Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच आज उक्त सेवासम्बन्धी सम्झौता भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो । बंैकले मुलुकभरका २३८ वटै शाखाबाट नयाँ खाता खोल्ने ग्राहकलाई कम्पनीको सिम निःशुल्क उपलब्ध गराउने छ । सो सिममा रु ५० टक भ्यालुसमेत हुनेछ । सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले मुलुकको सबभन्दा ठूलो दूरसञ्चार कम्पनी र सबैभन्दा बढी वित्तीय सञ्जाल भएको राष्ट्रिय वाणिज्य बैंकबीचको सहकार्यले…

Read More

काठमाडौँ धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः ओरालो लागेको छ । बुधबार उकालो लागेको बजारले पुनः आज ओरालोको यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.६७ विन्दुले घटेर एक हजार ११२.७९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५७ विन्दुले घटेर २४६.६५ मा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । कूल १६६ कम्पनीको १२ लाख ७१ हजार ६ कित्ता शेयर रु २४ करोड ३३ लाख ९१ हजार ३२० मूल्यमा खरिदबिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये जीवन बीमाको मात्रै शेयर मूल्य बढ्दा अन्य ११ उपसमूहको शेयर…

Read More

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडीतर्फ आउँदै गरेको ना ६ ख १४४ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १४ प १६३ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा ना १४ प १६३ नम्बरको मोटरसाइकलको पछाडी सवार २८ वर्षीय पुरुष व्यक्ति रहेका छन् । उनको नामथर खुल्न सकेको छैन । सोही मोटरसाइकलका चालक गम्भिर घाइते भई उपचारका लागि भरतपुर अस्पताल…

Read More

काठमाडौँ : १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज नेपाली महिला भलिबल टोलीले स्वर्ण पदकको दाबेदारको रुपमा रहेको भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा हुने समूहचरणको आफ्नो दोस्रो खेलमा नेपालले बलियो टोली भारतविरुद्व जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछ । नेपालले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । नेपालमै भएको दक्षिण एशियाली महिला भलिबल प्रतियोगितामा नेपाल र भारतको भेट भएको थियो । जसमा भारतले नेपाललाई पराजित गरेको थियो । साग अन्तर्गत महिला भलिबलमा भारतले लगातार स्वर्ण जित्दै आइरहेको छ । नेपाल कास्य पदक भन्दामाथि उठ्न सकेको छैन । दक्षिण एशियाली…

Read More

काठमाडौँ : काठमाडौँ उपत्यकामा निर्माण भएका करिडोर कालोपत्र नहुँदा आवागमनमा समस्या हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअनुसार विसं २०७५ चैतदेखि खोला किनारमा करिडोर निर्माण भए पनि कालोपत्र नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । गत वैशाखमा निर्माण भएको नयाँ बसपार्कस्थित विष्णुमति करिडोर अहिलेसम्म कालोपत्र नहुँदा स्थानीयवासीलाई धूलोले सताउन छाडेको छैन । मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष विष्णु पोखरेलले कालोपत्र नहुँदा आफूहरु धुलोमा दैनिकी बिताउन बाध्य भएको बताए। नयाँ बसपार्क पुलदेखि बालाजु पुलसम्म करिडोर विस्तार भए पनि अहिलेसम्म कालोपत्र भएको छैन । उक्त करिडोर कालोपत्र भए…

Read More

काठमाडौं ः बारा,निजगढ नगरपालिका(१२ स्थित रतनपुर(कुलिया सडक खण्डमा बाटो बनाउन राखेको अलकत्राको मेशिनमा काम गर्ने क्रममा बुधबार साँझ आगलागी हुँदा करिब २२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । कपिलवस्तु, बाणगंगा नगरपालिका ४ गजेडास्थित सडकमा तौलिहवातर्फ ग्यालेनमा मट्टितेल बोकी जाँदै गरेको लु.२३ प २८३४ नम्बरको मोटरसाइकलमा मट्टितेल पोखिन गई बुधबार साँझ आगलागी हुँदा उक्त मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ । साथै उक्त आगोमा परी घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५३ वर्षीय कमल अधिकारी र उनकै छोरा २५ वर्षीय सन्तोष अधिकारीको सिएनसिअस्पतालमा उपचार भइरहेको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस…

Read More

काठमाडौं ः ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई अभियानको जिम्मेवारीबाट मुक्त भएका छन । अभियानले एक वक्तव्य जारी गर्दै शाहीलाई अभियानको कुनै पनि जिम्मेवारीमा नरहने गरी निस्काशन गरिएको जनाएको छ । हिजो बुधबार बसेको अभियानको केन्द्रीय कार्यसमितिको बैठकले शाहीलाई हटाउने निर्णय गरेको हो । अभियानले जारी गरेको वक्तव्यमा शाहीलाई हटाउनुको कुनै करण उल्लेख गरिएको छैन । तर, अभियानका प्रमुख अभियान्ता अधिवक्ता बालकृष्ण न्यौपानेले भने शाहीले गणतन्त्रको पक्षमा बोलेपछि निस्कासन गरिएको प्रतिक्रिया दिएका छन् ।

Read More

काठमाडौं ः भर्खरै एपेन्डिक्सको शल्यक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शैय्याबाटै आफ्नो स्वास्थ्यमा तीब्र सुधार भइरहेको जनाएका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले माइक्रो ब्लगिङ साइट ट्वीटरमा सन्देश लेख्दै आफ्नो स्वास्थ्यमा तीब्र सुधार भइरहेको जनाएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा सुभेच्छा प्रकट गर्नेहरुप्रति धन्यवाद समेत ज्ञापन गरेका छन् । प्रधानमन्त्रीले ट्वीटर सन्देशमा लेखेका छन्– बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद…

Read More

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८ पुगेको छ । दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये एकको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको चौराह अस्पताल बुटवलमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । सन्धिखर्कबाट बुटबलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ घाइते भएका मध्ये भैरहवामा सातको र नौको बुटवलमा उपचार भइरहेको छ । उपचारपछि दुई घर फर्किएका छन् । दुर्घटनामा…

Read More

काठमाडौं : ४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन हो। आजका दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी ४ कम्पनीका लाभांश प्राप्त गर्न सक्नेछन्। नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफा तथा विगत वर्षहरुमा आर्जित मुनाफाबाट १६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। बैंकले ६ प्रतिशत बोनस शेयर तथा १०.८४ प्रतिशत नगद लाभांश गरि कूल १६.८४ प्रतिशत लाभांश वितरण गर्नेछ। सो लाभांश प्रस्ताव पारित गर्न बैंकले मंसिर २९ गते २६ औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ। बैंकको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग…

Read More