Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

जाजरकोट: विकास निर्माणका काम बजेट अभावले पूरा गर्न मुस्किल भएपछि जाजरकोटका जनप्रतिनिधि सङ्घीय सरकारको ढोका घचघच्याउन बाध्य भएका छन् । जिल्लाका स्वास्थ्य संस्था, खानेपानी, विद्युत् र सडक निर्माण गर्नका लागि स्थानीय तहका प्रमुख सङ्घीय सरकारसँग बजेट माग गरेका हुन् । स्थानीय तहले काम तीव्रताका साथ गर्नका लागि बोलपत्र आह्वान गरिसकेको तर सङ्घीय सरकारले पठाउनुपर्ने बजेट नपठाउँदा काम अवरुद्ध भएपछि उनीहरु बजेट माग्न काठमाडौँ आएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । रावलका अनुसार नलगाड नगरपालिका वडा नं १, ४, ५, ६, ९, १० र १२ मा निर्माण हुन लागेका स्वास्थ्य संस्थामा बजेट नहुँदा निर्माणको काम अगाडि बढ्न सकेको छैन ।…

Read More

काठमाडौँ: त्रिभुवन विमानस्थलबाट भंसार तथा नेपाल प्रहरीले हंगकंगबाट नेपाल ल्याईदै गरेको ८ किलो अवैध सुन समातेको छ। बिहीबार राती नेपाल एयरलाइन्सबाट नेपाल आएका दुई चिनियाँ नागरिकबाट उक्त सुन बरामद भएको हो। आरए ४१० जहाजबाट आएका चेन होङयाङ र चेन क्वीनहाङ नामका उनीहरू सुनसहित समातिएको विमानस्थल श्रोतले जनाएको छ। समातिएका दुबै चिनियाँ चीनको फुजियान प्रान्तका नागरिक हुन्।

Read More

काठमाडौँ : प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको मङ्सिर १४ गते उपनिर्वाचनमा खटिएका मतदान अधिकृतसहितका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्रीसहित खटाइएको स्थानमा पुगेर मतदानस्थल व्यवस्थापनको कार्यमा जुट्नुभएको छ । निर्वाचन आयोगका अनुसार, आगामी शनिबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने मतदानका लागि निर्वाचन सामग्री पुगेसँगै मतदानस्थल व्यवस्थापनको काम पनि शुरु भएको हो । मतदान केन्द्रमा कर्मचारी पुगेसँगै नयाँ मतदाताका लागि मतदाता परिचयपत्र वितरणको काम पनि शुरु भएको छ । उपनिर्वाचमा मतदाता शिक्षाका लागि खटिएका मतदाता शिक्षा कार्यकर्ताबाट घरदैलोमा पुगेर सहीरुपमा मतदान गर्ने काम भइसकेको छ । उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदानस्थल र ५३७ मतदान…

Read More

काठमाडौं : भारतीय पक्षको आनाकानीले नेपाली ग्यास व्यवसायीको डेढ अर्बभन्दा बढी लगानी डुबेको छ। संविधान जारीलगत्तै भारतले लगाएको नाकाबन्दीबाट ‘पाठ’ सिकेर तत्कालीन केपी शर्मा ओली सरकारले भारतबाट ग्यास आयात गर्न आफ्नै ढुवानी गर्ने साधन ‘बुलेट’ राख्ने निर्णय गरेको थियो। बुलेट निर्माण गर्दा दुईतिहाइ भन्सार छुटसमेत दिइएको थियो। सरकारले उपलब्ध गराएको सुविधाका कारण हौसिएका ग्यास व्यवसायीले आयल निगमबाट ७ सय ७२ वटा बुलेटका लागि अनुमति पाए। उनीहरूले एक थान बुलेटका लागि नगद १५ हजारका दरले एक करोड १५ लाख ८० हजार रुपैयाँ निगममा धरौटीबापत बुझाएका थिए। अनुमति लिएकामध्ये ५५ वटा बुलेट निर्माण भएर तीन वर्षदेखि थन्किएका छन्। ५३ वटा बुलेट…

Read More

काठमाडौँ: ट्राफिक प्रहरी महाशाखाले १३ दक्षिण एशियाली खेलकुद (साग) को उद्धघाटन (१५ गते) र समापनको दिन मङ्सिर २४ गते उपत्यकामा सबै सवारीमा जोर बिजोर यातायातको व्यवस्था लागे गरेको छ । सागको मुख्य उद्धघाटनको दिन १५ गते बिजोर नम्बर प्लेट र २४ गते जोर अंकको नम्बर प्लेट प्रयोग गरेर मात्रै सवारी चलाउन अनुरोध गरेको छ। यस्तै महाशाखाले ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश पनि रोक लगाएको छ। यस्तो छन् ट्राफिक प्रहरीको अन्य अनुरोध । १. दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग गरिदिन हुन । २ . सरकारी, अत्यावश्यक सेवा, खेलसँग आवद्ध र…

Read More

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न आतिथ्य महत्वपूर्ण हुने बताउनुभएको छ । विश्वभरका आतिथ्य व्यवस्थापन शिक्षासम्बन्धी शैक्षिक प्रतिष्ठानको अन्तर्राष्ट्रिय सञ्जाल होटल स्कूल एशोसिएशन (इयूहोफा)को काठमाडौँमा जारी सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपाल भ्रमण वर्षको अवधिमा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यलाई सार्थक बनाउन आतिथ्यमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री भट्टराईले नेपालको प्राथमिकता प्राप्त पर्यटन उद्योग वैदेशिक मुद्रा आर्जन तथा रोजगारी सिर्जनाका लागि दिगो स्रोतका रूपमा मानिँदै आएको बताउनुभयो । पर्यटन उद्योगमा नीतिगत सुधार गरी यसबाट प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । यसैबीच इयूहोफाको अध्यक्षमा नेपालको ग्लोबल…

Read More

काठमाडौँ: तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको दोस्रो खेलमा नेपाली महिला भलिबल टोली भारतसँग पराजित भएको छ । भारतले नेपाललाई ३–० सेटमा हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाल २४–२२ अङ्कको अवस्थामा पुगेको थियो । त्यसपछि खराब खेल प्रदर्शन गर्दा जितबाट वञ्चित रह्यो । नेपालले पहिलो सेट २४–२६ अङ्कले गुमायो । दोस्रो र तेस्रो सेटमा भने भारत नेपालमाथि हाबी रह्यो । नेपाल दोस्रो सेट २५–१२ अङ्कले तथा तेस्रो सेट २५–१६ अङ्कले हा¥यो । यसअघि नेपालले बुधबार पहिलो खेलमा बङ्गलादेशलाई ३–० सेटले हराएको थियो । नेपालले उक्त खेल २५–९, २५–९…

Read More

काठमाडौँ : चन्द्रागिरिमा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ खुशी होटल नजिक बाटो बनाउने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरेर दाङ बबई गाउँपालिका–१का प्रेम पुन र प्रकाश घर्तीको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले बाटो बनाउने क्रममा एक्कासि माटोको ढिस्को खसेर दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृतकको शव अहिले ओम समाज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले साना, मझौला र घरेलु उद्यम गर्ने व्यवसायीका लागि पूँजीको अभाव हुन नदिइने बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री डा खतिवडाले व्यवसायीलाई सहुलियत ऋणमा कर्जा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निर्यात हुने वस्तुमध्ये हस्तकलाको विशेष महत्व रहेकाले यस व्यवसायको प्रवद्र्धनका लागि व्यवसायीले लक्ष्यसहितको वार्षिक कार्यतालिका लिएर आएमा यस क्षेत्रको समस्या समाधान गर्न आफूले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । भ्रमण वर्षमा आउने पर्यटकलाई हस्तकलाका सामग्री देखाउन व्यवसायीसँग समन्वय गरी प्रदर्शनीकक्ष निर्माण गरिने बताउँदै मन्त्री डा खतिवडाले पर्यटकले मौलिक परम्पराका…

Read More

चिप्लेढुङ्गा: तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) हेर्न दर्शकका लागि शुक्रबारदेखि टिकट बिक्री शुरु गरिने भएको छ । मङ्सिर १५ गतेदेखि यहाँ हुने सागका विभिन्न खेलका लागि स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले टिकट बिक्री गर्न लागेको हो । सागमा कास्कीको पोखरामा आठ खेल हुँदैछन् । टिकट व्यवस्थापनको जिम्मा स्रोतसाधन परिचालन समितिले लिएको छ । साधारणतर्फ रु १०० र सिजनलतर्फ रु ५०० टिकट दर कायम गरिएको समितिका संयोजक सञ्जीवबहादुर कोइरालाले जानकारी दिनुभयो । यसैगरी बिच भलिबलको टिकट दर रु २०० तय गरिएको छ । पोखराको विभिन्न ठाउँको चोकमा १४ टिकट बिक्री कक्ष राखिएको छ । पोखरामा हुने विभिन्न आठ खेलका…

Read More