Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: १३औँ दक्षिण एशियाली खेलकूद (साग) को समापन समारोह तथा फुटबल फाईनल गेम हेर्न आउने सबै टिकट काटेका सर्वसाधारणका लागि रंगशाला प्रवेश गर्दा नेपालि सेनाको अफिसर्स क्लबको उत्तरपट्टिको प्रवेशद्वारबाट प्रवेश गर्न आनुरोध गरेको छ। साग खेलकुदको भोलि मंगलबार समापन पनि हुँदै छ र नेपाल र भुटानबीच हुने साग फुटबलको फाइनल खेल पनि दसरथ रंगशालामै हुँदै छ। फुटबल मंगलबार अपरान्ह ३ बजेदेखि शुरु हुने छ भने खेल शुरु हुनु भन्दा आदि घण्टा अघिनै सबै ढोकाहरु बन्द हुने पनि जनाइएको छ। साथै ट्राफिक प्रहरीले आफ्नो सवारी साधनलाई काठमाडौँ मल अगाडीको टुँडिखेलमा मात्र पार्किङ्ग गरिदिन अनुरोध गरेको छ । भोलिनै…
काठमाडौँ: धितोपत्र बजारमा आज शेयर कारोबारमा उल्लेख्य सुधार देखिएको छ । धेरै समयपछि नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत २.६५ विन्दुले सुधार भई २५३.१७ मा पुगेको छ । नेप्सको उकालो यात्रासँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १७३ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता शेयर रु ४६ करोड ४२ लाख २० हजार ३९२ मूल्यमा खरीद बिक्री भयो । नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने दश उपसमूहको…
काठमाडौँ हवाई यातायात व्यवसायीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले नेपाल भ्रमण वर्ष–२०२० अभियानलाई सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएको छ । सङ्घ र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईबीच आज सिंहदरबारमा भएको छलफलमा सङ्घका पदाधिकारीले उक्त प्रतिबद्धता जनाएका हुन् । मन्त्री भट्टराईले महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेको हवाई क्षेत्रको भ्रमण वर्षलाई फलदायी बनाउन महत्वपूर्ण भूमिका हुने भन्दै भ्रमण वर्षलाई सफल बनाउन आग्रह गर्नुभएको थियो । मन्त्रीको सहयोगको आह्वानप्रति प्रतिबद्धता जनाउँदै वायुसेवा सञ्चालकले सहयोग र सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएका उहाँको सचिवालयले जनाएको छ । पर्यटनमन्त्री र सङ्घका पदाधिकारीबीचको छलफलमा वायुसेवा सञ्चालकले आफ्ना सरोकार र समस्यासमेत राख्दै सहयोग तथा सहभागिताको…
काठमाडौँ : सरकारले स्थानीय सेवामा कार्यरत कर्मचारीलाई निश्चित आधार र मापदण्ड बनाएर सरुवा गर्ने भएको छ । आज राज्य व्यवस्था समितिमा ‘सङ्घीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’अन्तर्गतको सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धबारे छलफल गर्न बसेको समितिको बैठकले स्थानीय तहमा कार्यरत कर्मचारीलाई निश्चित आधार र मापदण्ड बनाएर मात्र सरुवा गर्ने सहमति गरेको छ । बैकठले विधेयकमा रहेका सम्बन्धित प्रदेशमा रहेका स्थानीय तहमा कार्यरत स्थानीय सेवाका कर्मचारीलाई सोही प्रदेशभित्रका अन्य स्थानीय तहका समान तहमा सरुवा गर्नका लागि आधार र मापदण्ड बनाउने सहमति गरेको हो । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले…
काठमाडौँ: नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) पाँच वर्षभित्र सम्पूर्ण काम सक्ने गरी समष्टिगत गुरुयोजना बनाएको छ । आयोजनाको हालसम्मको कार्य प्रगतिबारे जानकारी दिन उद्देश्यले सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा आयोजना प्रमुख शरदलाल श्रेष्ठले समष्टिगत गुरुयोजनामा कुनकुन काम कसरी र कुन समयमा गर्ने भनी सम्पूर्ण विवरण उल्लेख हुने बताउनुभयो । द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) स्वीकृत भइसकेकाले अब योजनाबद्धरुपमा काम अघि बढाइने सेनाको भनाइ छ । पहिलो चौमासिकमा उल्लेखनीय प्रगति हुन नसके पनि दोस्रो चौमासिकमा काम अघि बढ्ने उहाँको भनाइ छ । अबको १५–२० दिनमा गुरुयोजना बनेपछि आयोजना कसरी अघि बढाइने भन्ने प्रष्ट खाका आउने बताइएको छ ।…
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा, जलविद्युत र सौर्य ऊर्जाका क्षेत्रमा इजरायली लगानीकर्तालाई लगानीका लागी प्रेरित गरिदिन आग्रह गर्नुभएको छ । इजरायली विकास नियोगका प्रमुख गील हसकेलले आज आफूसँग गर्नुभएको भेटमा उहाँले प्रशारण लाइन विस्तार, जलविद्युत र सौर्य ऊर्जाको विकासमा सहकार्य गर्न आग्रह गर्नुभयो । सो अवसरमा मन्त्री पुनले सरकारले पाँच वर्षमा पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै खपतका लागि आन्तरिक र बाह्य बजार तयार रहेको जानकारी गराउनुभएको थियो । भेटमा प्रमुख हसकेलले स्मार्ट ग्रीड, पावर स्टेशन र स्मार्ट सोलुशनका क्षेत्रमा काम गर्न इजरायल इच्छुक रहेको बताउनुभएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
काठमाडौं: जलपरीको नामले चिनिने पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जित्न सफल भएकी छन् । उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान समेत आफ्नै नाममा बनाएकी छन् । गौरिकाले सोमबार १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले भारतीय खेलाडी शिवांगी शर्मालाई पछि पारिन् । शिवांगीको समय ५८.१५ सेकेन्ड रह्यो । सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।…
काठमाडौँ: तेह्राँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ । सातदोबाटोमा आज भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएको हो । उनले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जितेको हो । यसअघि नेपालले सन् १९९९ काठमाडौँमा भएको आठौँ सागमा बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो । सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेको थियो । त्यतिबेला नेपालले बक्सिङमा दुईसहित ३१ वटा स्वर्णपदक जितेको थियो । त्यसैगरी महिला ४८ केजी तौलसमूहमा ललिता महर्जनले रजत पदक हात पारिन । उनी…
काठमाडौं : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान निरु थापा र मनमाया लिम्बु अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भएलगत्तै निरु र मनमायाले सन्यासको घोषणा गरेका हुन् । निरु फरवार्ड र मनमाया डिफेन्स हुन् । निरुले सागमा टोलीलाई स्वर्ण पदक दिलाएर सन्यास लिने चाहना रहेको बताउँदै आएकी थिइन् । तर, उनको इच्छा भने पुरा हुन सकेन ।
हेटौँडा: प्रदेश ३ का प्रमुख सचिव तोयम रायले प्रदेश सरकारको भ्रष्टाचार विरुद्धको कार्ययोजना निर्माण कार्य प्रारम्भ भएको जानकारी दिएका छन् । प्रमुख सचिव रायले प्रदेश सुशासन ऐन तर्जुमाको चरणमा रहेको तथा स्थानीय तहबाट सम्पत्तिको विवरण लिएर राखिएको बताए । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाद्वारा आयोजित कार्यक्रममा प्रदेश सरकारका तर्फबाट भ्रष्टाचार नियन्त्रणका लागि भएका र हुन गइरहेका गतिविधिका बारेमा प्रस्तुतीकरण गर्दै प्रमुख सचिव रायले खरिद प्रक्रियालाई चुस्त–दुरुस्त र पारदर्शी बनाउन सरकारले सार्वजनिक खरिद नियमावली, २०७६ स्वीकृत गराइसकेको जानकारी दिए । उनले सरकारले सम्पादन गर्ने कार्यहरुको जानकारी आदानप्रदान गरी गुणस्तरीय सेवा प्रवाह गर्ने…