Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यसका साथै आज काठमाडौँ उपत्यकासहित देशको पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। देशको पश्चिमी भू–भागका…

Read More

काठमाडौं : राष्ट्रियसभा चुनाव विपक्षी कांग्रेसका लागि सुखद नहुने निश्चित देखिएको छ। राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले आगामी माघ ९ मा चुनाव तोकेको छ। कांग्रेसका ७ सहित १९ सांसदको कार्यकाल फागुनमा सकिँदै छ। पदावधि सकिन लागेका सांसदमा नेकपाका ८, राजपाका २, समाजवादीका १ र राष्ट्रपतिबाट मनोनीत (अर्थमन्त्री युवराज खतिवडा) एक जना छन्। सात सय ५३ स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता हुन्। स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतभार भने फरक हुन्छ। स्थानीय तहका पदाधिकारीले दिने मतको…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै सम्पन्न भएको तेह्रौैँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्नेभएको छ । दक्षिण एसियाली खेलकूद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट राष्ट्रको प्रतिनिधित्व गर्दै पदक विजेता खेलाडीहरुलाई मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान स्वरुप पुरस्कृत गर्ने घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले जानकारी दिनुभयो । खेलाडीहरुको मनोबल बढाउनुका साथै उच्च आत्मसम्मान प्रदान गरुन भन्ने उद्देश्यले स्वर्ण पदक बिजेतालाई जनही रु. एक लाख, रजत पदक बिजेतालाई रु ५० हजार र कास्य पदक बिजेतालाई रु ३० हजार नगद प्रदान गरिने प्रमुख स्वकीय सचिव ओलीले बताउनुभयो ।

Read More

राजदमार (मकवानपुर): नेपाली सेनाले काठमाडौँ तराई/मधेश द्रूत मार्गमा पर्ने कूल ३८ हजार बढी काट्नु पर्ने रूखमध्ये २७ हजारी बढी काटी सकेको जनाएको छ। उसले सडकको मार्गधिकार अर्थात (राइट अफ वे) को बीच भागबाट समथर ठाउँमा तराईमा १०० मिटर र पहाडी ठाउँमा भिर र खोलामा ५० मिटरभित्र पर्ने रुखहरु (सरकारी र सामुदायिक बनका) रुख हाल आयोजना क्षेत्रमा काट्दै आएको छ। “अहिले हाम्रो राइट अफ वेमा काटे हुने रुख चाहिँ हामीलाई ३८ हजार ६ सय ६४ मात्रै हो र त्यसमा हामीले २७ हजार ६९ रुख चाहिं काटिसकेका छौं,” आयोजनाका कार्यान्वयन तथा अपरेशन महाशाखा प्रमुख तथा प्राविधिक प्रमुख सेनानी (प्रसे) विश्वबन्धु…

Read More

कञ्चनपुर: कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआइटी) को संयुक्त टोलीले डेरा गरी बस्दै आएका जसमल सिंह ठगुनाको कोठा बाट चरेससहित चार जनालाई पक्राउ गरेको इप्रका मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए । उनका अनुसार दार्चुलाको मार्मा गाँउपालिका–१ घरभै डेरा गरी बस्दै आएका ठगुन्नासहित वकिल सिंह ठगुन्ना, हिक्मतसिंह धामी र जीवनसिंह ठगुन्नालाई पक्राउ गरिएको छ । पक्राउ परेकालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।

Read More

काठमाडौँ: नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही मङ्सिर २९ गतेदेखि सेनाले उक्त प्रतियोगिताको सातौँ संस्करण काठमाडौँमा आयोजना गर्न लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा सञ्चालन हुने सो प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भूटानको फुटबल टोलीले सहभागिता जनाउने महासेनानी शशिकिरण रायमाझीले आज नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । लिगकम नकआउटका आधारमा सञ्चालन…

Read More

काठमाडौँ: साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ११.१७ अङ्कले बढेर एक हजार १७२.६४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४१ अङ्कले बढेर २५५.६० पुगेको छ । परिसूचक बढेसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । आज कुल १६८ कम्पनीका २१ लाख दुई हजार ६१ कित्ता शेयर रु ७६ करोड ४० लाख २५ लाख २१३ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १९, होटल ३.७, उत्पादन ४४.९८, अन्य १.९४, माइक्रोफाइनान्स उपसमूहको शेयर ८.२२ अङ्कले…

Read More

भरतपुर: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले रङ्गशाला निर्माणमा प्रदेश सरकार निरन्तर साथमा रहेको बताए । प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि विनियोजन गरेको रु पाँच करोड भरतपुर महानगरपालिकामा पठाएको जानकारी दिए । रङ्गशाला निर्माणस्थलमा भएको प्रगतिले उत्साह जागेको उनले बताए । “रङ्गशाला निर्माणमा दृढताका साथमा लाग्नुहोस्, हामी सहयोगमा कुनै कसर बाँकी राख्दैनौँ”,मुख्यमन्त्री पौडेलले भने । उनले विकास निर्माणमा परम्परागत सोच अन्य गर्दै नयाँ योजनाका साथ अघि बढ्नुपर्ने धारणा राखे । हरेक विकास निर्माणमा अवरोध हुन नुहुने भन्दै उनले त्यसको सुरक्षा राज्यले गर्ने…

Read More

काठमाडौँ: एक सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनमा प्रतितोला रु ४०० र चाँदीमा प्रतितोला रु १० वृद्धि भएको छ । महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु ८४० निर्धारण गरिएको छ । अघिल्लो बुधबारदेखि लगातार ओरालो लाग्दै आएको सुनचाँदीको मूल्य बुधबार भने स्थिर रहेको थियो । बुधबार छापावाला सुन प्रतितोला रु ७० हजार ८००, तेजाबी सुन प्रतितोला रु ७० हजार ५०० र चाँदी प्रतितोला रु…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सुरक्षित र मर्यादित बनाउन सवारी चालकलाई सचेतनामूलक तालीम दिने भएको छ । सवारी चालकको व्यवहारमा परिवर्तन गर्नका लागि उनीहरुलाई योजनाअनुरुप प्रशिक्षण दिन लागिएको हो । पहिलो चरणमा करीब दुई हजार ५०० सवारी चालकलाई तालीम दिइने महानगरपालिकाले जनाएको छ । तालीममा उनिहरुलाई यात्रुसँग गनुपर्ने मीठो व्यवहार, कहाँ रोक्ने, कसरी यात्रु ओराल्ने भन्ने कुरा व्यवहारमा लागू गराउनका लागि प्रशिक्षण दिन लागिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । सार्वजनिक यातायात चालकलाई दिइन लागिएको उक्त प्रशिक्षणका लागि काठमाडौँ उपत्यकामा सञ्चालित विभिन्न यातायात व्यवसायी प्रालिलाई पत्राचार गरिएको उनको भनाइ छ । प्रालिले सहभागी गराउनका लागि चालकको नामावली…

Read More