Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

जलेश्वर: महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने १६ घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताही बस्ने ६५ वर्षीया वर्तनियादेवी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । अठार दर्शनार्थी बोकेर आज बिहान करिब ४ बजेतिर बारामा गढीमाईको दर्शन गरी फर्कदै गरेको ना२च ८८५५ नम्बरको पिकअप गढन्ता चोकमा अनियन्त्रित भई सडकभन्दा तल झरी दुर्घटनाग्रस्त भएको हो । गम्भीर घाइतेमध्ये धनुषाधाम निवासी २७ वर्षीया कविताकुमारी महतोसहित चार जनालाई…

Read More

विराटनगर: मोरङको बेलबारी नगरपालिका–२ मा जनयुद्ध उद्यान सङ्ग्रहालय निर्माण हुने भएको छ । यो उद्यान महेन्द्रराजमार्गदेखि दक्षिण चार किमीको दूरीमा रहनेछ । सङ्ग्रहालयका निम्ति बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले रु सात करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । नेपालको कम्युनिष्ट आन्दोलन र जनयुद्धको इतिहास झल्किने किसिमको बन्ने यो पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययन भइरहेको र चालू आर्थिक वर्षमै यसको शिलान्यास हुने जनयुद्ध स्मृति प्रतिष्ठानका सचिव वीरेन्द्र बस्नेतले जानकारी दिए । उद्यान निर्माण गर्न करिब रु एक अर्बभन्दा बढी बजेट लाग्नसक्ने प्रारम्भिक अनुमान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल…

Read More

वीरगञ्ज : विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुरमा रहेको ऐतिहासिक, धार्मिक तथा प्राचीन गढिमाई मन्दिरमा मङ्गलबार विधिवत्रूपमा बलि प्रथाको शुरुआत भएको छ । बाराको सिमरा गाउँबाट आएका दुखा धामीले आफ्नो जिब्रो, आखाँमुनिको तल्लो परेली, छाती, पाखुरा र तिघ्राबाट पाँच थोपा रगत झिकेर गढिमाईलाई चढाएपछि विधिवत्रूपमा मङ्गलबारदेखि बलि प्रथा शुरु भएको मन्दिरका एघारौँ पुस्ताका पुजारी मङ्गल चौधरीले बताए । पञ्चबलिका रूपमा बलि दिइने दुर्लभ मानिएका सेतो जङ्गली मुसा बलि दिइने दिन सो क्षेत्रमा सहजै उपलब्ध हुनु, मेलाको समयमा बत्ती स्वप्रज्वल हुनु, बलिको रगत र मासुमा झिँगा नबस्नु, बलिको मासु खाँदा कुनै किसिमको रोग…

Read More

बागलुङ : गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य रु एक हजार ५०० छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् । मह बेचेर यहाँका किसानले वार्षिक रु दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । गाउँघरमा खपत भएर रहेको मह किसानले बजार पु¥याउँछन् । “मौरीपालन यहाँको पुरानै पेशा हो, गाउँभरिमा ५० भन्दा बढी मौरी घार छन्”, गौतमले भन्नुभयो । परम्परागत मुढे घार छाडेर किसानले आधुनिक घारमा मौरीपालन गरेका छन् । आधुनिक घारमा बढी…

Read More

काठमाडौँ : छिमेकी मुलुक चीनसँग सिधा हवाई उडान गर्न नसेकेको भनेर आलोचना भइरहँदा नेपाल वायु सेवा निगमको चीनका विभिन्न गन्तव्यमा उडान भर्ने प्रयासले सार्थकता पाएको छ । लामो समयको अन्तरालपछि अन्ततः राष्ट्रिय ध्वजावाहक नेपाल (नेपाल एयरलाइन्स)ले चीनको ग्वाङ्जाओ उडान गर्ने निश्चित भएको हो । निगमले सन् २०२० को जनवरी अन्तिमदेखि ग्वाङ्जाओ सिधा उडान गर्ने तयारी गरेको छ । उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पुरा गरिसकेको छ । चिनियाँ सिभिल एभिएसनले निगमको जहाज ग्वाङ्जाओ उडानका लागि स्वीकृति दिइसकेको छ । चिनियाँ एभिएसनले राखेको सुरक्षा चासोको सम्बोधन भएपछि निगमलाई उडानको अनुमति दिएको बताइएको छ । निगमको ग्वाङ्जाओ उडान निश्चित भएको…

Read More

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताउनुभएको छ । ‘समानताको पुस्ता : बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित मङ्गलबार भीमदत्तनगरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले शिक्षित समाज निर्माण गर्नसके मात्रै महिलामाथिका हिंसा हट्ने बताउनुभयो । उहाँले समाजको थिचोमिचो सहँदै आएका मुक्त हलिया र दलित समुदाय अझै हिंसाको पीडा खेप्न बाध्य भएको बताउनुभयो । “महिलाहरुले हिंसा सहेर बस्नु पर्दैन”, उहाँले भन्नुभयो, “न्यायिक निकायमा पुगेर हिंसाको प्रतिकार गर्नु पर्दछ ।” हिंसाका घटनाहरु न्यायिक निकायमा पुगेपछि मेलमिलापमा टुङ्गिँदा यसले प्रश्रय पाउँदै आएकाले कानूनी उपचारमा लाग्नुनै…

Read More

काठमाडौं : विदेशी पूर्वराजदूतहरू नेपालबारे कूटनीतिक मर्यादाविपरीत बोल्न थालेपछि यहाँका पूर्वकूटनीतिज्ञले जवाफ दिन थालेका छन्। नेपालका लागि राजदूत हुँदै भारतीय विदेशसचिवबाट सेवानिवृत्त श्याम शरणले नेपाली राजनीतिज्ञमाथि टिप्पणीसहित आलेख लेखेपछि पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले त्यसको खण्डन गरेका छन्। पूर्वराजदूत शरणले नेपाली पक्ष राजनीतिक खपतका लागि बढी राष्ट्रवादी देखिन भारतसँगका द्विपक्षीय मुद्दा चर्काउने तर वार्तामा पछि हट्ने आरोप ‘दि इन्डिएन एक्सप्रेस’मा आलेखमार्फत लगाएका थिए। उनको आलेखलाई राष्ट्रसंघको स्थायी प्रतिनिधिसमेत भएका आचार्यले रिट्विट गर्दै खण्डन गरेका हुन्। आचार्यले शरणको उक्त अभिव्यक्ति झुटो रहेको बताएका छन्। शरणको लेखमा सन् १९५० को सन्धि र कालापानीलगायत विषयलाई द्विपक्षीय वार्ताबाट नेपालले हटाएको उल्लेख छ। आचार्यले भने शरणले…

Read More

काठमाडौँ: बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल सर्वसम्मत चयन भएका छन्। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले दुई कार्यकाल संघका कार्य समिति सदस्य थिए। संघको उपाध्यक्षमा अनुकुल भटनागर चयन भएका छन्।उनी नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। संघमा सदस्यहरु गोविन्द गुरुङ, रमेशराज अर्याल र सुमन शर्माबाहेक सबै नयाँ अनुहार आएका छन्। संघको सदस्यमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका छन्।

Read More

काठमाडौँ: विद्युत् चुहवाट रोक्नु थप विद्युत् थप गरे जस्तै हो । यसमा अर्थतन्त्र जोडिएको हुन्छ । यही धारणालाई शिरोपर गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले परिणाम देखिने गरी देशव्यापी रुपमा नै चुहावट घटाएको छ । विशेषत ः चुहावट प्राविधिक र गैरप्राविधिक हुने गरेको छ । प्राविधिक चुहावटमा प्रसारण लाइन, ट्रान्सफर्मर तथा विद्युत् गृहमा नै हुने चुहावट हो । गैर प्राविधिक चुहावटमा विद्युत् चोरी तथा अनाधिकृत प्रयोगलाई लिइन्छ । विद्युत् बचत गर्ने लक्ष्यका साथ प्राधिकरणले देशव्यापी रुपमा अभियानलाई निरन्तरता दिएको छ । सोही क्रममा प्रदेश नं २ का जिल्लामा समेत चुहावटलाई न्यून बिन्दुमा झार्ने लक्ष्यका साथ काम शुरु गरिएको प्राधिकरणको दाबी छ…

Read More

ताप्लेजुङ: सीता एयरले १ नं प्रदेशका तीनवटा विमानस्थलमा आज परीक्षण उडान गरेको छ । ताप्लेजुङको सुकेटार, खोटाङको लामिडाँडा र ओखलढुङ्गाको रुम्जाटारमा परीक्षण उडान गरेको हो । आगामी मङ्सिर २७ गतेदेखि ताप्लेजुङस्थित पाथीभरा र खोटाङको हलेसीमा तीर्थयात्री ओहोरदोहोर गराउने योजनाका साथ परीक्षण उडान गरिएको एयरलाइन्सका प्रबन्धक रिजेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तीनवटै ठाउँमा सफल परीक्षण गरिएको छ । परीक्षणका क्रममा प्रदेश राजधानी विराटनगरबाट २० मिनेटको समयमा ताप्लेजुङको सुकेटार विमानस्थलमा जहाज अवतरण भएको थियो । काठमाडाँैबाट उडेको जहाज रुम्जाटार र त्यसपछि लामिडाँडा गएको थियो । लामिडाँडाबाट सिधै ताप्लेजुङ आउने प्रयास भए पनि मौसमका कारण विराटनगर अवतरण भई मौसम अनुकूलपछि त्यहाँबाट…

Read More