Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आज भएको अन्तिम खेलमा नेपाल भारतसँग ३–० ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई शुरुआतदेखि दबाबमा राखेको थियो । भारतले पहिलो सेट २५–१५ अङ्कले, दोस्रो सेट २५–१३ ले तथा तेस्रो सेट २५–१६ अङ्कले जितेको हो । यसअघि नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ३–२ ले पराजित भएको थियो । भारत समूह ‘ए’को विजेता तथा बङ्गलादेश उपविजेता बन्दै सागको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Read More

कास्की: आसन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) लाई लक्षित गरेर पोखरामा निर्माणाधीन फुटबल रङ्गशालाको प्यारापिटमा १० हजार सिट जडान गरिएको छ । सागअन्तर्गत महिला फुटबल यही रङ्गशालामा खेलाइने भएपछि मैदानको पूर्व र पश्चिमतर्फ प्यारापिटसहित सो सङ्ख्यामा सिट जडान गरिएको हो । गत वर्षको असार मसान्तभित्रमा रङ्गशाला तयार गर्ने गरी सोही वर्षको पुसमा ठेक्का सम्झौता भए पनि रङ्शालाको आधा काम सम्पन्न हुन अझै बाँकी छ । पछिल्लो समय साग नजिकिएसँगै हतार हतारमा काम गरेर भए पनि खेल सञ्चालन गर्न लागिएको छ । साधारण, विशिष्ट तथा अतिविशिष्ट गरी १८ हजार ५०० दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने सम्झौतामा उल्लेख भए पनि अतिविशिष्ट…

Read More

काठमाडौँ: राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि आफ्ना जहाज तथा अन्य यातायातका साधनमा भ्रमण वर्षका लागि प्रतीक चिह्न राख्न शुरु गरेको छ । निगमको गत मङ्सिर ५ गते भएको बैठकले सबै जहाज तथा सवारी साधनमा प्रतीक चिह्न राख्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि निगमले विज्ञप्ति जारी गर्दै निगमको निर्णयअनुरुप सम्बन्धित विभागलाई भ्रमण वर्षको प्रतीक चिह्न राख्ने काम तत्काल लागू गर्न निर्देशन दिएको थियो । सोही निर्णयअनुरुप निगमले सबै सवारी साधनमा भ्रमण वर्षको प्रतीक चिह्न टाँसिसकेको छ । आन्तरिक उडानका सबै आठ जहाजमा प्रतीक चिह्न राख्ने काम भइरहेको निगमका…

Read More

दैलेख: सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस (फोर्स) गाडी दैलेखको गुराँस गाउँपालिका–४ मग्रा भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पुरानो घर दैलेख भई हाल बर्दिया बस्ने नामबहादुर बडुवाल र उहाँकी श्रीमती कमला बडुवाल रहनुभएको छ । अर्का मृतक वीरेन्द्रनगर नगरपालिका बस्ने थिरे कामी रहेको जिल्लाप्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडी सडकबाट २५० मिटर तल खसेको छ । हाइसमा १९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरी सहायक निरीक्षक चन्द्रलाल गिरीको कमाण्डमा गएको प्रहरी टोलीले तत्कालै उद्धारकार्यलाई प्रभावकारी…

Read More

चितवन: नागरिक उड्यन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्न १० दिन हवाई सेवा रोक्ने भएको छ । यही मङ्सिर १५ देखि २४ गतेसम्म हवाई सेवा रोकेर काम गर्न लागिएको हो । कार्यालय प्रमुख पवनकुमार गौतमका अनुसार धावनमार्ग ओभरले तथा पार्किङ विस्तारका लागि हवाई सेवा रोकेर काम गर्न लागिएको हो । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको छ । पार्किङस्थल फराकिलो बनाइने बताइएको छ । ठेकेदार कम्पनीले रातको समयमा काम गर्दै आएको थियो । विमानस्थल ओभरले गर्दा ६० एमएमको कालोपत्र गरिने छ । गौतमका अनुसार तापक्रम घट्दै गएकाले रातमा कालोपत्र उपयुक्त नभएको र स्थानीयवासीले…

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने क्रममा आज बिहान उहाँले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणका क्रममा दुवै देशका समकक्षीसँग भेटवार्ता भएको र सो अवसरमा द्विपक्षीय आपसी हित तथा साझा चासोका विषयमा विचार विमर्श भएको जानकारी दिनुभयो । सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवाली नेपालले आगामी चैत २१ र २२ गते आयोजना गर्ने विश्वस्तरको संवाद मञ्च सगरमाथा संवादको पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, पर्वतीय पर्यावरण र मानव जातिको भविष्य’ शीर्षकमा बौद्धिक बहस हुने जानकारी दिँदै त्यसमा सक्रिय सहभागिताका निम्ति आग्रह गर्नुभएको थियो । रुसका परराष्ट्रमन्त्रीसँगको औपचारिक छलफलमा…

Read More

काठमाडौं: नव नियुक्त कृषि बिकास तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले कृषिलाई उद्यमशीलतासँग जोड्न नसकेसम्म मुलुकको कृषि क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने– ‘कृषिलाई उद्यमसँग गाँस्न सकिएन भने कृषि आफै विकसित हुन सक्नैन, कृषिलाई विकसित गर्ने भनेको आधुनिकीकरण, यान्त्रीकरण,व्यवसायीकरण जे भने पनि मेरो प्रयत्न कृषिलाई उद्यमसँग गाँस्ने नै हो ।’ गाउँका मान्छेको जुन प्राथमिक उत्पादन छ त्यो उत्पादनको प्रारम्भिक प्रशोधनमात्रै शुरु भइदिने हो भने त्यसले किसानको श्रमलाई उद्यमशीलतातर्फ लैजाने भन्दै मन्त्री भुसालले भने– ‘किसानले दुध उत्पादन गर्ने कुरा महत्वपूर्ण…

Read More

काठमाडौँ: एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। शुक्रवार प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजि चिकित्सक डाक्टर दिव्या सिंहले सोचेको भन्दाबढी प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको जानकारी दिएकी हुन् । ‘हामीले अपेक्षा गरेको भन्दाबढी स्वास्थ्यमा सुधार आएको छ। उहाँ अहिले खाना खान थाल्नु भएको छ। ‘ डाक्टर सिंहले भनिन्। सिंहले ओलीको मृगाैलाले अलिअलि काम गरिरहेको र समस्या आउन नदिन अप्रेशन गरिएको बताउँदै भनिने, ‘ उहाँको बिहिवार डायलासिस गरिएको थियो।आवश्यक परेमा थप डायलासिस गरिनेछ।’ स्वास्थ्यमा सुधार आएको बताइएपनि ओली अझै एक साता अस्पतालमा नै बस्नु पर्ने बताइएको छ। अहिलेको अनुपातमा स्वास्थ्यमा सुधार आए…

Read More

काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ । अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ । टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी काम धमाधम भइरहेको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव्रगतिमा भइरहेको छ । सन् २०२० को मार्च महिनाभित्रै विमानस्थल सञ्चालन गर्नेगरी आयोजनाको कामको गति बढाइएको छ । पूर्वाधार निर्माण सकेर त्यसको तीन महिनापछि व्यावसायिक उडान थाल्ने योजना बनाएको यो आयोजनालाई प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विशेष प्राथमिकतामा राखेर उच्च अधिकारीलाई…

Read More

भद्रपुर: जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गए राति मृत्यु भएको छ । झापाको कचनकबल गाउँपालिका–७ स्थित सामुदायिक वनमा गरिएको विद्युतीय घेराबेराको ढोका बन्द गर्न गएका वेला जङ्गली हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालय प्रमुख विष्णुलाल घिमिरेका अनुसार स्थानीय जलथल जङ्गलबाट हात्ती गाउँतिर नपसोस् भनेर गरिएको विद्युतीय घेराबेराको ढोका लगाउन गएका ६२ वर्षीय क्षेत्रीलाई गए राति ७ बजे हात्तीले आक्रमण गरेको थियो । मृतक क्षेत्रीलाई हात्तीले सुँढले बेरेर जङ्गल छेउबाट गाउँमा पु¥याएपछि स्थानीयवासीले घटना थाहा पाएका थिए । मृतकलाई घेरेर बसेको हात्तीलाई तत्कालै डिभिजन बन कार्यालय, नेपाल प्रहरी,…

Read More