Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : नेपालले १३ औं दक्षिण एसियली खेलकुद सागमा कराँतेमा आज सोमबार अर्को स्वर्ण जितेको छ । सातदोबाटोस्थित कराँते हलमा संचालन भएको कराँतेको कुमुतेमा ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले नेपालका लागि अर्को स्वर्ण पदक दिलाएका हुन्। उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १–० को अन्तरले पराजित गरे। यसैबीच नेपालका विप्लवलाल श्रेष्ठले कराँतेको कुमुतेतर्फ ८४ माथि तौल समूहमा स्वर्ण जितेका छन्। यससँगै नेपालले कराँतेमा पाँचौ स्वर्ण पदक हातपार्दा पुरा दश स्वर्ण हात पारेको छ। फाइनलमा खेलमा विप्ललाले पाकिस्तानका मुहम्मोद बाजलाई ६–५ को स्कोरले पारजित गर्दै स्वर्ण जितेका हुन्। यसअघि भएको सेमिफाइनलमा उनले श्रीलंकाका मागुना गुमारालिंगेलाई ८–० अन्तरले पराजित…

Read More

काठमाडौँ : मंसिर महिना सुरु भएसंगै सुनचादी पसलमा चहलपहल बढेको छ। बजारमा अहिले सुनको भाउ ७१ हजार ४०० रहेको छ भने दैनिक २५ किलोको हाराहारीमा सुनको कारोबार हुन थालेको छ। सुनचाँदीको व्यापार गत वर्ष यही महिनाको तुलनामा जस्तो उत्साहप्रद नभएको गुनासो ब्यक्त गर्दै ब्यापारी तेज रत्न शाक्यले भने, ‘सुनचादीको व्यापार अहिलेको समयमा सन्तोषजनक भएतापनि उत्साहजनक भने छैन। पोहोर साल मंसिर महिनामा दैनिक ४० देखि ४५ किलोको हाराहारीमा कारोबार हुने गरेको थियो तर यसपाली लगभग ४० प्रतिशतले गिरावट आएको छ ।’ बजारमा सुनको भाउ बढ्नुनै कारोबारमा गिरावट आउनुको प्रमुख कारण रहेको शाक्यले औलाए । नेपाली समाजमा लगनको महिनामा…

Read More

पोखरा : १३ औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ । पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्‍यो । अन्जली चन्दको कीर्तिमानी बलिङका कारण नेपालको जीत सहज भएको हो । यसमा काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो । यसैबीच आजको महिला क्रिकेटमा अञ्जली चन्दले कीर्तिमानी बलिङ गरेकी छन । खेलको छैटौं ओभरमा बलिङ गर्न आएकी उनले एक रन पनि नदिई तीन विकेट लिइन् । नवौं ओभरमा पनि दुई…

Read More

मध्यपुरथिमि : मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले टिप्परले ठक्कर दिई घाइते विकलाई तत्कालै उपचारका लागि इवामुरा मेमोरियल अस्पताल लगिएकामा मृत्यु भएको बताए । ठक्कर दिई फरार रहेको सवारी साधनलाई सिसी टिभीबाट प्राविधिक अनुसन्धान तथा विभिन्न स्थानमा प्रहरी टोली खटिई खोजी गर्ने क्रममा काठमाडाँै कोटेश्वर तीनकुनेबाट बा।३ख। २५३१ नंको टिप्पर र चालक काभ्रे महाभारत गापा–८ घर भई हाल काभ्रे साँगा बस्ने ३० वर्षीय सिद्धिमान तामाङलाई पक्राउ गरिएको छ ।

Read More

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को पदक जितेको छ । १८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । यो सागमा नेपालको पाँचौं स्वर्ण हो ।

Read More

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ । गत सोमबार भएको खेलमा मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो । मण्डेकाजीले पुरुष एकल कातामा पनि नेपाललाई स्वर्ण दिलाएका थिए ।

Read More

भोजपुर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गरिने बताएका छन । बालागुरुको १८५ औं जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले षडानन्दको योगदानलाई कदर गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा राखे । षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रदेश १ सरकारबाट निर्णय गरेर केन्द्र पठाउने समेत बताउँदै मुख्यमन्त्री राईले भने “उनको योगदानको सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ तर यसमा ढिला भइररहेको छ, म प्रदेश सरकारबाट निर्णय गरेर तत्काल केन्द्र सरकारमा पठाउँछु ।’’ सो अवसरमा उनले प्रदेश १ सरकारको करिब १३ लाख लागतमा बन्ने षडानन्द बहुउद्देश्यीय धर्मशालाको शिलान्यास…

Read More

काठमाडौँ : सामुदायिक विद्यालयमा कोरियाली धारका इसाईहरू प्रवेश गरी हप्तामा एक दिन सबै विद्यार्थी राखेर प्रार्थना गर्ने वातावरण मिलाइदिए छात्रावाससहित भौतिक संरचना निर्माण गरिदिने वचन दिन थालेका छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित भूमिस्थली भन्ने स्थानमा रहेको बालसुधार माध्यमिक विद्यालयमा प्रवेश गरी एकान्तकुनाबाट आएको भन्दै यस्तो प्रलोभन देखाएको प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिए । प्रस्ताव स्वीकार गरे सबै कुरा थाहा पाइन्छ भन्दै त्यो समूहले संस्था र त्यसमा संलग्न व्यक्तिको नामसमेत बताउन चाहेन । बरु प्रभु येशुको प्रार्थना गरे सबै ठीक हुने दाबी गरेको थियो । “हामी वैदिक सनातन हिन्दू धर्मावलम्बी भए पनि विद्यालयमा सरस्वती वन्दनाबाहेक कुनै पनि धार्मिक क्रियाकलाप गर्दैनौँ, इसाई…

Read More

काठमाडौं : फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ४५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो । कम्पनीले गत वर्षको कमाईबाट ३२.५०प्रतिशत बोनस र १२.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । फरवार्डले १२ करोड २७ लाख ४३ हजार रुपैयाँ बोनस वितरणमा र ४ करोड ७२ लाख ९ हजार रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । गत वर्ष पनि फरवार्डले २५ प्रतिशत बोनस र २० प्रतिशत नगद गरी कुल…

Read More

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो । रजतमा चित्त बुझाएको पाकिस्तानको २३.३ अंक छ । त्यस्तै ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी छिन् ।

Read More