Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकबाट गैरकानूनी रुपमा पैसा निकाल्ने २ कर्मचारी सहित ८ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । आयोगले झन्डै पाँच वर्षअघि बैंकबाट गैरकानूनी रुपमा पैसा निकालेको कसुरमा थुनामा रहेका २ कर्मचारीसहित ८ जना विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले ८ जना विरुद्ध २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ विगोदाबी सहित मुद्दा दायर गरेको हो । २०७१ असोजदेखि २०७२ असारसम्म ९ महिनाको अवधिमा गैरकानूनी रुपमा बैंकको पैसा निकाल्ने २ जना कर्मचारीसहित ८ जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदावी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर…
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ‘उपचारका अभावमा नागरिकले मृत्युवरण गर्न नपरोस्’ भन्ने पक्षलाई ध्यान दिइ ‘राज्य छ, मेरो उपचार हुन्छ’ भन्ने अनुभूति दिलाइने बताउनुभएको छ । उहाँले भन्नुभयो, “पैसा नभएका कारण उपचार हुनबाट नागरिक वञ्चित हुनु पर्दैन । राज्यले नागरिकको उपचारको जिम्मा लिन्छ । ‘उपचार गर्न राज्य छ’ भन्ने अनुभूति नागरिकलाई दिन्छु, मेरो पहिलो ध्यान यसैमा रहन्छ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हालेपछिको पहिलो औपचारिक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ढकालले स्वस्थ्य नागरिक भएमात्र समृद्ध नेपाल बन्छ भन्नुभयो । बालस्वास्थ्य तथा खोप सेवा शाखाद्वारा आज यहाँ आयोजित दादुरा रुवेला खोप अभियान सञ्चालन तथा नियमित खोप सुदृढीकरण पूर्वतयारी बैठकमा…
काठमाडौँ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन (कोप–२५) मा नेपालले कार्बनको व्यापारसम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ । सम्मेलनका लागि धेरै कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्रले विकासोन्मुख राष्ट्रले सञ्चित गरिएको कार्बन खरिदका लागि प्रक्रिया सरल र उच्च मूल्य हुनुपर्ने तथा विकासोन्मुख मुलुकलाई फाइदा हुने गरी त्यसको संयन्त्र निर्माण हुनुपर्ने नेपाललगायत अतिकम विकसित मुलुकको कार्यसूचीमा छ । कोप–२५ यही मङ्सिर १६ देखि २७ गतेसम्म (डिसेम्बर २ देखि १३ सम्म) स्पेनको म्याड्रिडमा हुँदैछ । कोप–२५ चिलीको सान्टियगोमा तय भएकामा त्यहाँको राजनीतिक अस्थिरताका कारण स्पेनको म्याड्रिडमा सारिएको हो । सम्मेलनको अध्यक्षता चिलीले नै गर्नेछ । सम्मेलनको तयारीका…
ललितपुर: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सन् २०२१ सम्ममा विद्यमान गरिबीको सङ्ख्या शून्यमा झार्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डले आज यहाँ आयोजना गरेको ‘एशिया प्रशान्त क्षेत्रमा रहेका सहकारी संस्थाको ११आँै वार्षिक भेला’ का अवसरमा मन्त्री अर्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सार्थक तुल्याउन सहकारी क्षेत्रलाई थप व्यावसायिक बनाउँदै लैजाने बताउनुभयो । उहाँले नेपालीको प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डलरमा पु¥याउन सहकारी, सरकारी एवं निजी क्षेत्रको समान लगानी सहयोग र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । सहकारी क्षेत्रले १५औँ योजना अवधिमा कूल लगानीको पाँच दशमलव चार प्रतिशत लगानी गरेर वार्षिक १७ हजार रोेजगारी सिर्जना…
काभ्रेपलाञ्चोक : जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ । पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गए राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले रु नौ लाख ५७ हजार ८७० नगद तथा एक सेट कौडासहित जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३७ वर्षीय घरधनी रानाभाटसहित धुलिखेल नपा–३ का ४१ वर्षीय भीमसेन तामाङ र ३६ वर्षीय कृष्णकुमार तामाङ, नमोबुद्ध नपा–२ का ४२ वर्षीय नेमा लामा, नमोबुद्ध नपा–३ का ३६ वर्षीय अर्जुन तिवारी, नमोबुद्ध…
काठमाडौँ: सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले भोलिसम्म रकम फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । गृह मन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित आजको बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क भोलिसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको हो । यसअघि गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्रीलगायतका पदाधिकारीसहित बसेको बैठकले शुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो । सरकारले दिएको १५ दिनको…
जलेश्वर: यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताउनुभयो । जनकपुरस्थित जानकी मन्दिरसँगै रहेको मणिमण्डपमा विवाह पञ्चमीका दिन भगवान् रामचन्द्र र माता जानकीको विवाह हुने तथा सोही विवाहसँगै १०८ जोडी वर कन्याको सामूहिक विवाह हुने कार्यक्रम रहेको प्रमुख साहले बताउनुभयो । उहाँले प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट भगवान् रामचन्द्रको विशेष जन्ती, साधुसन्त, महात्मा र भारत सरकारका विभिन्न अधिकारीसहितका व्यक्तित्वहरु…
चितवन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको वर्तमान सरकारले आफ्नो सीमा कसैलाई नछाड्ने बताउनुभएको छ । नेकपाको भरतपुर महानगरपालिका–१६ निर्वाचन परिचालन समितिले आज विजयनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले देशको एक इन्च जमीन पनि अरूलाई नछोड्ने र अरुको पनि नलिइने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो,“सरकारले यसको कूटनीतिक पहल शुरु गरिसकेको छ । नेपालको भूिम फिर्ता भएरै छाड्छ ।” नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादका विषयमा असान्दर्भिक टिप्पणी गरेको बताउँदै भन्नुभयो,“अब भ्रम छरेर झुट्टा र आधारहीन हल्ला चलाएर शक्ति आर्जन गर्ने दिन गयो ।” दुई पार्टीबीचको एकता संसारलाई नयाँ सन्देश दिँदै…
पोखरा : नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि काँग्रेस तयार रहेको बताउनुभयो । प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन तत्काल पहल गर्न भनेको भए पनि सरकार ठोस रूपमा अघि बढ्न उहाँको भनाइ थियो । भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्सा जारी गरेको भनेर काँग्रेस सभापतिले आशङ्का मात्र व्यक्त गरेको बताउँदै उहाँले यस सम्बन्धमा सरकार र नेकपाका नेताले जवाफ…
काठमाडौँ : म्याद थप, बैङ्क क्रेडिट लाइनलगायतका मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासङ्घले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको छ । बिहान ९ः३० बजेदेखि एक घण्टा चलेको धर्नामा सहभागी व्यवसायीले ‘व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक हौँ, व्यवसायी मैत्री ऐन आजको आवश्यकता, एकपक्षीय रूपमा व्यवसायीलाई मात्र दोष लगाउने काम बन्द गर, निर्माण व्यवसायीको संरक्षण गर’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । माग सम्बोधनका लागि सरोकार भएका निकाय उदासीन भएपछि बाध्य भएर प्रधानमन्त्री निवासमै धर्ना दिनुपरेको महासङ्घले जनाएको छ । महासङ्घले आफ्ना मागका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं सार्वजनिक खरीद अनुगमन कार्यालयका…