Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको आज भएको उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको छ । अत्यन्त शान्तिपूर्ण र व्यापक मतदाताको सहभागितामा सम्पन्न भएको उपनिर्वाचनमा दुई लाख ९७ हजार १३७ जनाले मतदान गरेको हँुदा सरदर ६५ दशमलव ४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ । उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ मतदाता रहेका थिए । आयोगका अनुसार, प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६५ प्रतिशत (४६,५७५ मत) प्रदेशसभा सदस्यको निर्वाचन भएको भक्तपुरमा ७० प्रतिशत (३१,६८२ मत), बागलुङमा ६१ प्रतिशत (२१,२९५ मत) र दाङमा ६७ प्रतिशत (४५,७१९…
रोल्पा: थवाङ गाउँपालिका–१ को वडाध्यक्ष पदका लागि आज भएको मतदानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जनकबहादुर बुढामगर विजयी भएका छन् । बुढामगर १७४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलमबहादुर रोकामगरले २६ मत प्राप्त गर्नुभयो । नौ जनाको मत बदर भएको प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । एक हजार २८४ मतदाता रहेको उक्त वडामा २०९ जनाले मात्रै मतदान गरेका थिए । मतदान गर्नेमा ९७ महिला तथा ११२ पुरुष थिए ।
भक्तपुर: भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्य पदका लागि मतदान भएको छ । प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनका लागि २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कूल ४५ हजार १५ मतदाता रहेको छ । तीमध्ये १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी कूल ३२ हजार ३७ मतदाताले मतदान गरेका छन् । यो कूल खसेको मतमध्ये ७१ दशमलव १७ प्रतिशत रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । विसं २०७४ मङ्सिर २१ गते भएको निर्वाचनमा ७५ दशमलव १७ प्रतिशत मत खसेकोमा यसपटकको उपनिर्वाचनमा ४ दशमलव ४ प्रतिशत कम मत खसेको…
कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाउँदा समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाए । कुल ११९९ मतदाता रहेको यो वडामा शनिबार भएको उपचुनावमा ९२४ मत खसेको थियो । खानेपानी मन्त्री बीना मगरले यस वडामा मतदान गरेकी थिइन् ।
काठमाडौँ: एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ । प्रधानमन्त्री ओलीलाई केपी शर्मा ओली डटकमडटएनपी (kpsharmaoli.com.np) मा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राख्ने देश तथा विदेशका शुभेच्छुकले वेवसाइटबाट स्वास्थ्यलाभको कामना गर्नसक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । धेरैले प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो राखेको र भेट्न चाहेकाले वेवसाइटमार्फत आफ्ना भावना प्रकट गर्न सकिने व्यवस्था गरिएको हो । प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यप्रति शुभेच्छा प्रकट गर्ने यो पहिलो प्रयोग हो । यसअघिका कुनैपनि प्रधानमन्त्रीको ९बिरामी भएको अवस्थामा० स्वास्थ्यबारे वेवसाइटबाट स्वास्थ्यलाभको…
काठमाडौँ : नेपाल टेलिकमले यही मङ्सिर १५ देखि २४ गतेसम्म हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई लक्ष्य गरेर निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयले आज विज्ञप्ति जारी गरेर काठमाडौँ, जनकपुर र पोखरामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीका लागि चार हजार पाँच सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको जनाएको छ । सागको पार्टनर स्पोन्सर रहेको नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउन्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा…
बाँके: सरकारले यस वर्ष समयमै धानको मूल्य निर्धारण गरेपछि नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान खरिद गर्न भ्याईनभ्याई भएको छ । धान बिक्री गर्ने किसानको पनि उत्तिकै घुइँचो छ । दैनिक धान बिक्रीका लागि आउने किसानले पालो पर्खिनुपर्ने अवस्था आएको छ भने निश्चित कोटा तोकेर खरिद खुला गरेको खाद्यमा किसानले ल्याएको धान व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ । खाद्यले मोटो र मध्यम किसिमको धान खरिद गरिरहेको छ । खाद्यले ३५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेर गत कात्तिक २७ गतेदेखि खरिद शुरु गरेको थियो । हालसम्म १० हजार क्विन्टल धान खरिद गरिएको खाद्यले जनाएको छ ।…
काठमाडौँ: वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्णतयाः अनलाइन प्रणालीमा लैजाने योजनाअन्तर्गत वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम स्वीकृतिका लागि अनलाइनबाटै टोकन लिने व्यवस्था गर्दैछ । इ–टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्ने वित्तिकै आवेदनकर्ताले श्रम स्वीकृति पाउने पालो कुन दिन पर्छ भन्ने कुरा थाहा पाउन सकिनेछ । आफूले कुन कार्यालयबाट श्रम स्वीकृति लिने हो त्यो अनलाइनबाटै रोज्न सकिने छ । कुन कार्यालयमा छिट्टै पालो आउँछ, त्यो कार्यालयसमेत रोज्न सकिने छ । जसले गर्दा तपाईको फाराम स्वीकृत हुने वित्तिकै कार्यालयमा पर्खिरहनुपर्ने छैन । अहिले सरकारले सातै प्रदेशस्थित श्रम कार्यालयमार्फत श्रम स्वीकृति जारी गर्दै आएको छ । प्रदेश नं…
काठमाडौँ नेपालमा हाल करिब ३० हजार जना एचआइभी सङ्क्रमित रहेपनि यसको सङ्ख्या घट्दो दरमा छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार सन् २०१०को तुलनामा सन् २०१८ सम्ममा ५८ प्रतिशतले नयाँ सङ्क्रमण घटेको छ । हाल नेपालमा कूल २९ हजार ९४४ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान छ । केन्द्रका निर्देशक डा अनुज भट्टचनले तीमध्ये पुरुष १७ हजार ७३२ र महिला १२ हजार २१२ जना रहेको बताउनुभयो । हाल विश्वभर तीन करोड ७९ लाख जना एचआइभी सङ्क्रमण भएको जनाइएको छ । भट्टचनका अनुसार नेपालका वयस्क (१५ देखि ४९ वर्ष) उमेर समूहको जनसङ्ख्यामध्ये ०.१४ प्रतिशत एचआइभीबाट सङ्क्रमित भएक छन् भने ७१…
काठमाडौँ: धितोपत्र बजार यस साता पनि उतार चढावपूर्ण रह्यो । बजारले समातेको ओरालोको लय यस साता पनि उस्तै अवस्थामा रह्यो । पाँच कारोवार दिनमा बुधबार मात्रै बजारले केही सुधारको सङ्केत गरेको भए पनि अन्य दिन नकारात्मक नै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १६८ कम्पनीको शेयर कारोवार भयो । कूल ५१ लाख ५१ हजार २२७ कित्ता शेयर रु एक अर्ब ३२ करोड १० लाख १७ हजार १३५ मा कारोवार भयो । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार सो दिन नेप्से १०.५४ बिन्दुले घटेर एक हजार ११०.०८ बिन्दुमा पुग्यो । कूल…