Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ । विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका काममा उपयोग गरिन्छ । नेपाली सेना र नेपाल सरकारको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको पहिलो इमल्सन प्लान्टले आफ्नो उत्पादन क्षमतालाई दोब्बर वृद्धि गर्न शुरुआत गरेसँगै इमल्सन उत्पादनमा नेपाल आत्मनिर्भर हुने ढोका खुला भएको हो । सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा निर्देशनालयका प्रमुख प्राविधिक उपरथी अजितवरसिंह थापाले सुनचरीमा थप नयाँ इमल्सन प्लान्ट स्थापना भएको र यसले…
काठमाडौं: नेपाली सेनाले निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) को परामर्शदाता छनौट सम्बन्धी अन्तिम सूची सार्वजनिक गरेको छ । प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठको नेतृत्वमा रहेको आयोजनाले अन्तिम ६ वटा कम्पनीको सूची सार्वजनिक गरेको हो । जसमा अधिकांश कोरियन कम्पनी छन् । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार योसिन इञ्जिनियरिङ, कोरिया एक्सप्रेसवे र फुङ्वा इञ्जिनियरिङ कन्सल्ट्यान्टको संयुक्त भेन्चर (जेभी), चीन इर्वान इञ्जिनियरिङ समूह, पीईसी र डचल्याण्ड प्लानिङ इञ्जिनियरिङ जनर्मनीको जेभी र अष्ट्रेलियाको एसएमईसी, कोरियाको डोङ्सुङ इञ्जिनियरिङ र कोरिया इञ्जिनियरिङ कन्सल्टेन्सीको जेभी अन्तिम सूचीमा परेका छन् । त्यस्तै, सिंगापुरको मेनहार्ड, कोरियाको योङ डोङ इञ्जिनियरिङ र कोरिया कन्सल्टेन्सी इन्टरन्याश्नलको…
काठमाडौ: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको भलिबल खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको छ । राखेप कभर्ड हलमा बुधबार भएको समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २५–२१, २३–२५, २५–१९, २५–२६, १२–१५ ले पराजित भयो । नेपालले अब समूह चरणको अन्तिम खेलमा भारतसँग शुक्रबार खेल्नेछ । सेमिफाइनलमा पुग्न नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्नेछ । पुरुष भलिबलमा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालसँगै भारत र बंगलादेश छन् । समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
काठमाडौं : सत्तारुढ दल नेकपाले ‘आक्रामक’ संगठनात्मक योजना बनाउन लागेको छ। चार महिनाअघि संगठन विभागले नेतृत्व पाएपछि संगठनात्मक योजना बनिरहेको छ। दुई वर्षभित्र ३२ लाख पार्टी सदस्य बनाउने ‘महत्त्वकांक्षी’ योजनासहित संगठन विभागले कार्ययोजना तयार पारेको छ। विभागका संयोजक वामदेव गौतम र सहसंयोजक जर्नादन शर्माले तयार पारेको कार्ययोजना विभागका ५ सदस्यबीच एक चरण छलफल पनि भइसकेको छ। अब त्यो कार्ययोजना अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल समक्ष छलफलका लागि लगिने छ। पार्टीबाट पारित गराइ कार्यान्वयनमा लैजाने गरी तयारी भएको विभाग सदस्य हरि अधिकारीले जानकारी दिए। ‘संगठन विभागले के–के काम कसरी गर्ने भन्ने कार्ययोजना बनेको छ, अब पार्टीका दुई अध्यक्षलाई देखाएपछि…
काठमाडौँ: आज मंसिर १२ गते बिहीबार देशका राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे समाचारले प्राथमिकता पाएका छन् । नागरिक दैनिकका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महराजगञ्जस्थित कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार उनको एपेनिडसाइटिसको शल्यक्रिया गरिएको थियो । उनको स्वास्थ्य अवस्थामा मंगलबारभन्दा बुधबार सुधार आएको सेन्टरले जनाएको छ । कान्तिपुर दैनिकमा प्रधानमन्त्री ओलीका लागि नयाँ मिर्गौला दिनका लागि नयाँ मिर्गौला दिने नातेदारको स्वास्थ्य परीक्षण भइरहेको छ । पत्रिकाका अनुसार पेटको आकिस्मक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरु खोजिसकिएको थाहा भएको…
काठमाडौँ: अर्थमन्त्री युवराज खतिवडाले सहुलियतपूर्ण कर्जा बैंकले नदिए आफूलाई खबर गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७६ को प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकसँगको सम्झौता घोषणासभा तथा पत्रकार सम्मेलनमा उहाँले सहुलियतपूर्ण कर्जा प्रवाह नगर्ने बैंकमाथि एक्शन लिइने बताउनुभयो । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय बीच संशोधन गरिएको कार्यविधि प्रभावकारी कार्यान्वयन गर्नेमा सम्झौता भएको हो ।…
काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले टुटल, पठाओलगायतका सेवालाई अहिले सञ्चालन भइरहेकै अवस्थामा चल्न दिन निर्देशन दिनुभएको छ । मन्त्री नेम्वाङले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई लामो समयदेखि सञ्चालनमा रहेको सो सेवा अहिले रोक्नुका कारणबारे मौखिकरुपमा स्पष्टीकरण सोध्नुभएको मन्त्रालयले जनाएको छ । विभागले गत साता एक सूचना जारी गरी ‘निजी सवारी यातायत सेवाका लागि प्रयोग गर्न पाइने छैन’ भन्ने व्यवस्था यातायात व्यवस्था ऐन, २०४८ मा भएको उल्लेख गर्दै टुटल पठाओलगायतका सेवाप्रदायक संस्थालाई सेवा रोक्न भनेको थियो । मन्त्री नेम्वाङले विभागलाई कार्यविधि÷निर्देशिका बनाएर यी सेवा सञ्चालन गर्न दिन पनि निर्देशन दिनुभएको थियो । मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले भन्नुभयो, “ऐनमा…
काठमाडौँ: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका, पहिलो किस्ता र दोस्रो किस्ता नलिएका भूकम्पपीडित लाभग्राहीलाई शर्तसहित पुनः अवसर दिएको छ । प्राधिकरण कार्यकारी समितिको बैठकले तोकेको समयमा घर पुनर्निर्माण गर्ने प्रतिबद्धतासहित लाभग्राहीले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएमा अनुदान उपलब्ध गराउन सक्ने निर्णय गरेको हो । प्राधिकरणले २०७६ असार २१ गतेसम्म सम्झौता नगरेका र २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिई अनुदान वितरण स्थगन गरिएका लाभग्राहीलाई एक पटकका लागि सम्बन्धित स्थानीय तहले घर पुनर्निर्माणको सुनिश्चितता गरी सिफारिस गरेमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)ले आवश्यक छानबिन गरी जिल्ला पुनर्निर्माण सहजीकरण समितिमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ । समितिले…
काठमाडौँ: काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली आज लुम्बिनीतर्फ लागेकोे छ । चीनको राष्ट्रिय रेल्वे प्रशासनका कर्मचारी र नेपालको रेल विभागका कर्मचारीले सम्भाव्यता अध्ययनका लागि त्यसतर्फ प्रस्थान गरेको हो । काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार छलफल भएको थियो । चिनियाँ टोलीले मङ्गलबार नै मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाएको थियो । चीन सरकारले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गमा चासो देखाएपछि पूर्वसम्भाव्यता अध्ययन गरेको विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले बताउनुभयो । उहाँका अनुसार चीन सरकारकै लगानीमा पूर्वसम्भाव्यता अध्ययन भएको थियो । सो अध्ययनमा काठमाडौँबाट पोखरा हुँदै लुम्बिनीसम्म रेलमार्ग सम्भव…
काठमाडौँ : तपाई बैंकको एसएसएस सेवा लिन छुटाउनु भएको त छैन ? छुटाएको भए तत्कालै जोडिहाल्नुस् । नत्र बैंकको मौज्दात रकम अरु कसैले लगिसकेको हुनसक्छ । यसरी लगेको पैसा न बैंकलाई थाहा हुन्छ न तपाईलाई । काठमाडौँमा यस्तै एउटा ठूलो घटना सार्वजनिक भएको छ । जुन तपाईले पत्याउनै सक्नुहुन्न । रकम सुरक्षित हुन्छ र चाहेको बेलामा निकाल्न पाइन्छ भनेर ढुक्कसँग बैंकमा पैसा राखिन्छ तर बैंकको कर्मचारीको लापर्वाहीले त्यो पैसा सजिलै अर्कैले निकालेर लान्छ । बैंकको सेवामा प्रश्न चिह्न लाग्ने गरी एउटा गिरोहले यसैगरी अर्कै व्यक्तिको खातामा रहेको झण्डै रु २० लाख नगद निकाल्न सफल भएको छ । कुनै प्रविधिको…