Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशिया राजमार्गका रुपमा विकास गरिने पूर्वपश्चिम राजमार्ग हेटौँडा बजारको मध्य भागबाट नलगिने बताएका छन् । नारायणी यातायात व्यवसायी प्रालिद्वारा आज आयोजित कार्यक्रममा उनले व्यस्त बजारको बीचबाट अन्तर्राष्ट्रिय मापदण्डको राजमार्ग लैजाँदा विकासशील हेटौँडाको विकास प्रक्रियासमेत रोकिने बताए । ठूला ठूला लहरी, मालवाहक वा अत्यधिक गतिमा कुद्ने मोटर व्यस्त बजारबाट गुडाउने कुराले आधुनिक विकास हुन नसक्ने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले ५० मिटरको फराकिलो बाटो चौकी टोल–कर्रा खोला–रातोमाटे भएर बन्न शुरु भइसकेको बताए । कसैको घर भत्किए मेरो घरअगाडि पर्छ भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने भन्दै उनले बजार क्षेत्रमा ३२ मिटरको फराकिलो…

Read More

सर्लाही: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अरु देशका श्रमिक जस्तै नेपालका श्रमिकले पनि समान पारिश्रमिक (ज्याला) पाउनुपर्ने बताएका छन् । ‘विदेशबाट आउने विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रमको आज हरिवनमा सम्बोधन गर्दै उनले अन्य देशका श्रमिकसरह नेपालका श्रमिकले समान ज्याला पाउनुपर्ने विषयमा आफूले पहल गर्न लागेको जानकारी गराए । “अरु देशका श्रमिकले पाउने पारिश्रमिकभन्दा यहाँका श्रमिकले कम श्रम पाउनुहँुदैन, समान पारिश्रमिकका लागि योजना बनाउन लागेको छु,” उनले बताए। यहाँका युवालाई रोजगारीका लागि युरोप र जापान पठाउन पहल भइरहेको उनले बताए । वैदेशिक रोजगारीमा जाने व्यक्तिले सीप सिकेर जानुपर्नेमा उनको जोड थियो…

Read More

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताएका छन् । काठमाडौँमा आज भएको प्रहरी निरीक्षक आधारभूत तालीमको दीक्षान्त समारोहमा गृहमन्त्री थापाले प्रहरीलाई कर्तव्यपथबाट विचलिन नहुन आग्रह गरे । उनले भने, “प्रहरीको सानो लापरबाही सिङ्गो सङगठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुनसक्छ, राज्यले दिएको जिम्मेवारीबाट विमुख हुने अधिकार तपाइँहरुलाई छैन ।” उनले सङ्गठनमाथिको विश्वासलाई थप सुदृढ बनाउन प्रहरीले व्यक्तिगत अफ्ठेरालाई थाँती राखेर कर्तव्यपालन गर्नुको अर्काे विकल्प नरहेको बताए । गृहमन्त्री थापाले नेपाल प्रहरीको पहिलो प्राथमिकता लोकतान्त्रिक पद्धतिमा आएका सामाजिक असन्तुष्टि, प्रशासनिक अड्चन र राजनीतिक तथा व्यक्तिगत अधिकारका द्वन्द्वका बीचमा आफुलाई संयमित बनाई निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक…

Read More

चितवन : पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख ८४९० नंको बस राप्ती नगरपालिका–६ हर्दीमा अनियन्त्रित भई पल्टिएको थियो । कार्यालयका अनुसार बस सडकबाट तल खेतमा झरेको थियो । बसमा २३ जना सवार थिए । अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । उनका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना बिहान ११ः१० बजे भएको हो ।

Read More

भक्तपुर: सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा आज कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा५ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट घ्याम्पेडाँडामा पिकनिक मनाउन जाने क्रममा साँघुरो सडकबाट बस बाटोबाट खसेर दुर्घटना हुँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् भने अन्य २० घाइते खतरामुक्त रहेका महानगरीय प्रहरीबृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । पिकनिकका लागि ११ गाडीमा कलेजका विद्यार्थी र शिक्षक गएका उक्त बस पाइलट बाबा आश्रम नजिकै सडकबाट खसेर रुखमा अड्केपछि ठूलो दुर्घटनाबाट बचेको उनले बताए । दुर्घटनाका घाइतेमध्ये दुईको भक्तपुर अस्पतालमा र…

Read More

काठमाडौँ: सडक बोर्ड नेपालले काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न सडकका खाल्डाखुल्डी मर्मतका लागि छुट्याएको रकम खर्च हुन सकेको छैन । बिभिन्न जिल्लामा रहका डिभिजन सडक कार्यालय सडक मर्मतमा भन्दा नयाँ निर्माणमा लाग्दा मर्मतको काम योजनाभन्दा कम सम्पन्न भएको छ । केही वर्षदेखि बर्सेनि ८० देखि ८५ प्रतिशतसम्म मात्रै बजेट खर्च भइरहेको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले बताए । उनका अनुसार एकातिर सडक बोर्डले अझै पनि नेपाल सरकारबाट पाउनुपर्ने जति रकम पाइरहेको छैन भने अर्कातिर भएको बजेट पनि खर्च हुन सकिरहेको छैन । सडक डिभिजनलाई सडक विभागले नयाँ निर्माणमा लगाइरहेको छ । उनले भने, “नयाँ निर्माणको काम…

Read More

सिमकोट: हुम्लाका उच्च हिमाली क्षेत्रका लामा बस्ती यतिबेला सुनसान हुन थालेका छन् । चिसो अत्यधिक बढेपछि नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका लामा समुदाय बसोबास गर्दै आएका बस्तीहरु सुनसान भएका हुन् । उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ का तिल जाङ्घ, हल्जि र लिमीका बासिन्दाहरु चिसो छल्न र व्यापार व्यवसाय गर्न जिल्ला बाहिर निस्किएका हुन् । सिमकोट गाउँपालिका वडा नं ३ (साविक ७, ८ र ९) मा पर्ने लिमाटाङ्ग गाउँ सुनसान बनेको छ । कुल ४५ घरधुरी रहेको लिमाटाङ्ग गाउँमा एक जना घर कुरुवा बाहेक दुई÷तीन वर्षयतादेखि अरु कोही पनि नबसेको स्थानीयवासी ज्याम्फाल लामाले बताए । वृद्ध लामाका अनुसार आफ्नो परिवारका सबै…

Read More

जनकपुरधाम: जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि त्रिस्थलीय पर्यटन प्रवद्र्धन अभियान सञ्चालनमा जोड दिइएको छ । आगामी पुस १२ देखि १६ गते पोखरामा हुने २१औँ पोखरा सडक महोत्सवका सन्दर्भमा आज यहाँ आयोजित सञ्चारकर्मीसँग छलफल कार्यक्रममा उक्त अभियानमा जोड दिइएको हो । धार्मिक पर्यटकीय प्रवद्र्धनका दृष्टिले जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिर महत्वपूर्ण तीर्थस्थल भएकाले तीनवटै स्थललाई पर्यटक यात्रा प्याकेजका रूपमा प्रवद्र्धनमुखी अभियान सञ्चालन आवश्यक भएको स्पष्ट गरिएको छ । जनकपुरधाम मिथिला संस्कृतिको उद्गमस्थल भए पनि अन्तरदेशीय पर्यटक यात्रा प्याकेजअन्तर्गत नरहेका कारण जनकपुरधाममा तीर्थयात्रीको बसाइ न्यून हुने भएकाले त्रिस्थलीय पर्यटक यात्रा प्याकेज कोसेढुङ्गे साबित हुने विश्वास…

Read More

सिञ्जा: मालपोत कार्यालय जुम्लामा अनलाइन प्रणालीबाट सेवा सञ्चालन भएदेखि सेवाग्राहीले दुःख पाएको गुनासो गरेका छन् । पहिले एक दिनमै हुने काम अहिले अनलाइनबाट हुँदा एक हप्तादेखि झण्डै एक महिनासम्म लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । कनकासुन्दरी गाउँपालिका–८ भट्टवाडाकी विष्णुमाया भट्टले मालपोत कार्यालय धाउन लागेको छ दिन भएको बताए । अझै कति दिन लाग्ने भन्ने थाहा नभएको उनको गुनासो थियो । भट्टवाडाकै कृष्ण भट्ट पनि मालपोत धाउन लागेको आठ दिन भयो । प्रणालीले काम नगर्दा काम हुन नसकेको कर्मचारीले बताउने गरेका उनको भनाइ छ । बिना पूर्वतयारी हतारमा अनलाइन प्रणालीबाट सेवा दिँदा यस्तो परिणाम आएको भट्ट बताउछन् ।…

Read More

काठमाडौँ: उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले अनुरोध गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पदमा पुरुष व्यक्तिलाई निर्वाचित गराउन लागेको भन्ने समाचार सार्वजनिक भइरहेकामा मौलिक जरोकिलो पार्टी, महिला विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउनु भनेको एउटाको अपराधको सजाय अर्कोलाई दिनु जस्तै हो, जुन घोर अन्यायपूर्ण कार्य हुन जाने महिला विभाग संयोजक हिराकुमारी लामिछानेले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । उपसभामुखको कार्यसम्पादनको मूल्याङ्कन गरी तुम्बाहाम्फेलाई नै सभामुख बनाउनु न्यायसङ्गत हुने मौलिक जरोकिलो पार्टी, महिला विभागको ठहर छ…

Read More