Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष तेक्वान्दोमा नेपालका भूपेन श्रेष्ठले स्वर्ण पदक प्राप्त गर्नुभएको छ । उहाँले फाइटतर्फ ८७ किलोमुनिको तौल समूहमा आज स्वर्ण पदक जित्नुभएको हो । ललितपुरको सातदोबाटोमा भएको स्पर्धामा भूपेनले भारतका अक्षय होडालाई २९–२६ अङ्कले पराजित गर्नुभएको हो । उक्त स्पर्धामा बङ्गलादेशका रसेल खान र श्रीलङ्काका चर्मा थरिन्दुले कास्य पदक प्राप्त गर्नुभयो । तेह्रौँ सागमा नेपालले हालसम्म तेक्वान्दोतर्फ १२ स्वर्ण पदक ल्याइसकेको छ ।

Read More

धनगढी: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिश गर्नुपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कालापानीको विषयलाई अन्तरराष्ट्रियकरण गर्न पाइँदैन, आवश्यक छैन भन्ने भाषामा आफूले नभनेको बताउँदै शुरुमा नै अन्तरराष्ट्रियकरण गरिएमा समस्या झन् जटिल बन्ने विचार व्यक्त गर्नुभयो । सर्वपक्षीय सर्वदलीय बैठकको सुझावानुसार नै सरकारले सो विषयमा भारतलाई पत्र पठाएको बताउँदै त्यसको जवाफ भने आइनसकेको बताउनुभयो । पत्रकारको प्रश्नमा उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सर्वपक्षीय सर्वदलीय बैठक गरेर सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको बताउँदै भन्नुभयो,“लिम्पियाधुरा नै महाकाली नदीको मुहान हो, महाकाली सीमा…

Read More

रसुवा:जङ्गली भालुको आतङ्क बढ्दै गएपछि जीउज्यानको सुरक्षाका लागि सम्भावित क्षेत्रमा प्रहरी गस्ती परिचालन गरिएको छ । जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार जङ्गली भालुले घरघरमा पसी गाउँ समाजमा त्रसित पार्नाका साथै केही स्थानमा आक्रमणसमेत गरेकाले थप सुरक्षा संयन्त्र परिचालन गरिएको हो । नागरिकलाई भयरहित वातावरण सिर्जना गर्न मानिस हिँड्ने पैदलमार्गअन्तर्गत भालु आउने सम्भावित गौंडामा प्रहरी गस्तीसमेत व्यवस्थापन गरिएको बताइएको छ । हिमाली भेकमा चिसोपन बढिसकेकाले न्यानो स्थान खोज्दै जङ्गली भालु बेंसीतर्फ झर्ने समय भएका कारण बिहान बेलुका एक्लैदुक्लै यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ । कुनै समय यात्रा गर्नु पर्दा थप सुरक्षा चाहिएमा जिल्ला प्रहरी कार्यालय रसुवाको शुल्क नलाग्ने…

Read More

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना सम्बन्धमा यही मङ्सिर १६ गते सार्वजनिक गरिएको जग्गाको मुआब्जा निर्धारण र त्यसप्रति स्थानीयवासीको असन्तुष्टिप्रति ध्यानाकर्षण भएको जनाएको छ । साथै सो निर्णयले आयोजनाको भविष्यलाई थप अन्योलतर्फ धकेल्ने भन्दै कांग्रेसले चिन्तासमेत व्यक्त गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत सो क्षेत्रको आरुघाट र खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण व्यावहारिक र वैज्ञानिक ढङ्गले नगर्दा स्थानीयवासीमा त्यसले आक्रोश उत्पन्न गरेको उल्लेख गर्नुभएको छ । सो भेगका बासिन्दासँग पर्याप्त छलफल गरी विश्वासमा लिएर मुआब्जा निर्धारण गरिएको भए स्थानीयको असन्तुष्टि एवं आक्रोश नजन्मने विज्ञप्तिमा जनाइएको छ । “मनोगत ढङ्गले निर्धारित…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज प्रधानमन्त्री निवास बालुवाटार फिर्ता भएका छन् । उनि यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति सेन्टर भर्ना भएका थिए । “सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न उक्त सेन्टरबाट डिस्चार्ज भए ”, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने । प्रधानमन्त्री ओलीको उपचारमा उनका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा अरुण सायमी, प्रत्यारोपण विशेषज्ञ प्रा डा रमेशसिंह भण्डारी, केन्द्रका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठलगायतको चिकित्सकको समूह संलग्न थियो ।…

Read More

काठमाडौँ: बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित आरुघाट, (गोर्खा) र विशालनगर खहरे (धादिङ) क्षेत्रमा निर्धारण गरिएको मुआब्जामाथि पुनःमूल्याङ्कन गर्नुपर्ने माग गरिएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिको नेतृत्वमा पीडितहरुले उचित मुआब्जा निर्धारण गर्नुपर्ने र नभएमा रोक्का जग्गाको क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्नेलगायत मागसहित आज माइतीघर मण्डलामा धर्नासमेत दिएका छन् । धर्नामा सहभागीहरुले ‘मुआब्जा पुनःमूल्याङ्कन गर’, ‘आयोजना शीघ्र कार्यान्वयन गर’, ‘सुकुम्वासी बनाउने मुआब्जा निर्धारण मूल्य खारेज गर’, ‘घरजग्गाको एकमुष्ट रकम निर्धारण गर’, ‘पुनर्वासको ग्यारेण्टी होस्’ र ‘आरुघाट नमूना बजारको व्यवस्था गर’ लेखिएका प्ले कार्ड बोेकेका थिए।

Read More

पोखरा: नेपालकी सङ्गीता राईले १३औ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । तेह्रौँं दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरा –१२, माटेपानीस्थित एसआर केसी बैंक्वेटमा आजदेखि शुरु प्रतियोगितामा उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको रेकर्ड तोडेकी हुन् । २६ वर्षीया राईले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी हुन् । यसअघि छनोट चरणमा चौधरीको नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको रेकर्ड रहेको भारोत्तोलनका लागि नेपालका प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए । …

Read More

काठमाडौँ: स्थानीयस्तरमा महिलाका संरक्षण र सशक्तीकरणको जिम्मेवारी स्थानीय तहको भएसँगै महिला तथा बालबालिका विभाग खुम्चिँदै गएको छ । विभागको भवन र जनशक्ति दुबै खुम्चन थालेको हो । अहिले विभागमा कर्मचारीको सङ्ख्या न्यून रहेको विभागका निर्देशक अनिता अधिकारीले बताइन । विभागमा अहिले दरबन्दी नै कम रहेको र दरबन्दी भन्दा अझै कम जनशक्ति कार्यरत रहेका छन् । विभागमा अहिले १६ जना मात्रै कार्यरत छन् । विभागमा १९ जनाको दरबन्दी रहेकामा त्योभन्दा तीन जना कम कार्यरत छन् । गत वर्षसम्म ५४ जनाको दरबन्दी रहेकामा अहिले कम भएको उनले बताईन । विभागले पहिले जिल्लास्थित महिला तथा बालबालिका कार्यालयमार्फत स्थानीयस्तरमा महिलाका हितमा काम…

Read More

काठमाडौँ: नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ । काठमाडाँैको गोकर्णमा आज भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितिन । उनले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक हात परेका हुन् । मगरले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्ड समय लगाउँदै पूरा गरिन । साइक्लिङमा नेपालले यससँगै तेस्रो स्वर्णपदक जितेको छ । बुधबार भएको साइक्लिङको डाउनहिल स्पर्धामा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्णपदक जितेको थियो । त्यस्तै सोही विधामा नेपालकी उषा खनालले रजत पदक जितिन । उनले १ मिनेट ३५.५२ सेकेण्डमा खेल पूरा गर्न सफल भएकी थिइन । भारतकी…

Read More

प्याजको बजार भाउ बढेसंगै नेपाली भान्सामा पाक्ने तरकारी मा प्याज को प्रयोग न्युन हुन थालेको छ । प्रति किलो ५० देखि ६० को हाराहारीमा पाइने सुकेको प्याज बिना भान्साका तरकारी प्राय जसो कमै पाक्छन तर प्याजको बजार भाउ प्रति किलो २०० देखि ३०० सम्म बढे पछि उपभोक्ता मारमा परेका छन् । चटपटे व्यबसाय कृष्ण ढुंगेल बताउछन्, “चटपटेमा प्याज नभई हुदैन र एस्तो प्याजको महंगीले हामी जस्तो चटपटे व्यबसाईहरुलाई धेरै मर्का पारिरहेका छ” । हप्तामा एक किलोको हाराहारीमा प्याज खपत गरिरहेका काठमाडौँ निवासी प्रमिला थापा मगरले अहिले मुस्किलले दुइ हप्तामा एक किलो खपत गर्ने गरेको सुनाईन । त्यस्तै…

Read More