Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बसिरहेको छ । आज दिउँसो १ बजे बस्ने स्थायी समिति बैठकको प्रस्तावहरु तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो । सत्तारूढ नेकपा स्थायी समिति बैठक एक वर्षपछि आज बस्न लागेको हो । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्छ। यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन। एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको हो। …

Read More

काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसमको पूर्वानुमानबारे सूचना जारी गरेको छ । न्युन चापीय प्रणालीको प्रभावले देशभरीको भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली हुने जारी गरेको सूचनामा उल्लेख गरिएको छ । आइतबार दिउँसो देशका अधिकांश भू–भागमा बदली हुनेछ । देशको पश्चिमी क्षेत्रका केही स्थानमा, मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ । रातिको समयमा भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । हिमाली क्षेत्रमा रातिको समयमा पनि हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

Read More

काठमाडौं : सत्तारूढ नेकपा स्थायी समिति बैठक एक वर्षपछि आज बस्दै छ। पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्छ। यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन। एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी समितिअगाडि सचिवालय बैठक बस्नेछ। सचिवालयले स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ। मंसिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक तोकेको थियो। मंसिर २७ मा…

Read More

चौतारा : कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै आज बिहान साढे ७ बजे बस सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा सिन्धु सदाबहार अस्पताल खाडिचौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा२ख ४४६८ नंको बस दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म एक जनाको मात्रै सनाखत भएको छ । दोलखा भीमेश्वरी नगरपालिका–४ की ३६ वर्षीया जुना तामाङको सनाखत भएको छ । दुर्घटनामा १७ जना…

Read More

काठमाडौं: धनुषाको महेन्द्रनगरमा भएको बम बिष्फोटमा परी ज्यान गुमाएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको शनिबार पशुपति आर्यघाटमा स-(सम्मान दाहसंस्कार गरिएको छ। कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गरेका ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी निरीक्षकको पार्थिव शरीरमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरूले दाहालको पार्थिव फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै प्रहरी नायव महानिरीक्षकहरु, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु तथा स्व। दाहालका परिवारजन एवं आफन्तजनले समेत दाहालको पार्थिव शरीरमा फूलगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । प्रहरी निरीक्षक दाहालको सम्मानमा नेपाल प्रहरी संगीत…

Read More

बारा (निजगढ): तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको छ । तराईलाई काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण भइरहेको आयोजनाको सुरुङ र पुलबाहेकको भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा रहेको छ । सेनाले विभिन्न १० स्थानमा वेसक्याम्प खडा गरेर निर्माणलाई गति मात्रै दिएको छैन, मुलुकको पहिलो द्रुत मार्ग निर्माणलाई प्रत्यक्ष रुपमा नेतृत्वसमेत गरेको छ । निर्माणको गति र भइरहेको कामको प्रगतिका आधारमा चालु आवको अन्त्यसम्म सेनाले सडकतर्फको सबै काम सम्पन्न हुनेछ । कालोपत्र गर्नेसम्मको सडक आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ विभिन्न ३० प्याकेजमा काम भइरहेको छ ।…

Read More

काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीलाई सहमति एवं सहकार्यमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ । आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका कार्यसूची र पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सम्बन्धमा छलफलका लागि सभापति देउवा आज बिहान वरिष्ठ नेता पौडेल निवास बोहराटार पुग्नुभएको थियो । पार्टी उपसभापति विमलेन्द्र निधि सम्मिलित छलफल करीब एक घण्टासम्म भएको नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडान दोहो¥याउनुभएको थियो । सभापति देउवाले भने पार्टीका अन्तरिम समायोजनसम्बन्धी कार्य सम्पन्न गरी केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको…

Read More

वालिङ : स्याङ्जाको सुन्तला चीन निर्यात गर्नका लागि नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्नका लागि अपनाउन सकिने रणनीतिकाबारेमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ । कृषि ज्ञानकेन्द्र स्याङ्जाको आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाको कार्यक्षेत्रभित्रका तथा सम्भावित क्षेत्रका नगरपालिका, गाउँपालिकाका प्रमुख एवं सम्बन्धित वडाध्यक्षसँग सुन्तलाको गुणस्तरका विषयमा छलफल गरिएको प्रधानमन्त्री कुषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनका सञ्चालक समिति संयोजक बोधराज अर्यालले बताउनुभयो । “स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार चीनको तिब्बत निर्यात गर्ने यसअघि नै सम्झौता भए पनि विविध कारणवश कार्यान्वयन हुन सकेको छैन”, उहाँले भन्नुभयो, “सम्झौता कार्यान्वयनमा केही अप्ठ्यारो रहेकाले सुन्तला निर्यातमा समस्या देखिएको छ, चीनका राष्ट्रपति नेपाल भ्रमणमा…

Read More

विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी, उम्मेदवारको चयनलगायत मात्र भएको प्रष्ट पार्नुभयो । जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत दिएको मान्नु पर्ने उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले पार्टीभित्र एक व्यक्ति एक पदअनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग अगल हुनुले सरकार सञ्चालन र पार्टी सङ्गठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन…

Read More

काठमाडौँ: तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ । चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले जानकारी दिनुभयो । उनीहरुले कुकर बम विष्फोट गराएको अनुसन्धानमा देखिएको उहाँले राससलाई जानकारी दिनुभयो । “व्यक्तिगत कारणले बम राखेको हुनसक्छ, विप्लव समूहले दशैँका बेला चन्दाका लागि भनेर पत्र पनि पठाएको रहेछ, पैसा नदिएपछि यो घटना घटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ”, प्रहरी नायब उपरीक्षक कार्कीले भन्नुभयो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको थियो…

Read More