Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

ललितपुर : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले समृद्धिका पाँच आधारमा टेकेर अघि बढ्न सरकार क्रियाशील रहेको बताएका छन । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना उच्च मावि भवनको हस्तान्तरण कार्यक्रममा उनले सरकारले समृद्धिका लागि कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास जस्ता पाँच आधार तय गरेको बताएका छन । सरकारी स्वामित्वका उद्योगहरु धराशायी हुनाका कारण खोजी गरिने बताउँदै उनले भने, “ती उद्योग कसरी धराशायी भए र आगामी दिनमा कसरी अघि बढ्ने भनी आत्मसमीक्षा हुनेछ ।” राजनीतिक विचारका आधारमा फरक धारणा राख्नेहरु पनि विकासका लागि एकजुट भएर लाग्नुपर्नेमा उपप्रधानमन्त्री पोखरेलले जोड छ ।…

Read More

चितवन: घोषित रुपमा विद्युत्भार कटौती नभए पनि प्राविधिक कारण समय समयमा विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ । लामो क्षेत्रमा एउटै फिडरबाट तानिएका तार र पुराना ट्रान्सफर्मरमा देखिने समस्याका कारण पटक पटक विद्युत् अवरुद्ध हुँदा अत्यावश्यक क्षेत्र प्रभावित हुँदै आएका छन् । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकीय क्षेत्र सौराहामा विद्युत् अवरुद्ध नहुने गरी तयारी थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको टाँडी वितरण केन्द्रले नयाँ फिडर जडान गरी सौराहा क्षेत्रमा विद्युत् आपूर्ति गराउन लागेको छ । केन्द्रका प्रमुख चुतुनकुमार श्रीवास्तवका अनुसार पर्सा सबस्टेशनबाट खैरहनी, कुमरोज, बुढ्यौली हुँदै हाल सौराहा विद्युत् पु¥याइएको छ । लामो क्षेत्र भएकाले…

Read More

विराटनगर: सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक गरेको छ । ती योजनाहरुमा दुहवी नपा–७ मा रु ९३ करोड ३१ लाखको लागतमा निर्माण गरिने गोल्डेल वाटर पार्क, वडा नं ११ तनमुनामा रु सात करोडको नगरप्रमुख आवास योजना, वडा नं ४ मा रु २० करोड ९६ लाखकोे रङ्गशाला र सोही वडामा रु १२ करोड ३७ लाखको हाटबजार रहेका छन् । ‘दुहवी नगरपालिकाको विकासको आधार कृषि, उद्योग, प्रविधि, खेलकूद र व्यापार नाराकासहित पर्यटन क्षेत्र विकास सन्दर्भमा बिहीबार साँझ यहाँ आयोजित कार्यक्रममा ती योजना सार्वजनिक गरिएको हो । ती योजनाका विस्तृत…

Read More

परासी: श्चिम नवलपरासीमा चार महिनामै ६७३ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा चालू आव २०७६÷७७ को पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिकसम्ममै उक्त सङ्ख्यामा उद्योग दर्ता भएका हुन् । कार्यालयका अनुसार सबैभन्दा धेरै पर्यटन उद्योग दर्ता भएका छन् । त्यसपछि सेवामूलक र कृषि तथा वन पैदावरमा आधारित उद्योगहरुको सङ्ख्या धेरै छ । कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चार महिनाको अवधिमा दर्ता हुनेमा २७४ पर्यटन तथा सेवामूलक १७७ उद्योग छन् । १५३ कृषि तथा वन पैदावरमा आधारित र ६९ उद्योग उत्पादनमूलक दर्ता भएको कार्यालयले जनाएको छ । यास अवधिमा वाणिज्य पसल पनि ९६१ वटा दर्ता भएका…

Read More

भद्रपुर: जङ्गली हात्ती समसाँझै गाउँ पसेर घर भत्काउन, लगाएका अन्नबाली खाइदिन थालेपछि झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दा रातभर नसुती जाग्राम बस्न विवश बनेका छन् । वडा नं १३ का अध्यक्ष कृष्णराज सिग्देलले हातेमालो सामुदायिक वनबाट एक्ले हात्ती साँझ पर्नासाथ गाउँ पस्ने गरेकोे र घर भत्काउन, भित्र्याइएको धान समेत खाइदिने गरेको जानकारी दिए । यसैगरी वडा नं १५ का स्थानीय कृष्ण दाहालले दैनिक साँझ पर्नासाथ आउने हात्तीले पक्की घरसमेत भत्काउन थालेपछि गाउँले त्रसित भएको बताए । उनले थपे “ दिनभर नजिकै रहेको चिया बगानमा बस्ने र साँझ पर्नेबित्तिकै गाउँ छिर्ने हात्तीबाट जोगिन समस्या…

Read More

काठमाडौं : ग्लोबल आईएमई बैंक र जनता बैक मर्ज भई आजदेखि एकिकृत कारोबार सुरु गरेको छ । मर्जरसंगैं ग्लोबल आइएमई बैंक , नेपालकै सबैभन्दा ठुलो पुँजी भएको वित्तीय संस्था बनेको छ । एकिकृत कारोबारको शुभारम्भ गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालकै ठुलो बैंक बनेसंगैं यसलाई देशको आवश्यकता अनुसार ठुला पुर्वाधारमा लगानी गर्न एउटै बैंक सक्षम भएको बताएका छन । उनले भने, ठुलो बैंक बनेसंगैं यसले व्यवस्थापकिय कुशलतालाई ध्यान दिइ व्यवसायिक हितसंगैं आन्तरिक प्रगतितर्फ लाग्नुपर्छ । बैंकको सञ्चालक धनी हुँदै जाने तर उद्योगी व्यवसायीको हिततर्फ ध्यान नदिइृ बढी व्याजमा लगानी गर्दा दीर्घकालमा बैंकको विकास नहुने उनको भनाइ छ ।…

Read More

काठमाडौँ : होटल, रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका समस्या हट्न सकेको छैन । श्रम ऐनमा रोजगारदाताले श्रमिकका लागि दिने सेवा–सुविधाका विषयमा उल्लेख भए पनि कार्यान्वयन नहुँदा समस्या नहटेको यस क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिको भनाइ छ । मनोरञ्जन र सत्कार व्यवसायको विद्यमान अवस्थाका बारेमा बिहीबार विश्वास नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीले काम गर्ने श्रमिकको अवस्थामा सुधार आउन नसकेको बताएका छन् । यस क्षेत्रका श्रमिकको सेवा–सुविधाका विषयमा कानूनमा उल्लेख भए पनि कार्यान्वयनमा नआएको सहभागी प्रहरी, कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधिलगायतले औँल्याएका छन् । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले…

Read More

भद्रपुर: झापा जिल्ला प्रशासन कार्यालयले ‘परिवर्तन आफैँबाट शुरु गर्नुपर्छ’ भन्ने उक्तिलाई चरितार्थ गर्दै सुशासन र पारदर्शिताको क्षेत्रमा उदाहरणीय अभियान थालेको छ । सर्वसाधारण जनतालाई छिटोछरितो सेवा प्रवाह गर्नका लागि कार्यालयका कर्मचारीले व्यवहार परिवर्तन मात्रै होइन, मोबाइल एप र टोकन मेसिनजस्ता आधुनिक प्रविधिको समेत प्रयोग गरेका छन् । कार्यालयको ढोकाबाट प्रवेशदेखि प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष पुग्दासम्ममा हरेक आगन्तुकले जिल्ला प्रशासन कार्यालयको वर्तमान कार्यशैली जनमैत्री अनुभूति गर्नेछन् । सरसफाइयुक्त चिटिक्क कार्यस्थल, कर्मचारीको मैत्रीपूर्ण बोली–व्यवहार, छिटोछरितो सेवा प्रवाह र सूचनाको अत्यधिक पारदर्शिताले प्रशासन कार्यालयले आम नागरिकमा सुशासनको प्रत्याभूति दिलाएको छ । अहिले प्रशासन कार्यालयमा व्यापक सुधारको अनुभूति भएको जिल्लाका प्रबुद्ध व्यक्ति हरिचरण…

Read More

एजेन्सी : भारतको हैदरावादमा पशु चिकित्सक पोतुला प्रियंका रेड्डीको बलात्कारपछि हत्या काण्डमा पक्राउ परेका चार अभियुक्त आज शुक्रबार बिहान प्रहरीको इन्काउन्टरमा मारिएका छन । गत हप्ता ती महिलालाई बलात्कारपछि जलाएर मारेको अभियोगमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले गोली हानेको हो। शुक्रबार बिहान ३ बजे ती महिलाको शव भेटिएको स्थानमा अनुसन्धानका लागि प्रहरीले ती चार अभियुक्तलाई लिएर गएको थियो त्यस क्रममा अभियुक्तले प्रहरीलाई आक्रमण गरे भाग्न खोजेपछि प्रहरीले गोली चलाएको बीबीसीले उल्लेख गरेको छ। यसअघि हैदरावादको शादनगरकी २६ वर्षीया पशु चिकित्सक रेड्डी गत साताको बुधबार अस्पतालबाट घर फर्किँदै थिइन्। उनी जाँदै गरेकी स्कुटरको टायर पन्चरभएपछि बहिनीसंग…

Read More

महोत्तरी: “बौवा, बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, आँइखक रोशनी हमरा नव जिनगी देलक” (लाग्दथ्यो, बुढ्यौली उमेर नर्क (अति कष्टकरको अर्थमा) बन्यो, तर आँखाले ज्योति पाएपछि फेरि नयाँ जीवन पाएझैँ लागेको छ) भर्खरै केही दिनअघि शल्यक्रियापछि आँखाको ज्योति पुनः पाएका महोत्तरी, गौशाला नगरपालिका–२ निगौलको दलित बस्तीका ७५ वर्षीय विश्वनाथ पासवानले खुशी हुदै भने । आँखामा मोतियाविन्दु भएर पछिल्ला पाँच÷छ वर्षदेखि वरपर घुमफिर र दिसापिसाब गर्न पनि घरपरिवारका अन्यको सहाराले चलेका पासवान गत कात्तिक २७ गते शल्यक्रिया सम्पन्न भएयता भने अब आफैँ हिँड्डुल गर्न सक्ने भएका छन्। “नई सोचल सुख हमराई बुढारीमें भेटल (मैले नसोचेको सुख यो…

Read More