Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् । अहिलेसम्म १० जनाको घटनास्थलमा नै मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ । घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो । घाइतेको उद्धार जारी रहेको छ…

Read More

काठमाडौं : सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन अटेर गर्ने रोजगारदाताप्रति कठोर ढङ्गबाट प्रस्तुत हुने सङ्केत गरेको छ । सामाजिक सुरक्षा दिवस २०७६ का अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्रमिकको न्यूनतम् पारिश्रमिक र सामाजिक सुरक्षामा योगदान गर्न सकिँदैन भनी मौजुदा कानूनको पालनाबाट भाग्ने छुट कुनै पनि रोजगारदातालाई नभएको बताउनुभयो । “सामाजिक सुरक्षा योजना कार्यान्वयनको कुनै विकल्प छैन”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सरकार दृढताका साथ अघि बढ्छ ।” उहाँले कुनै पनि वहानाबाजी नगरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन उद्योगी…

Read More

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालले सुखद सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाल २५-९, २५-९, २५-११ ले विजयी भएको हो । नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्रदर्शन गरिन् । पहिलो पटक राष्ट्रिय टिममा परेकी उषा भण्डारी र हिरा केसीले पनि राष्ट्रिय टिममा डेब्यु गरिन् । खेलअघि युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनुवार विश्वकर्माले अफिसियललाई बल हस्तानतरण गर्दै खेलको उद्घाटन गरेका थिए । १३ औं सागको औपचारिक उद्घाटन भने मंसिर १५ मा हुनेछ ।

Read More

काठमाडौँ : निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गरी निर्धक्करुपमा मतदाताले आफ्नो मताधिकरको प्रयोग गर्ने अवस्था निर्माणका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदमा यही मङ्सिर १४ गते हुने उपनिर्वाचन पूर्वतयारी र व्यवस्थापनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कानून र आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेका छन । उपनिर्वाचनलाई उत्साह र उत्सवकका रुपमा लिई आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गर्दै उनले भने , “निर्वाचन जति स्वच्छ, स्वतन्त्र र निष्पक्ष, विश्वासनीय र सर्वस्वीकार्य हुन्छ, त्यति नै शासन…

Read More

काठमाडौँः सीमाविद्, भूगोलविद् र नागरिक समाजका अगुवाले नेपालको कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा समेटेर हालै नक्सा सार्वजनिक गरेको विषयमा प्रधानमन्त्रीको तहबाट तत्काल वार्ताको पहल थाल्नुपर्ने सुझाव दिएका छन । सीमा बचाउ, अभियानका तर्फबाट उहाँहरुले सुगौलीसन्धिको धारा ५ का आधारमा उपलब्ध नक्सा, ऐतिहासिक दस्तावेज तथा नदी विज्ञानका आधारमा भारतसँग वार्ता गर्न आह्वान गर्नुभएको हो । वरिष्ठ पत्रकार भैरव रिसालको संयोजकत्वको अभियानका तर्फबाट आज सो विषयमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्याललाई ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्र बुझिसकेपछि मन्त्री अर्यालले नागरिक तहबाट गरिएको सो प्रयास सकारात्मक भएको र यसले सरकारलाई थप बल पुग्ने बताउनुभयो । उहाँले…

Read More

काठमाडौँ : योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको एक वर्षको अवधिमा झण्डै एक लाख १६ हजार श्रमिक योजनामा सहभागी भएका मध्ये प्रदेश नं ३ मा बढी देखिएका छन् । हिजो मङ्गलबारसम्म कोषमा एक लाख १५ हजार ६०६ श्रमिक सूचीकृत भएका कोषले जनाएको छ । त्यस्तै १० हजार ४७७ प्रतिष्ठानसमेत सूचीकृत भएका छन् । कोषमा १८ करोड १३ लाख दुई हजार ७८१ रुपैयाँ ३१ पैसा योगदान रकम सङ्कलन भएको छ । सूचीकृत हुने श्रमिकमा सबैभन्दा बढी प्रदेश नं ३ बाट रहेका छन् । सो प्रदेशबाट ८७ हजार २४२ श्रमिक सूचीकृत भएका छन् । त्यस्तै प्रदेश नं १…

Read More

धनुषा : मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनको लागि प्रदेशमा बाध्यकारी कानून बनाइने बताएका छन । प्रारम्भिक बालविकासको लागि प्रदेशसभा सदस्यको समन्वय समूहले आज जनकपुरमा आयोजना गरेको प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासको लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले यस्तो बतास्एका हुन । उनले भविष्यको कर्णधार बालबालिकाको विकासको क्रम आमाको गर्भबाटै शुरु हुने भएकाले उनीहरुको स्वस्थ्य र सक्षम हुने अधिकारलाई बाध्यकारी कानूनमार्फत स्थापित गर्नुपर्ने उल्लेख गरे । मुख्यमन्त्री राउतले बालविकासको लागि आवश्यक कानूनको खाका तयार पार्न समन्वय समूहलाई निर्देशन दिँदै ती कार्यक्रममा बजेटको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए। साथै प्रदेशमा…

Read More

सुर्खेत : कर्णाली प्रदेश सरकारका तीन मन्त्रालयले आर्थिक वर्ष २०७५र७६ को अन्त्यमा कानूनविपरीत ठूलो रकम रकमान्तर गरेको पाइएको छ । सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले गरेको अध्ययनअनुसार ऐनविपरीत रु दुई अर्ब बढी रकमान्तर गरेको पाइएपछि समितिले मङ्गलबार सम्बन्धित मन्त्रीलाई बोलाएर स्पष्टीकरण लिएको छ । समितिको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सहभागी हुनुहुन्थ्यो । सामाजिक विकासमन्त्री दल रावल प्रदेश राजधानी बाहिर भएकाले समितिले मन्त्रीद्वयसँग रकमान्तरबारे स्पष्टीकरण लिएको हो । बैठकमा उपसमितिका संयोजक तथा सार्वजनिक लेखा समितिका सदस्य करवीर शाहीले विनियोजन विधेयकमा मन्त्रालयले आफ्नो कूल बजेटको…

Read More

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाइने विषयमा तल्लो सदनमा छलफल सुरु भएको छ । विपक्षी दल डेमोक्रेटिकको आग्रहमा ट्रम्पमाथि महाभियोग लगाउनेबारे छलफल सुरु भएको हो। ट्रम्पले डेमोक्रेटिक पार्टीका नेता जोइ बाइडेनविरुद्ध भ्रष्टाचारको अनुसन्धान गर्न युक्रेनका राष्ट्रपतिलाई आग्रह गरेको विषय सार्वजनिक भएपछि डेमोक्रेटिक पार्टीका नेताहरुले ट्रम्पले अन्तर्राष्ट्रिय कुटनीति तथा मूल्य मान्यताविरुद्ध कार्य गरेको भन्दै उनीमाथि महाभियोग लगाइनु पर्ने बताएका थिए। बाइडेन आगामी वर्ष हुने राष्ट्रपतिय निर्वाचनमा ट्रम्पको सम्भावित प्रतिस्पर्धी हुन्। प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले छलफल अगाडि बढाएपछि ट्रम्पले महाभियोग प्रक्रियामाथि व्यंग्य गरिरहेका छन्। उनले दोहोर्याउँदै डेमोक्रेटिक पार्टीका नेताहरुको आलोचना गरेका छन्। यसबीचमा अमेरिकी…

Read More

काठमाडौँ: पोखराको नयाँ बजारमा बम विस्फोट भएको छ । कास्की-२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको हो । प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा विस्फोट भएको हो । विस्फोटबाट कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । यसअघि उम्मेदवारी दर्ताको दिन कात्तिक २१ गते पनि कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

Read More