएकाले त्यसले प्रभावले हिमपात हुने सम्भावना बढेको हो । नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताइन । सोही प्रणालीको प्रभावले देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

Read More

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गरेकी छन । राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गरेकी छन । साथै उनले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक, निर्णायकलगायत सम्बद्ध सबैलाई धन्यवाद दिएकी छन । राष्ट्रपतिले उक्त प्रतियोगिताबाट दक्षिण एशियाली मुलुक र जनताबीचको सम्बन्ध थप प्रगाढ भएको महसुस आफूले गरेको पनि बताइन ।

Read More

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का नवनियुक्त राजदूत निकोला पोल्लिटले आज शिष्टाचार भेटवार्ता गरेका छन । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग, आपसी हित र सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । सो अवसरमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूत नियुक्त भएकोमा राजदूत निकोलालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । उनले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदूत निकोलालाई आग्रह गरेका छन । गृहमन्त्री थापाले नेपालको विकासमा…

Read More

काठमाडौं : लुम्बिनी विकास बैकले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको मंसिर २४ गते साँझ बसेको ३५० औं बैंठकले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। बैंकले गत आर्थिक वर्ष २०७५र७६ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ५८ करोड रुपैयाँको ५ प्रतिशत अर्थात १२ करोड ९३ लाख रुपैयाँ बराबरको बोनस र १५ प्रतिशत अर्थात ३८ करोड ८० लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो। अघिल्लो आर्थिक वर्ष २०७४र०७५ मा बैंकले १७।०७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। बैंक सञ्चालक समितिको बैंठकले आर्थिक…

Read More

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको तयारीका लागि पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजे बस्ने बैठकमा भोलिदेखि शुरु हुने केन्द्रीय समिति बैठकका कार्यसूचीबारे छलफल हुने बताइएको छ । केन्द्रीय समिति बैठकमा यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Read More

बनियानी : सरकारी अनुदानमा सञ्चालनमा आएको झापाको भद्रपुर–२ पृथ्वीनगरस्थित चिया कारखानाले तीन वर्षको अवधिमा रू ८ करोड ५२ लाख बराबरको चिया उत्पादन गरेको छ । सरकारको ५० प्रतिशत र साना चिया किसानको ५० प्रतिशत लगानीमा स्थापना भएको साना किसान चिया प्रशोधन कारखानाले गत असार मसान्तसम्ममा छ लाख ७९ हजार ९४५ केजी तयारी चिया बिक्री गरी रु आठ करोड ५२ लाख ८० हजार ३१३ आम्दानी गरेको हो । साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापनमा सञ्चालित कारखानाले आव ०७५÷०७६ मा मात्र चार लाख ३६ हजार ३९० केजी तयारी चिया उत्पादन गरेको संस्थाका प्रबन्धक देवीप्रसाद कोइरालाले जानकारी दिए । किसान आफैँले…

Read More

भरतपुर : नारायणगढ–मुग्लिन सडकखण्ड पर्सीदेखि दुई सातासम्म दिउँसोको समयमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले पर्सी मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुङ्गामा रोकिनेछन् । यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार…

Read More

काठमाडौं : सरकारले स्मार्ट लाइसेन्सको छपाइका लागि ल्याएको ‘मास प्रिन्टर’ बाट कार्डको छपाइ कार्य  सुरु भएको छ । नेपाल भित्रिएको तीन महिना बित्दा पनि प्रयोगमा नल्याइएको मास प्रिन्टरले यसै हप्ताबाट नियमित प्रिन्टिङ थालेको हो । विभागका महानिर्देशक गोगनबहादुर हमाल अब ४ महिनाभित्रै सबै स्मार्ट लाइसेन्सको छपाइ बसेर सेवाग्राहीलाई वितरण गरिने बताउँछन् । इटालियन कम्पनी माटिकाको यो मेसिनले घण्टाको ४५० वटासम्म लाइसेन्स प्रिन्ट गर्न सक्ने विभागको दाबी छ । अहिले यो मेसिन दिनमा ८ घण्टा मात्रै चलाएर लाइसेन्स छापिँदैछ । अब दिनमा तीन सिफ्ट गरेर कर्मचारीलाई लाइसेन्स प्रिन्टमा खटाउन लागिएको हमालले बताए । ‘अब ७(७ घण्टाको तीनवटा…

Read More

चितवन : भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो । धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिए । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ । गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँचरपाँच वटा जहाजले काठमाडौँ र एकरएक वटा जहाजले पोखरा उडान भर्दै आएका छन् ।

Read More