काठमाडौं : लुम्बिनी विकास बैकले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको मंसिर २४ गते साँझ बसेको ३५० औं बैंठकले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
बैंकले गत आर्थिक वर्ष २०७५र७६ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ५८ करोड रुपैयाँको ५ प्रतिशत अर्थात १२ करोड ९३ लाख रुपैयाँ बराबरको बोनस र १५ प्रतिशत अर्थात ३८ करोड ८० लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
अघिल्लो आर्थिक वर्ष २०७४र०७५ मा बैंकले १७।०७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।
बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।
हाल २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३० प्रतिशत बराबरको १२ करोड ९३ लाख ४८ हजार १७५ रुपैयाँ बोनस पश्चात २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ६८६ रुपैयाँ कायम हुनेछ।
यस्तै बैंकले नगद लाभांश वापत ३८ करोड ८० लाख ४४ हजार ५२६ रुपैयाँ नगद लाभांश समेत वितरण गर्नेछ।
बैंकले बोनस र नगद गरि कूल ५१ करोड ७३ लाख ९२ हजार ७१० रुपैयाँ बराबरको लाभांश बाँड्ने प्रस्ताव गरेको हो।
बैंकले गत आव २०७५र७६मा ५५ करोड ७३ लाख ८० हजार ५१२ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा बैंकको शेयरधनी कोषमा ४८ करोड ५७ लाख १८ हजार र शेयर प्रिमियममा एक करोड ४२ लाख ७२ हजार रुपैयाँ सञ्चित रहेको थियो।