Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    • अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
    • भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
    • नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
    • नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 27
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कोहलपुरमा सडक सुरक्षाको बहस

    कोहलपुरमा सडक सुरक्षाको बहस

    पहिलोक्लिकपहिलोक्लिकDecember 12, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    बाँके: गएको आइतबार बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि दुई दिन कोहलपुर बजार तनावपूूर्ण बन्यो ।

     

    घाइते बालिकाको काठमाडौँमा उपचार भइरहेको छ । कोहलपुरका स्थानीयवासीले उक्त दिनलाई कालो दिन भनिरहेका छन् । दुर्घटनाको आलो घाउ निको हुन अझै समय लाग्ने छ ।

     

    विद्यालय जान हिँडेकी बालिका प्रकृतिलाई ट्रकले ठक्कर दिएपछि दुई दिनपछि सामान्य बनेको कोहलपुरमा अहिले सडक सुरक्षाका विषयमा बहस हुन थालेको छ । उक्त घटना राष्ट्रिय मुद्दाकै रुपमा स्थापित भएसँगै सडक सुरक्षाका विषयमा चासो, चिन्ता र बहस शुरु भएको हो । यस्ता चासो र चिन्ताका बीचमा कोहलपुरमा दृष्यावलोकन केन्द्र बनाउने कि आकाशे पुल ? भन्नेजस्ता बहस सतहमा देखिएका छन् ।

     

    कोहलपुर नगरपालिकाले ठूलो धनराशि खर्चेर शहरकै मुख्य ठाउँमा दृष्यावलोकन केन्द्र बनाउने योजना अघि सारेको छ । आइतबारको घटनापछि कोहलपुरवासीले उक्त योजनामा सरकारी पैसा खर्चिनुभन्दा सडक सुरक्षाजस्ता प्रभावकारी काम गर्न सुझाव दिएका छन् । गत आइतबारको घटनापछि कोहलपुरमा थप दुई वटा दुर्घटना भएका छन् । शहरमा जनघनत्व बढेसँगै सडक सुरक्षा चुनौती बनिरहँदा आकाशे पुलको योजना अर्थहीन भएको कोहलपुरवासीको भनाइ छ ।

    कोहलपुरका स्थानीय एवं होटल व्यवसायी देवानन्द अर्याल भन्छन, “कोहलपुर नगरपालिकाले जनताले तिरेको करबाट अनावश्यक रु ११ करोड खर्च गरेर न्यूरोड गोलपार्कमा दृष्यावलोकन केन्द्र बनाउनुभन्दा दिनहुँजसो दुर्घटना हुने न्यूरोड चोक, एनटिभी रोड चोक, धिताल पम्प, साझा चोक, विद्युत् चोक र त्रिभुवन माध्यमिक विद्यालय अगाडि पैदलयात्रुका लागि आकाशे पुल बनाउन जरुरी छ । यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।”

     

    कोहलपुरका स्थानीयवासी एवं साहित्यकार शङ्कर अशान्त पनि अर्यालको सुझावप्रति सहमत हुँदै भन्छन, “एउटै जोकले बारबार हसाउन सकिन्न ! भ्यूटावरको थोरबहुत प्यास रोहिणीमै मेट्न सकिन्छ । बिना अर्थको भ्यूटावरको अहिले आवश्यकता छैन । त्यही बुटवलमा २०० मिटरको फरकमा बनेका आकाशे पुलले दिएको रौनक र सवारी सुरक्षा निकै प्रभावकारी देखिएको छ । अझै बिग्रेको छैन, नगरपालिकाले ध्यान देओस् ।”

     

    स्थानीय भेषराज पौडेलले भ्यूटावरजस्ता काम विकासको मानक हुन भन्ने सोचाइ कहिले अन्त्य होला भन्दै प्रश्न गर्छन । पौडेल भन्छन, “भ्यूटावरलाई नै विकास भनेर किन अथ्र्याइन्छ कुन्नी ? भ्यूटावरका उत्पादन के के हुन्, कुन कुन विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्ने हो ? अहिलेको आवश्यकता के हो ? भ्यूटावर नै विकासको आधार हुन सक्दैन ।” उनले आवश्यकता पहिचान गरेर विकासका योजना ल्याउन स्थानीय तहसँग आग्रह गरे । अब भ्यूटावर होइन कोहलपुरका मुख्य सडक चोकमा आकाशे पुल बनाउन नगरपालिकाले ध्यान दिनुपर्छ उनले थपे ।

     

    कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले सडक सुरक्षाका विषयमा नगरपालिकाले छलफल चलाउने बताए। उनले भने, “सडक सुरक्षा चुनौतीपूर्ण देखियो । स्थानीय सरकार सुडक सुरक्षाका विषयमा गम्भीर पनि छ । यस विषयमा हामी सबै सरोकारवालासँग छलफल गरेर आगामी योजना तयार गर्छांै । सबैसँगको छलफलका आधारमा नगरपालिकाले ठोस कार्ययोजना बनाउँछ ।”

     

    नेपालगञ्ज र कोहलपुरमा बढ्दो जनघनत्वका कारण पैदलयात्रुलाई सडक वारपार गर्न निकै सास्ती खेप्नुपर्छ । सवारी .साधनले व्यस्त चोकमा पैदलयात्रुको चाप पनि उतिकै हुन्छ । ट्राफिकले दुवैतिरका सवारी नरोकेसम्म कुरिरहनुपर्ने बाध्यता पैदलयात्रुले झेल्दै आएका छन् । कोहलपुर नगरपालिका–६ कि प्रतीक्षा केसीले कोहलपुर बजारका चोकमा सरासर बाटो काट्न समस्या हुने गरेको सुनाउछिन ।

     

    आकाशे पुल नहुँदा सरासर बाटो काट्न मुस्किल पर्ने र पर्खिएर बस्नुपर्दा कतिपय कामहरु छुट्ने गरेको उनको गुनासो छ । कोहलपुर र नेपालगञ्जका मुख्य सडकका धेरै स्थानमा आकाशे पुल बनाउनै पर्ने आवश्यकता रहेको पैदलयात्रुको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिकाले समेत आकाशे पुल बनाउने योजना अघि सारेको छ । कोहलपुरमा पनि बढ्दो शहरीकरण र सवारी चापका कारण सडक सुरक्षाका लागि आकाशे पुल आवश्यकता महसुस गरिएको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026

    अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग

    November 25, 2026

    भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव

    November 25, 2026

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.