Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भीमदत्तनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीका ज्ञानेन्द्र बोहरा दैनिक छ किलोमिटर हिँडेर विद्यालय जान्छन् । बस्तीमा रहेको विद्यालय माविस्तरको नहुँदा उनीजस्तै त्यहाँका अन्य विद्यार्थी पनि दैनिक छ किलोमिटर हिँडेर विद्यालय जान बाध्य छन् । भौगोलिक रुपले विकट मानिएको खल्ला मसेटीमा सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा त्यहाँका विद्यार्थीले दैनिक छ किलोमिटर हिँडेर विद्यालय जानुपरेको बोहराले बताए । कक्षा ९ मा अध्ययनरत ज्ञानेन्द्र बोहराले थपे, “आफूहरु चुरेफेदको डरलाग्दो बाटोबाट जोखिम मोलेर भएपनि अध्ययनका लागि दैनिक छ किलोमिटर हिँडेर ब्रह्मदेवस्थित सिद्धनाथ मावि जाने गर्छै ।” “जङ्गलको बाटो, माथि भीर तल महाकाली हिँड्नै गाह्रो हुन्छ”, उनले दुखेसो पोख्दै भने, “ खल्ला मसेटी गाउँमा…

Read More

पोखरा: रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) पोखराको आयोजनामा यही पुस १२ देखि १६ गते (डिसेम्बर २८ देखि जनवरी १ तारेख)सम्म २१ औँ संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ । ‘सडकमै खाऔँ, सडक रमाऔँ’ भन्ने नाराका साथ प्रत्येक अङ्ग्रेजी नयाँ वर्षका अवसरमा गरिँदै आइएको महोत्सवलाई यस वर्ष पनि भव्यताका साथ सम्पन्न गर्ने गरी तयारी गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रेवानका उपाध्यक्ष एवं महोत्सव व्यवस्थापन मूल समितिका संयोजक लक्ष्मण बरालले जानकारी दिए । पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाउन महोत्सव बहुउपयोगी बन्दै गएको बताउँदै उनले अधिकतम सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक भित्र्यााउन महोत्सव प्रभावकारी माध्यम बनेको बताए…

Read More

बेझाड: पाल्पा जिल्लामै पहिलोपटक रामपुरमा उत्पादन भएको साइलेज (घाँसलाई गुन्द्रक बनाउने) को माग बढ्दो छ । यहाँ उत्पादन भएको साइलेज अहिले विभिन्न जिल्लामा खपत हुने गरेको छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ । पशु आहारका लागि राम्रो मानिने साइलेज जिल्लाको रामपुर नगरपालिकामा उद्योग नै सञ्चालन गरी उत्पादन थालिएको हो । प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख र कामधेनु गाई फार्मको रु २५ लाखको सहकार्यमा साइलेज उत्पादन शुरु गरिएको…

Read More

काठमाडौँ : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ । रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति सङ्घीय संसद्बाट पत्र प्राप्त गरिसकेपछि आयोगले आन्तरिक छलफल गर्दै तयारीको काम आरम्भ गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, “हामीले आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभाको निर्वाचन सक्नु पर्नेछ ।” राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५…

Read More

काठमाडौँ: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले विज्ञान र प्रविधिका क्षेत्रमा प्रतिभाको सम्मानका लागि रु दुई लाख राशिको ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’ लगायत चार नयाँ पुरस्कार स्थापना गरेको छ । नास्टले रु २५ हजार राशिको ‘महिला विज्ञान तथा प्रविधि पुरस्कार’ रु २५ हजार राशिको ‘विज्ञान शिक्षक पुरस्कार’(प्लस टु सम्म), रु २५ हजार राशिको उत्कृष्ट विद्यार्थी पुरस्कार (प्लस टु सम्म छात्र–१, छात्रा–१) पनि स्थापना गरेको सो संस्थाका सचिव डा महेशकुमार अधिकारीले जानकारी दिनुभयो । ती पुरस्कार यही मङ्सिर २० गते प्रदान गरिनेछ । यसअघि स्थापना गरिएका सहित विभिन्न १६ पुरस्कारबाट २७ जना वैज्ञानिक तथा प्रतिभालाई पुरस्कार गर्न लागिएको…

Read More

काठमाडौँ: तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोर्कणस्थित शहीद पार्कमा आज भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले नेपाललाइ स्वर्ण दिलाएका हुन् । सोही स्पर्धामा पुरुषतर्फ नेपालका निरभ श्रेष्ठले रजत पदक जित्नुभयो भने महिलातर्फ नेपालकी जमुना थापाले रजतपदक हात पारे । दक्षिण एशियाली खेलकूदको साइक्लिङमा नेपालले पहिलोपटक स्वर्ण पदक जितेको हो ।

Read More

काठमाडौँ: मौलिक जरोकिलो पार्टीले सर्वसाधारणलाई सडक सुरक्षाको प्रत्याभूति गराउन र प्रत्येक सडक दुर्घटनालाई गम्भीरतापूर्वक लिएर भविष्यका लागि पाठ सिक्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । सडक यातायात असुरक्षित हुँदै गए पनि सर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सुरक्षाको विषयमा सरकार गम्भीर नभएको पार्टी प्रवक्ता लीलाबहादुर बानियाँले आज जारी भएको विज्ञप्तिमा उल्लेख छ । बागलुङ्गको बडिगाडमा मङ्गलबार भएको जीप दुर्घटनामा मृत्यु भएका यात्रुप्रति पार्टीले श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । गत हप्तामात्र अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा बस दुर्घटना हुँदा १९ को मृत्यु भएको घटना नसेलाउँदै फेरि बागलुङमा जीप दुर्घटना भएको हो । यसअघि दशैँ र…

Read More

चितवन: भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा आज बिहान गैँडा मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंँडा मृत अवस्थामा भेटिएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बिहान ९ः३० बजेको समयमा खाग र खुरसहितको गैँडा भेटिएको खबर प्राप्त भएको हो । सो स्थानमा नदीले बगाएको अवस्थामा गैँडा भेटिएको थियो । गैँडालाई बग्न नसक्ने गरी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले बाहिर निकालेको जनाइएको छ । घिमिरेले सो स्थलमा निकुञ्जका चिकित्सकको टोली पुगेपछि यथार्थ विवरण भन्न सकिने बताए । बुढो गैँडा पानी खान जाने क्रममा नदीमा डुबेर बगाएको अनुमान गरिएको घिमिरेको भनाइ छ…

Read More

काठमाडौँ: सरकारले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा विभागमा छाप्न बाँकी चालक अनुमतिपत्र गत महिनाभन्दा बढेका हुन् । गत कात्तिक मसान्तसम्ममा झण्डै सात लाख ८६ हजार चालक अनुमतिपत्र छाप्न बाँकी रहेका यातायात व्यवस्था विभागले जनाएको छ । अहिले विभागमा रहेका पुराना ‘प्रिन्टर’ बाट छपाइ भइरहेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । उनका अनुसार पुराना उपकरणको क्षमताभन्दा बढी चालक अनुमतिपत्र छाप्नुपर्ने बाध्यता रहेकाले छाप्नुपर्ने चालक अनुमतिपत्र बढिरहेका हुन् । ‘मास प्रिन्टर’ सञ्चालनका लागि दक्षजनशक्ति नहुँदा अहिल यहाँ कार्यरत जनशक्तिलाई तालीम दिइरहेको उनले बताए । ‘मास…

Read More

बाँके: बाँकेमा साना तथा ठूला पूर्वाधार निर्माणका काम अघि बढिरहेका छन् । तर ती आयोजनाहरु नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवाको अभावमा काम गर्न नसक्ने अवस्थामा पुगेका छन् । चालू आर्थिक वर्षको पाँच महिना बितिसक्दासमेत नदीजन्य पदार्थको अभाव भएको छ । हरेक वर्षजस्तै यस वर्ष पनि जिल्लामा नदीजन्य पदार्थको अभाव देखिएपछि आयोजनाहरु सञ्चालनमा समस्या देखिएको छ । नदीजन्य पदार्थको सबैभन्दा ठूलो स्रोत रहेको राप्तीसोनारी गाउँपालिकाले समयमै ठेक्काको टुङ्गो नलगाउँदा जिल्लामा सञ्चालित आयोजनाहरु प्रभावित हुने भएका छन् । गत वर्ष वातावरणीय प्रभाव मूल्याङ्कनका कारणले फागुनबाट मात्रै नदीजन्य पदार्थको ठेक्का सम्झौता भई निकासा शुरु भएको थियो । यस वर्ष…

Read More