Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौंस् काफ्ले समाज नेपालको १८औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनले गुणराज काफ्लेको नेतृत्वमा नयाँ कार्यसमित चयन गरेको छ । समाजको शनिबार सम्पन्न अधिवेशनले कार्यसमिति चयन गरेको हो । देशभरका काफ्लेहरूको सञ्जाल अब अन्तर्राष्ट्रिस्तरसम्म विस्तार गरेर बन्धुहरूबीच सदभाव कायम गर्न आफूले सक्दो पहल गर्ने अध्यक्ष काफ्ले बताए । ‘हाम्रो सञ्जाल विस्तार तथा लोककल्याणकारी काम गर्न अबका दिनमा अझ चुनौती थपिँदै गएको छ,’ उनले भने, ‘चुनौती सामना गर्दै समाजका लागि आम्दानी हुने आर्थिक गतिविधिमा म कटिबद्ध हुनेछु ।’ बूढानिलकण्ठ नगरपालिकास्थित भंगालमा समाजको नयाँ भवन निर्माण गरिएको छ । यसलाई पूर्णता दिन बाँकी रहेकाले आफ्नो पहिलो काम यही हुने काफ्लेले बताए । साथै,…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गरेर सङ्गठनलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । सार्क स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले नेपाल सार्कको बडापत्र, त्यसका सिद्धान्त र उद्देश्यप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । सन्देशमा उहाँले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षका नाताले दक्षिण एशियाका जनताका साझा आकाङ्क्षा पूरा गर्न सङ्गठनका सदस्य राष्ट्रसँग निरन्तर रचनात्मक संवाद र साझेदारीका निम्ति नेपाल दृढ रहेको बताउनुभएको छ । दक्षिण एशियाका एक अर्ब ७० करोडभन्दा बढी जनताको आशाको क्षेत्रीय सङ्गठन सार्कको प्रभावकारिता वृद्धिमा जोड दिँदै प्रधानमन्त्री ओलीले सार्कलाई गतिशील एवं…
काठमाडौं: नेपाल १३ औं दक्षिण एसियाली खेलकू अन्तर्गत फुटबलमा आज बंगलादेशलाई हराउंदै फाइनलमा पुगेको छ । यो साग फुटबल अन्तर्गत नेपालको लगातार दोश्रो फाइनल यात्रा हो। आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपालले फाइनल यात्रा तयार गरेको हो । अब स्वर्णका लागि मंगलबार सागको समापनको दिन भुटानसँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिइको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् । पहिलो हाफमा नेपालले केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो र १-० कै अन्तरमा खेल…
काठमाडौं ः गौरिका सिंहले नेपालका लागि दक्षिण एसियाली खेलकुद (साग) मा नयाँ इतिहास रचेकी छन । सातदोबाटोस्थित इन्डोर स्विमिङ हलमा गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण हासिल गरेकी हुन् । यो सहित गौरिकाले सागको एकै संस्करणमा तीन स्वर्ण जित्ने कीर्तिमानी इतिहास रचेकी छिन् । उनले निर्धारित दुरी ४ मिनेट २५।२८ सेकेन्डमा पूरा गर्दै भारतकी सिवांगी सिंहलाई पछि पारिन् । सिवांगीले ४ मिनेट २६।२२ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । तेस्रो स्थान हासिल गरेकी श्रीलंकाकी रामुदी नुदाराले ४ मिनेट ४१।९१ सेकेन्डमा दुरी पूरा गरिन् । यसअघि उनले २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन्…
पोखरा : १३ औं साग भारोत्तोलनअन्तर्गत नेपालले पदक तालिकामा थप एक एक रजत र कास्य थपेको छ । चार दिनसम्म पोखरामा चलेको सो प्रतियोगिताको अन्तिम दिन आज नेपालका लागि सागर भण्डारीले पुरुष १०९ तौल समूहमा रजत पदक जित्न सफल भए । यस्तै १०९ प्लस तौल पुरुष १०९ तौल समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जितेका छन । उनले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गरेका थिए । नेपालका लागि रजत जितेका भण्डारीले राष्ट्रिय रेकर्डसहित रजत जितेका हुन । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५…
काठमाडौँ: साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.४५ विन्दुले बढेर एक हजार १३५.३७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७५ विन्दुले बढेर २५०.५२ मा पुगेको छ । नेप्से बढ्दा कारोवार रकम पनि केही बढेको छ । कूल १७१ कम्पनीका नौ लाख ८७ हजार ७३९ कित्ता शेयर रु २८ करोड ७५ लाख २७ हजार ८२५ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपममूहमध्ये छ उपसमूहका शेयर उकालो लागेका छन् भने छ उपसमूहका शेयर ओरालो लागेका छन् । बैंकिङ ०.४८, व्यापार ८.९७, होटल ८.९५,…
बाँके: कोहलपुरमा एक बालिकालाई ट्रकले ठक्कर दिएपछि भएको आन्दोलनले उग्ररूप लिएको छ । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आगजनी गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले इलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । सहपाठीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको भन्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा तोडफोड तथा चमेनागृहमा आगजनी गरिएको हो । निषेधित क्षेत्र घोषणापछि आन्दोलन केही मत्थर बनेको छ । आन्दोलनमा एक दर्जनबढी विद्यार्थी र प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख एवं…
बुटवल: भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समयमा सम्पन्न हुन नसकेर रुग्ण अवस्थामा रहेका आयोजनाको पहिचान गरेर काम नसकी अलपत्र पार्नेलाई कारवाही गरिने बताएका छन् । उनले कुनै पनि आयोजना निर्माणको जिम्मेवारी लिने र समयमै काम नसकी अलपत्र पार्नेलाई कारवाही स्वरुप ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियाअनुसार काम अघि बढाइने बताएको छ । रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा निर्माणाधीन विभिन्न सडक तथा पुलको अनुगमनपछि प्रेस सङ्गठन नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले आयोजनाका काममा लापरवाही गर्ने, अलपत्र पार्ने, समयमा नसक्ने निर्माण कम्पनी जो कसैलाई पनि कारबाहीको दायरामा ल्याइनेछ बताए । उनले सरकारले घोषणा गरेको नेपाल…
काठमाडौँ: राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा यही मङ्सिर २३ गतेदेखि चीनको राजधानी बेइजिङमा आयोजना हुने वरिष्ठ सञ्चारकर्मीहरूको बैठकमा सहभागी हुन आज अपराह्न त्यसतर्फ प्रस्थान गरे । बेइजिङ मिडिया नेटवर्क र अल चाइना जर्नलिस्टस् एशोशिएशनले चाइना पब्लिक डिप्लोमेसीलगायत संस्थासँगको साझेदारीमा आयोजना गरेको उक्त बैठकमा ब्राजिल, क्युबा, इथियोपिया, इरान, जापान, रुसी महासङ्घ, युक्रेन, टर्की, गणतन्त्र लाओ र भियतनामका समाचार समिति तथा मूलधारका सञ्चारमाध्यमका प्रमुख सहभागी हुने कार्यक्रम छ । चीनले विश्वका विभिन्न राष्ट्रसँग सञ्चारक्षेत्रका माध्यमबाट पारस्परिक लाभ र हित प्रवद्र्धनका निम्ति उक्त बैठक आयोजना गरेको बताएको छ ।
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम उक्त प्रतिवेदन आज पेश गरेका हुन् । त्यस अवसरमा निर्वाचन आयोगका आयुक्तहरुको उपस्थिति थियो ।